Author: नेपाल राज्य

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग पार्टी एकताको सबै ढोका बन्द भइसकेको बताएका छन्। शुक्रबार आयोजित एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीचको एकता घोषणासभामा बोल्दै अध्यक्ष नेपालले एमालेसँगको पुनर्मिलनको सम्भावना समाप्त भएको दोहोऱ्याए। उनले तीव्र शब्दमा भने, “एमालेभित्रको चरित्र हामीले देखिसकेका छौं। उनीहरूको उद्देश्य नै हाम्रो पार्टीलाई समाप्त पार्ने हो भन्ने कुरा उनीहरूकै बोली र व्यवहारबाट स्पष्ट छ। त्यसैले अब भ्रममा नपर्नुहोस्।” अध्यक्ष नेपालले कसैले व्यक्तिगत रूपमा आशा राखेको भए त्यो उनको व्यक्तिगत कुरा भएको तर संस्थागत रूपमा एमालेसँग कुनै पनि सहकार्य सम्भव नभएको प्रस्ट पारे। “उनीहरूले कुन–कुन विधि अपनाउने, कहाँ–कहाँ प्रहार गर्ने भन्ने योजना…

Read More

डडेलधुरा । डडेलधुराको गन्यापधुरा गाउँपालिका–३ डिलमा पत्नीको हत्या अभियोगमा एक पुरुष पक्राउ परेका छन्। प्रहरीले ५४ वर्षीय करन भुललाई शुक्रबार बिहान नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार करनले बिहीबार राति हँसिया प्रयोग गरी आफ्नी ४० वर्षीया श्रीमती खिमा देवी भुलको हत्या गरेका थिए। घटनापछि फरार रहेका भुललाई सूचना प्राप्त भएपछि प्रहरी टोली खटाई पक्राउ गरिएको जनाइएको छ। अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, २०८१’ बाट पूर्वमन्त्री प्राध्यापक मानबहादुर विश्वकर्मालाई पुरस्कृत गरेको छ । बुधबार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्राध्यापक विश्वकर्मालाई पुरस्कार प्रदान गर्नुभयो । दलित समुदायमा शैक्षिक एवम् राजनीतिक जागरण ल्याउनुका साथै अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेवापत प्राध्यापक विश्वकर्मालाई सरकारले एक लाख नगद र ताम्रापत्रसहित उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । राणाशासनमा नै दलित जागरणको आन्दोलनमा होमिएका दलित मुक्ति आन्दोलनका संस्थापक नेता भगत सर्वजित विश्वकर्माको सम्मानमा सरकारले २०७२ सालमा उक्त पुरस्कार स्थापना गरी राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्र, दलित मुक्ति आन्दोलनको…

Read More

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१०, अर्घामा निर्माणाधीन अवस्थामा रहेको अर्घा भगवती विमानस्थल हाल पूर्ण रूपमा अलपत्र परेको छ । एक समय जिल्लावासीको गर्व र सम्भावनाको केन्द्र बनेको उक्त विमानस्थल अहिले झारपातले ढाकिएको, संरचना अधुरो र विकासको गति ठप्प भएको अवस्थामा पुगेको छ । पूर्वउपप्रधानमन्त्री तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीको विशेष पहलमा सुरु गरिएको विमानस्थलको काम लामो समयदेखि अगाडि बढ्न सकेको छैन । हाल नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा रायमाझी न्यायिक हिरासतमा रहेका छन् । उक्त प्रकरणमा संलग्न अरूले सफाइ पाए पनि नेता रायमाझी अझै जेलमै छन् । उनी जेलमै रहँदा, अर्घाखाँचीबाट देश–विदेश गएका युवाहरूको ‘अब जहाज गाउँमै…

Read More

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले आफ्ना सदस्यहरूको २०८२/०८३ सालको लागि सदस्यता नविकरण खुला गरेको छ। समूहले हालसम्मका सबै सदस्यहरूलाई आगामी वर्षको लागि सदस्यता नविकरण २०८२ साउन मसान्तभित्र अनिवार्य रूपमा गर्न अनुरोध गरेको छ। समूहका अनुसार २०८०/८१ सम्मको सदस्यता असार मसान्तसँगै समाप्त हुने भएकाले साउन मसान्तभित्र नविकरण नगर्ने सदस्यहरुको सदस्यता स्वतः खारेज हुने जानकारी दिइएको छ। त्यस्तै, फोटो पत्रकारितामा संलग्न योग्यता पुगेका व्यक्तिहरूका लागि नयाँ सदस्यता आवेदन खुला गरिएको छ। समूहको विधान २०५३ बमोजिमका मापदण्ड पुरा गर्ने फोटो पत्रकारहरूले यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। नयाँ सदस्यता आवेदकले पेश गर्नुपर्ने कागजातहरू: १.…

Read More

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि गर्दै अब मासिक १९ हजार ५५० रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ। यो निर्णय आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत श्रमिकप्रति सम्मान जनाउँदै लेखेका छन्: “श्रम बिना प्रगति सम्भव छैन, श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन।” प्रधानमन्त्री ओलीका अनुसार करिब २१ लाख श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेका छन्। उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकको भविष्य सुरक्षित गर्ने विश्वास पनि दोहोर्‍याए। साथै, सरकारको नीति अनुसार अब रोजगारीमा संलग्न सबै व्यक्तिको सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकरण गरिनेछ। कम्पनी, फर्म, सहकारी वा कुनै संस्था नवीकरण गर्दा श्रमिकका लागि कोषमा…

Read More

अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले नेकपा एमालेलाई लोकप्रिय पार्टी बनाउने क्रममा आफ्नो महत्वपूर्ण भूमिका रहेको दाबी गरेका छन्। जिल्ला अध्यक्ष चौहानले एमालेमा रहँदा मालारानी गाउँपालिका–५ बाँगी लगाएत जिल्ला लाई एमालेको किल्ला बनाएको उल्लेख गर्दै भने, “९५ प्रतिशत एमाले मत ल्याएर त्यो क्षेत्रको राजनीति मोडल बनाएको थिएँ। त्यसबेला जिल्ला हुँदै देशभर एमालेलाई एक नम्बर पार्टी बनाउन हाम्रो योगदान छ ।” अध्यक्ष चौहानले एमालेका कार्यकर्ताको इमानदारीको खुलेर प्रशंसा गर्दै ७५ प्रतिशत नेता कार्यकर्ता अझै पनि उनलाई माया गर्ने बताएका छन्। उनले भने, “मैले तिनलाई भुल्न सक्दिन। तर अहिले एमाले नेतृत्व भित्र ‘म नै सर्वेसर्वा’ भन्ने प्रवृत्तिले पार्टीलाई…

Read More

कञ्चनपुर । छाउगोठमा सर्पदंश लागेर मृत्यु भएकी २८ वर्षीया कमला दमाईंका परिवारलाई नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं २ (क) प्रदेशसभा कार्यसमितिले आर्थिक सहायता प्रदान गरेको छ। सभापति झंकरबहादुर खडका (पुरन)को नेतृत्वमा रहेको टोलीले मृतकका श्रीमान् पुरन दमाईं र तीन सन्तान आयुष, आशिष तथा आदित्यलाई रु २१ हजार ५ सय हस्तान्तरण गरेको हो। सहयोग मानवीय भावनाले स्वस्फूर्त रूपमा संकलन गरिएको खडकाले बताए। उनले छाउपडीजस्ता हानिकारक परम्पराका कारण महिलाको जीवन संकटमा पर्नु दु:खद रहेको भन्दै यस्ता कूरीतिहरू अन्त्य गर्न सरकारी तथा सामाजिक पहल आवश्यक रहेको बताए। प्रदेश कार्यसमितिका सदस्य उत्तमराज भट्टले छाउगोठ हटाउन मात्र नभई सोच परिवर्तन गर्न व्यापक सचेतनामूलक अभियान चलाउनु…

Read More

अर्घाखाँची । अर्घाखाँचीमा रवी लामिछानेको पक्षमा ७ हजार अधिक हस्ताक्षर सङ्कलन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरिप्रसाद भुसालले पार्टीका अध्यक्ष रवी लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनसमर्थन सङ्कलन गर्न सुरु गरिएको हस्ताक्षर अभियानप्रति गाउँ–गाउँमा सकारात्मक प्रतिक्रिया देखिएको बताएका हुन् । गाउँस्तरमा जनमत बुझ्नका लागि टोलीसहित गाउँ पसेका भुसालले सामाजिक सञ्जालमार्फत अभियानका क्रममा देखिएका तीनवटा मुख्य पक्ष सार्वजनिक गरेका छन्। उनका अनुसार गाउँका सर्वसाधारण रास्वपाको पक्षमा उभिन तत्पर देखिएका छन्। “धेरैले हस्ताक्षर अभियान कहिले आउँछ भनेर कुरिरहेका थिए। अभियानप्रति चासो र आत्मीयता अत्यधिक पाइयो, जिल्लाभर ७ हजार अधिकको हस्ताक्षर सङ्कलन गरेका छौ, वडाको रिपोर्ट आउन बाकी छ ।…

Read More

अर्घाखाँची, सन्धिखर्क । साउन महिनाको आगमनसँगै अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–२, भक्तिटोलस्थित श्री सिद्धेश्वर शिवालय मन्दिरमा यसवर्ष पनि बोलबम विशेष धार्मिक कार्यक्रमको आयोजना गरिने भएको छ। शिव भक्तहरूको उत्साहपूर्ण सहभागिता रहने यो वार्षिक कार्यक्रम यसपटक साउन १ गते बिहीबार बिहान ७:३० बजेबाट सुरु हुनेछ। आयोजक श्री सिद्धेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिका अनुसार, बिहान साढे सात बजे भजन–कीर्तनसहितको कलश यात्राबाट नगर परिक्रमा आरम्भ हुनेछ। कलश यात्रापछि बिहान ९:३० बजेबाट हवनसहित सामूहिक लघु रुद्राभिषेक गरिने कार्यक्रम तय गरिएको छ। दिउँसो ३:३० बजे भने विशेष शिव ताण्डव नृत्य र शिव महाआरतीसहित पुष्पाञ्जली अर्पण गरिनेछ। मन्दिर समितिले सम्पूर्ण भक्तजनहरूलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन…

Read More