पाल्पा ।
पाल्पामा फोर्स गाडीले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नं.११ सामाकोटकी ४६ वर्षीया सिता गहजराज रहेको शनिवार बेलुका बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु २ ख ५६१८ नम्बरको फोर्स गाडीको ठक्करबाट घाइते भएपछि उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको हो ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिएका हुन् ।