Author: नेपाल राज्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पुनः प्रहरी हिरासतमा राखिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा बयानका लागि आइतबार आफैं अदालत उपस्थित भएका लामिछानेलाई थुनछेक बहस नसकिएपछि प्रहरी परिसर, काठमाडौंको हिरासतमा लगिएको हो । सोमबार बिहान १० बजे थुनछेक बहसको लागी पुनः अदालत पेस गरिने प्रहरी स्रोतले जनाएको छ ।
पाल्पा । पाल्पामा फोर्स गाडीले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नं.११ सामाकोटकी ४६ वर्षीया सिता गहजराज रहेको शनिवार बेलुका बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु २ ख ५६१८ नम्बरको फोर्स गाडीको ठक्करबाट घाइते भएपछि उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको हो । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिएका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कसैले भन्दैमा सरकार दायाँ बायाँ नहुने बताएका छन् । फुटवेयर म्यान्रुफ्याक्वरर्स एशोसिएसन अफ नेपालको २३ औं वार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले कसैले भन्दैमा सरकार दायाँ–बायाँ नहुने बताएका हुन् । ‘काहीं कसैले दायाँ(बायाँ केही भनेर हुँदैन, भोट हाल्ने हामीले हो, यो सरकार केही हुँदैन, अब तीन वर्ष कांग्रेस एमालेको सरकार चल्छ’, थापाले भने । कुनै पनि सरकार कति बलियो छ भन्ने कुरा उसले गर्ने कामले प्रमाणित गर्ने उनले बताए । प्रतिनिधि सभामा बहुमत नजुटाई सरकार नबन्ने भएकाले सबै सरकार बलिया हुने भए पनि उनीहरूले गरेका कामले…
माधव बेल्बासे, अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा न. ७ का युवाहरुले भैलो खेलेर सङ्कलन गरेको रकमबाट आज (सनिवार )एक कार्यक्रमका बिच जेष्ठ नागरिकहरुलाई सम्मान गरेका छन । कार्यक्रममआ बोल्दै पाणिनी गाउँपालिका वडा न. ७ का वडा अध्यक्ष गुनाखर अधिकारिले रचनात्मक काम गरेर अरुलाई प्रेरणा दिनेगरी समाजका अगुवाहरुको सम्मान गर्नु अत्यन्तै सराहनिय कार्य भएको भन्दै युबाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । यस्तै कार्यक्रममा मन्तव्य राख्दै पाणिनी ७ का वडा सदस्य प्रेम थापाले सराहनीय कार्यका लागि युवाहरुलाई धन्यवाद दिदै सम्मानित ब्याक्तित्वहरुको दिर्घजिवनका लागि शुभकामना दिनुभएको थियो । कार्यक्रममा पाणिनी गाउँपालिका वडा न. ७ स्थित जनसेवा माध्यमिक बिधालयका प्रधानाध्यापक शालिकराम बेल्वासेले सबै…
काठमाडौं । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती आज (शनिबार) विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औं जन्मजयन्ती मनाइँदै छ ।
काठमाडौं। कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीवार साँझ कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक वहसपछि अदालतले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए ।
नेपाल राज्य संवाददाता रूपन्देही जिल्लाकाे शुद्वाेधन गाउँपालिका विकासमा अगाडि बढेको छ । प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीका अनुसार सेवा प्रवाह देखि सुशासन र विकासका काम अगाडि बढेको बताउनु भएको छ । गाउँसभाको १७ औं अधिवेशनका मूख्य १७ उपलब्धीहरू १. न्यायिक, विधायन र लेखा समितिका अर्धवार्षिक प्रतिवेदनहरू प्रस्तुत, छलफल र पारित । २. सामाजिक, आर्थिक, पूर्वाधार, बन/वातावरण र सुशासन/संस्थागत गरी ५ वटा विषयगत समितिहरूका अर्धवार्षिक प्रतिवेदनहरू प्रस्तुत, छलफल र पारित । ३. चालू आ.व.को विनियोजन ऐनमा अत्यावश्यक संसोधन प्रस्ताव प्रस्तुत छलफल, जवाफ तथा पारित। ४. चालू आ.व.मा बनेका विभिन्न क्षेत्रका १० वटा कानुनहरू अनुमोदन । ५. पहिलो पटक जिल्ला समन्वय समितिका प्रमुखको…
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै सम्पन्न एमाले र माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकबारे टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै उनले लेखेका छन्, ‘ओली र प्रचण्डका ‘कम्युनिस्ट’ पार्टीहरूको हालैको बैठकको तुलनात्मक दृश्य र प्रवृत्ति हेर्दा ब्रेज्नेभ कालको रुसी पार्टीको झल्को आयो–बाहिरी रूप ‘समाजवादी’ भित्री सार ‘नोकरशाही पुँजीवादी’!’ बरु ओली अलि बढी खुला र प्रष्ट भएको तर प्रचण्ड सदा झैँ कुटिल र छद्म रहेको टिप्पणी भट्टराईले गरेका छन् । ‘खासगरी नेपालको जटिल भूराजनीति र शक्तिकेन्द्रहरूको चलखेलको सन्दर्भमा र क्रान्तिकारी लफ्फाजी (revolutionary phrase–mongering0) को प्रयोगमा ! बाघ खक ब्वाँसो ? नेपाल…
बुटवल । लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८१-०८२ अन्तर्गत दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ । पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिनसम्म लगाएर दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । लुम्बिनीमा वार्षिक १६ लाख हाराहारीमा स्वदेशी विदेशी पर्यटक र तिर्थालु आउने गरेका छन् ।
अर्घाखाँची । अर्घाखाँची जिल्लाको अर्घा धरमपानी , ऐतिहासिक, धार्मिक, र सांस्कृतिक दृष्टिले महत्वपूर्ण गन्तव्य भनेर परिचीत छ । यो क्षेत्र स्थानीय रूपमा आफ्नै विशिष्टता र पहिचानले चिनिन्छ। “अर्घा” र “धरमपानी ” नामले नै यसको ऐतिहासिक महत्त्वलाई झल्काउँछ। अर्घा धरमपानी, अर्घाखाँची जिल्लाको एक महत्त्वपूर्ण ठाउँ हो, जुन पहाडको हरियाली बीचमा अवस्थित छ। यहाँको प्राकृतिक सौन्दर्य र शान्त वातावरणले आगन्तुकलाई आकर्षित गर्छ। अर्घा जुन गाउँ नेता उत्पादन गर्ने स्थानको रुपमा पनि चिनिन्छ । अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा, २१ फिटको भगवतीको मूर्ति राखिएको छ । “मिसन ग्रासरुट अभियान” कार्यक्रमका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आएका…
