काठमाडौं ।
नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फसेको दाबी गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाकाे बैठकमा केसीले बोल्दै देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फसेको बताए ।
उनले तत्कालीन साढे ३३ किलो सुन तस्करीबारे छानबिन गर्न गठित समितिको प्रतिवेदन लुकाइएको बताए। साढे ३३ किलो सुन छानबिन विस्तारै सेलाउने उनले बताए ।