Author: नेपाल राज्य

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी अराजक गतिविधि र नक्कली राष्ट्रवादको नाटकबाट टाढा रहेको स्पष्ट पारेका छन्। राष्ट्रिय झण्डाको आवरणमा हिंसा र अव्यवस्था फैलाउने प्रवृत्तिलाई एमालेले कहिल्यै स्वीकार नगर्ने बताए । ११औँ महाधिवेशनपछि निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मत परिणामलाई सहज रूपमा स्वीकार गर्दै पार्टी लोकतान्त्रिक अभ्यासमै अघि बढिरहेको बताए। उनले पार्टीभित्र अनुशासनलाई मूल आधारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। विरोधीले एमालेको एकता भाँड्न सक्ने हुँदा निर्वाचन पछि अब पार्टीमा पक्ष विपक्ष नभएको बताए । पार्टीको छवि बिगार्ने कुनै पनि गतिविधि सह्य नहुने उल्लेख गर्दै ओलीले भने“अनुशासन बिना समाज टिक्दैन, पार्टी पनि…

Read More

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन (प्रत्यक्ष र समानुपातिक) का लागि उम्मेदवार सिफारिस गरेको छ। जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ८ जना, समानुपातिकतर्फ ६ जना र राष्ट्रिय सभातर्फ ३ जना उम्मेदवार सिफारिस गरेको हो। आकांक्षीको संख्या धेरै भएकाले केन्द्रीय मापदण्डअनुसार तोकिएको संख्याभन्दा बढी उम्मेदवार सिफारिस गरिएको हो। सहमतिका लागि अधिकतम प्रयास गरिए पनि सबैलाई समेट्न कठिन भएको जिल्ला सभापति केशव श्रेष्ठले बताए । प्रतिनिधि सभा प्रत्यक्षतर्फ पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रेवती प्रसाद भुसालसहित ८ जना सिफारिस भएका छन्। सिफारिस हुनेमा पूर्व पार्टी…

Read More

अर्घाखाँची । सुपादेउराली मन्दिरको विषयलाई लिएर सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का अध्यक्ष चुरा के.सीले स्पष्ट र कडा धारणा सार्वजनिक गरेका छन्। उनले धार्मिक आस्थामाथि हुने कुनै पनि किसिमको हस्तक्षेप स्वीकार्य नहुने बताएका हुन् । वडा अध्यक्ष के.सीले सुपादेउराली मन्दिर कुनै एक व्यक्ति, समूह वा संस्थाको नभई सम्पूर्ण श्रद्धालु र समुदायको साझा आस्थाको केन्द्र भएको उल्लेख गर्दै मन्दिरमाथि खेलवाड सह्य नहुने चेतावनी दिए। “सुपादेउराली मन्दिर सबैको हो। यसको धार्मिक महत्व र आस्थामाथि आँच आउने गरी हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन” उनले भने। उनले मन्दिर सञ्चालन र व्यवस्थापनको नाममा भइरहेको कु–प्रचारप्रति पनि गम्भीर आपत्ति जनाएका छन्। अध्यक्ष के.सीका अनुसार तथ्यहीन…

Read More

काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनमा केपी शर्मा ओलीले फेरि एकपटक निर्णायक जित हात पारेका छन्। अध्यक्ष पदका प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन्। अन्तिम मतपरिणामअनुसार ओलीले १६६३ मत प्राप्त गर्दा पोखरेल ५६४ मतमै सीमित भए। कुल खसेको २२२७ मतमध्ये सबै मत गणना सकिएको निर्वाचन समितिले जनाएको छ। महासचिव पदमा पनि ओली पक्षकै प्रभाव देखिएको छ। शंकर पोखरेलले १२२८ मतसहित महासचिवमा जित हात पार्दा प्रतिस्पर्धी सुरेन्द्र प्रसाद पाण्डेले ९९९ मत पाए। उपाध्यक्ष पदतर्फ पृथ्वी सुव्वा गुरुङले सबैभन्दा बढी १७३७ मत प्राप्त गर्दै अग्रता कायम गरे। विष्णु प्रसाद पौडेल १६७५ मत, रामबहादुर थापा ‘बादल’ १५१६…

Read More

मालारानीका १८ विपन्न परिवारलाई एक वर्ष निःशुल्क स्वास्थ्य बीमा अर्घाखाँची । मालारानी गाउँपालिका अन्तर्गत आर्थिक रूपमा विपन्न र उपचारबाट वञ्चित नागरिकहरूका लागि डा. खगेन्द्र आचार्यले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेका छन् । मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी भण्डारमा जन्मिएका हाल सन्धिखर्कस्थित ओम पोलिक्लिनिकमा कार्यरत MDGP डा. खगेन्द्र आचार्यले आफ्नो व्यक्तिगत खर्चमा गाउँपालिकाका वडा नम्बर १ देखि ९ सम्मका प्रत्येक वडाबाट दुई–दुई परिवार गरी जम्मा १८ घरपरिवारलाई एक वर्षका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेका हुन् । डा. आचार्यले सामाजिक उत्तरदायित्वको भावनासहित विपन्न नागरिकहरूको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले मालारानी गाउँपालिकालाई पत्रमार्फत नाम र ठेगाना उपलब्ध गराइदिन अनुरोध गरेका थिए…

Read More

काठमाडौं- लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेको खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। चितवनमा सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भई महत्वपूर्ण भूमिका निर्वाह गरेका आचार्यले पुनः केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका हुन्। आचार्य नेकपा एमालेका अनुभवी, संघर्षशील र संगठन निर्माणमा खारिएका नेता हुन्। पार्टी विस्तार र सुदृढीकरणको क्रममा उनले पटक पटक जेल जीवन भोग्नुका साथै कुटपिटसमेत सहनुपरेको इतिहास छ। क्यान्सर, मृगौला जस्ता जटिल रोगलाई जितेर यहाँसम्म आइपुगेका आचार्यको जीवन संघर्षले भरिएको छ। संघर्षमय जीवनका बाबजुद उनी जनताबीच अत्यन्त लोकप्रिय छन्। निस्वार्थ भावनाले राजनीतिमा लागेका आचार्य सरल, स्वच्छ छवि भएका, इमानदार र जुझारु…

Read More

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सुपादेउराली मन्दिरको सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा ध्यानाकर्षण गराएका छन् । नेपालकै महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा चिनिँदै आएको तथा देशभरका प्रमुख धार्मिक स्थलभित्र पर्ने सुपादेउराली मन्दिरमा पछिल्लो समय आर्थिक पारदर्शिता, भेटीघाटी व्यवस्थापन, बलि पुजासँग सम्बन्धित शुल्क लगायत विषयमा सञ्चार माध्यम र सार्वजनिक कार्यक्रमहरूमा प्रश्न उठ्दै आएको सन्दर्भमा नगर प्रमुख श्रेष्ठले स्पष्ट निर्देशन दिएका हुन् । हाल मन्दिर संरक्षण समिति गठन नभएको अवस्थालाई ध्यानमा राख्दै १ गतेदेखि लागू हुने गरी लेखापाल शुनिल के.सी. लाई सम्बोधन गर्दै पाँच बुँदे निर्देशन जारी गरिएको छ । निर्देशन अनुसार मन्दिरमा चढाइने बलिको मुड बलिदातालाई निःशुल्क फिर्ता दिनुपर्ने,…

Read More

काठमाडौं – नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले एमाले महाधिवेशनबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो लामो राजनीतिक तथा सामाजिक यात्राको विवरण सार्वजनिक गर्दै उनले पार्टी नेतृत्वमा थप जिम्मेवारी लिन तयार रहेको सन्देश दिएका हुन् । २०२८ साल मालारानी-५ बाँगीमा जन्मिएका भुसालले २०४१ सालमै आदर्श मावि खनदह अर्घाखाँचीबाट अनेरास्ववियु (एकताको पाँचौं) मार्फत संगठित राजनीतिक यात्रा सुरु गरेका हुन्। २०४६ को जनआन्दोलनमा पाणिनि क्याम्पस अर्घाखाँचीमा अध्ययनरत रहँदा सक्रिय भूमिका खेलेका उनी २०४७ सालमा नेकपा एमालेको सक्रिय दल सदस्य बनेर पार्टी राजनीतिमा प्रवेश गरेका थिए। गाउँदेखि जिल्लासम्म संगठन निर्माणमा खारिएका भुसाल २०५४ सालमा तत्कालीन बाँगी गाविस अध्यक्षमा निर्वाचित भए।…

Read More

वीरेन्द्र केसी, अर्घाखाँची – अर्घाखाँचीमा कांग्रेसको उम्मेदवार सिफारिस प्रक्रिया युवाहरूको चेतावनी र विवादका कारण अनिश्चितकालका लागि स्थगित भएको छ। युवाहरूले पुराना नेतालाई बिदाइ गरी नयाँ अनुहार सिफारिस गर्न माग गर्दै पार्टी कार्यालय घेराउ गरेका थिए। आकांक्षी धेरै र सहमति नजुट्दा दुई दिनसम्मको बैठकले उम्मेदवार चयन गर्न सकेन। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिसको विषयमा अर्घाखाँचीमा विवाद भएको छ । नाम पठाउन सन्धिखर्कमा बिहीबार र शुक्रबार कांग्रेस जिल्ला कार्यसमितिको बैठक बसेको हो । प्रत्यक्ष, समानुपातिक र ०८२ माघ २१ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि एक–एक जना मात्रै उम्मेदवारको नाम सिफारिस नगरे जिल्ला कार्यसमितिविरुद्ध चरणबद्ध…

Read More

अर्घाखाँची – अर्घाखाँचीको सितगंगा नगरपालिका वडा २ मा झोलुङ्गे पुल निर्माण थालिएपछि स्थानीयवासी उत्साहित बनेका छन्। शुक्रबार पुलको सिलान्यास प्रदेश सांसद रामजी प्रसाद घिमिरेले गरेका हुन्। सितखोलाको फलाचोर र पातलटोललाई जोड्ने यो पुल तयार भएपछि दुई घण्टा हिँडेर मात्र पुगिने मुख्य सडक अब १० मिनेटमै पुगिने भएको हो ।करिब २ सय घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। पुलले गाउँका कृषिजन्य वस्तु छिटो बजार पुगोस् भन्ने वर्षौदेखिको चाहना पनि पूरा हुने भएको छ। करिब १ करोड ८३ लाख लागतमा शुरु गरिएको काम आस्था सम्झना जेभीले ठेक्का लिएको हो। २९० मिटर लम्बाइ रहेको पुलबारे सडक डिभिजन कार्यालयका प्रमुख गोपिराम पुन र इन्जिनियर अशोक…

Read More