अर्घाखाँची । अर्घाखाँचीमा एक मात्र निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभा निर्वाचनका लागि चार वटा राजनीतिक दलले आफ्ना उम्मेदवार टुंग्याइसकेका छन्। तर जिल्लामा प्रमुख शक्ति मानिने नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले भने अहिलेसम्म उम्मेदवार सार्वजनिक गर्न सकेका छैनन्।
चार दल चुनावी तयारीसहित मैदानमा उत्रिँदा कांग्रेस र रास्वपाको ढिलाइले जिल्लाको राजनीतिक सरगर्मी बढाएको छ। उम्मेदवार घोषणा भइसकेका दलहरूमा नेकपा एमालेबाट पिताम्बर भुसाल, नेपाली कम्युनिष्ट पार्टीबाट रामबहादुर चौहान, राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल र नेकपा विप्लव बाट खेम घर्ती रहेका छन्।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन नजिकै जाँदा कांग्रेस र रास्वपाले भने आज बेलुका सम्म उम्मेदवार सार्वजनिक गर्ने बताएका हुन ।

