Author: नेपाल राज्य

काठमाडौं । अर्घाखाँचीका रायमाझी परिवारले तीज कोसेली “नक्कले भिनाजु ८ – है माया” गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आइतबार सार्वजनिक सर्जक, गायक तथा निर्देशक विशाल रायमाझीको निर्देशनमा तयार भएको यस गीतले तीजको रौनक थप उचाइमा पुर्‍याउने उनका शुभचिन्तकले बताएका छन् । बिगत सात संस्करणमा दर्शक–श्रोताबाट उल्लेखनीय सफलता हासिल गरिसकेको नक्कले भिनाजु म्युजिक भिडियो शृङ्खला, यसपटक पनि ठूलो अपेक्षा र तयारीसाथ प्रस्तुत गरिएको हो। सार्वजनिक गरिएको तीज कोसेलीमा विशाल रायमाझीसँगै हरिमाया रायमाझी र सर्मिला रायमाझीको स्वर रहेको छ। गीतका शब्द, संगीत र निर्देशन स्वयं बिशाल रायमाझीकै हुन्। संगीत संयोजन सुनिल परियार, रेकर्डिङ सुमन राना र खुमानसिंह राना, मिक्सिङ तथा…

Read More

सन्धिखर्क, अर्घाखाँची – नेकपा एमाले अर्घाखाँचीका उपाध्यक्ष तथा जनसंगठन समन्वय विभाग प्रमुख शम्भुप्रसाद पोख्रेलले माओवादी केन्द्रमाथि गम्भीर आरोप लगाएका छन्। शनिबार नेपाल उद्योग व्यवसायी महासंघ सन्धिखर्क नगर समितिको पहिलो नगर अधिवेशनमा बोल्दै पोख्रेलले माओवादीले नेकपा एमाले र नेपाली कांग्रेस फुटाउने योजना अघि बढाएको दाबी गरे। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत माओवादीको ‘उक्साहट’मा रहेको आरोप लगाउँदै पोख्रेलले भने, “विद्यालाई राष्ट्रपतिको पदमा पुर्‍याउँदा अध्यक्ष केपी ओलीले गाली मात्र खाए, तर विद्याले कुरा बुझिनन्। अहिले उनी माओवादीको इसारामा चलेकी छन्।” उनले एमाले फुटाउने योजनाको पछाडि पनि माओवादीकै हात रहेको आरोप लगाए। “माधव नेपाललाई पनि माओवादीले उस्काएर अलग पार्टी बनाइयो। अब फेरि एमाले र कांग्रेस दुबैलाई…

Read More

अर्घाखाँची । राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीमा नेतृत्व परिवर्तन भएको छ। बाँगीका उर्जाशील युवा नेता बिनोद बस्नेत हालै सम्पन्न राष्ट्रिय युवा संघ नेपालको पूर्ण बैठकबाट जिल्ला ईन्चार्जमा चयन भएका छन्। संगठनले गरेको जिम्मेवारी बाँडफाँडअनुसार बस्नेत अब अर्घाखाँची जिल्लास्तरमा संघको नेतृत्व गर्नेछन्। हालै सम्पन्न राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका बस्नेत नेकपा एमाले अर्घाखाँची जिल्ला कमिटीका कान्छा सदस्य पनि हुन्। युवा राजनीतिमा सक्रिय र जनसरोकारका सवालमा स्पष्ट दृष्टिकोण राख्ने बस्नेतले अब जिल्लाभरका युवालाई सङ्गठित गर्दै संगठनलाई अझ बलियो बनाउने अठोट सार्वजनिक गरेका छन्। पछिल्लो समय उनका भाषण दमदार र उर्जावान हुने गरेका छन् । “पार्टीबाट आएको थप…

Read More

काठमाडौं, साउन ११ – लोकसंगीतका लोकप्रिय गायक तथा सर्जक पुष्कल शर्माले तीज कोसेली ‘श्रीमान’ सार्वजनिक गरेका छन्। शर्माको आधिकारिक युट्युब च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको गीतमा तीज पर्वको मौलिकता, नेपाली महिलाको आत्माभिव्यक्ति र पारिवारिक सम्बन्धको संवेदना प्रस्तुत गरिएको छ। गीतमा गायक पुष्कल शर्मा र गायिका पूर्णकला बिसीको स्वर रहेको छ। शब्द र लय शर्माकै छ भने मौसम हिमालीले निर्देशन गरेका छन्। भिडियोमा सवि शर्मा, अर्जुन सापकोटा, सारिका केसी र विक्रम बुढाथोकी को दमदार अभिनय गरेका छन्। गायक शर्माले गीत मार्फत मौलिकता जोगाउने प्रयास गरेका छन् पछिल्ला वर्षहरूमा तीज गीतमा बढ्दो अश्लीलता र सांस्कृतिक विकृतिप्रति आपत्ति जनाउँदै ‘श्रीमान’ गीत त्यसको प्रतिवादस्वरूप ल्याएको…

Read More

क्षितिज विक्रम खनाल- बुटवल।  राजनीतिक संगठन भनेको केवल एउटा संरचना, कार्यक्रम वा घोषणापत्र मात्र होइन। त्यो त एक विचारको घर हो, जहाँ आस्था, योगदान, भरोसा र सहकार्यको ईंटाले संगठन बन्छ। यस्तो संगठनमा साँचो लोकतन्त्र भनेको केवल बैठकमा हात उठाएर निर्णय गर्ने प्रक्रियामै सीमित हुँदैन—विचारमा बहस गर्न, फरक मत सुन्न, र असहमतिलाई पनि आत्मीयतासाथ स्वीकार गर्न सक्ने संस्कारमा हुन्छ। संगठन बलियो तब हुन्छ जब उसले आलोचना सुन्छ, फरक मतलाई अवसर ठान्छ, र हरेक सदस्यलाई “म पनि यो संगठनकै अंग हुँ” भन्ने भावना दिन सक्छ। अहिले (राष्ट्रिय युवा संघ नेपाल) भित्र भएका केही निर्णय र घटनाक्रमले फेरि पनि सोच्न बाध्य बनाएको छ—के…

Read More

अर्घाखाँची । गोखुङ्गा–सन्धिखर्क सम्पर्क समाजको दोस्रो भेला सन्धिखर्कमा सम्पन्न भएको छ। शनिबार सन्धिखर्कस्थित ग्रिन इङ्लिस बोर्डिङ स्कुलको सभाहलमा सम्पन्न भेलाले टिका माया शर्मा भुसालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा तुल्सी पन्थी, सचिवमा विशाल खनाल, कोषाध्यक्षमा कमल प्रसाद खनाल र सह–सचिवमा रामप्रसाद पन्थी चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा बोम बहादुर घिमिरे, गुणानिधि खनाल, माया खनाल, रिचा घिमिरे, ढकल पन्थी, रविन्द्र खनाल, प्रदीप परियार, सपना पन्थी, जानका खनाल र शारदा पन्थी रहेका छन्। भेलाले संस्थापक अध्यक्ष श्याम प्रसाद घिमिरेलाई संरक्षकको जिम्मेवारी दिएको छ। यस्तै, सल्लाहकार समिति सदस्यहरूमा रेमबहादुर घिमिरे, कृष्ण प्रसाद खनाल, कमल प्रसाद घिमिरे, पदम क्षेत्री,…

Read More

शोभाखर पन्थी ,अर्घाखाँची । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य केवी भुसालले अग्रज अभिभावक गोमाकला पाण्डेको निधनले नेकपा एमालेलाई निकै दु:खी वनाएको वताउनु भएको छ । सनपा-५ निवासी नेकपा एमाले सन्धिखर्क नगर कमिटीका सदस्य भोला पाण्डेकी आमा बयोबृद्ध समाजसेवी गुन्जेश्वरी ( गोमाकला) पाण्डेको ७ अौ दिनको पुण्ड तिथिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा मन्तव्य राख्दै उहाँले दिवंगत आमाले समाजिक र राजनीतिक क्षेत्रमा पुर्याउनु भएको योगदानको प्रसंसा गर्नुभयो । भुसालले असल अभिभावकलाई गुमाउनुपर्दा निकै पिंडाबोध भएको बताउनु भयो । नेकपा एमाले सन्धिखर्क नगर कमिटीका उपाध्यक्ष नारायण खड्काको उपस्थिति र नगर कमिटीका उपसचिव डिलाराम बन्जाडेको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कार्यालय सचिव लिला…

Read More

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू कुनै पदको लोभमा नभइ देश र जनताको सेवाका लागि पार्टी राजनीतिमा फर्कन लागेको स्पष्ट पारेकी छन्। उनले राष्ट्रको सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज भइसकेको उल्लेख गर्दै अब पदप्राप्ति नै प्राथमिकता नरहेको बताइन्। “म पदको लोभमा होइन, राष्ट्र र जनताको सेवाका लागि फर्किंदैछु,” भण्डारीले भनिन्। प्रेस मिट मार्फत उनले एमाले राजनीतिमा फर्किनु आफ्नो संवैधानिक हक भए पनि पार्टीको पछिल्लो निर्णयले आफूलाई दुःखी तुल्याएको उनले बताइन्। यद्यपि, उनले जनताको हितलाई सर्वोपरि मानेर अघि बढ्ने दृढता व्यक्त गरिन्।

Read More

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अर्घाखाँची र पाल्पा जिल्लामा वर्षासँग सम्बन्धित आकस्मिक चेतावनी जारी गरेको छ। आज दिउँसो १ बजे जारी गरिएको सूचनामा भनिएको छ कि पछिल्लो १ घण्टामा अर्घाखाँचीस्थित वर्षामापन केन्द्र र पाल्पाको बल्ड्याङगढी केन्द्रमा मध्यम वर्षा मापन गरिएको छ। विभागका अनुसार यी क्षेत्र आसपासको भूभागमा साना नदी, खोलामा पानीको बहाव एक्कासी बढ्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। “सो क्षेत्र हुँदै बहने साना खोलाहरूमा बहाव केही बढ्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाइराखौं,” सूचनामा उल्लेख छ। स्थानीयवासी तथा यात्रुहरूलाई खोलानाला पार गर्दा विशेष सावधानी अपनाउन र आवश्यक परे सुरक्षित स्थानमा बस्न मौसम विभागले अनुरोध गरेको छ।

Read More

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकबाट निर्णय गराएर आफूलाई सदस्यता नवीकरणमा “प्रतिबन्ध” लगाएपछि पूर्वराष्ट्रपति विद्या भण्डारीले “काउन्टर”को तयारी गरेकी छन्। उनले शुक्रबार पत्रकार सम्मेलनमार्फत औपचारिक धारणा सार्वजनिक गर्न लागेकी हुन्। भण्डारीले अपराह्न ३ बजे पत्रकार सम्मेलन राखेकी छन्। सोही सम्मेलनबाट आफ्नो आगामी कदमबारे थप प्रस्ट पार्ने तयारी गरेको उनको सचिवालयले जनाएको छ। भण्डारीनिकट एक नेताले शुक्रबारको पत्रकार सम्मेलनमा धेरै विषय स्पष्ट हुने बताए। भण्डारीले पछि नहट्ने अडान कायम राखेको उनको भनाइ छ। गत मंगलबार दिउँसो पत्रकारहरूसँग कुराकानी गर्दै भण्डारीले आफू राजनीतिमा अगाडि बढिसकेकाले पछि नहट्ने र कदम अघि बढाउन खुट्टा नकमाउने बताएकी थिइन्। त्यसको…

Read More