नेपाल राज्य संवाददाता
रूपन्देही जिल्लाकाे शुद्वाेधन गाउँपालिका विकासमा अगाडि बढेको छ । प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीका अनुसार सेवा प्रवाह देखि सुशासन र विकासका काम अगाडि बढेको बताउनु भएको छ ।
गाउँसभाको १७ औं अधिवेशनका मूख्य १७ उपलब्धीहरू
१. न्यायिक, विधायन र लेखा समितिका अर्धवार्षिक प्रतिवेदनहरू प्रस्तुत, छलफल र पारित ।
२. सामाजिक, आर्थिक, पूर्वाधार, बन/वातावरण र सुशासन/संस्थागत गरी ५ वटा विषयगत समितिहरूका
अर्धवार्षिक प्रतिवेदनहरू प्रस्तुत, छलफल र पारित ।
३. चालू आ.व.को विनियोजन ऐनमा अत्यावश्यक संसोधन प्रस्ताव प्रस्तुत छलफल, जवाफ तथा पारित।
४. चालू आ.व.मा बनेका विभिन्न क्षेत्रका १० वटा कानुनहरू अनुमोदन ।
५. पहिलो पटक जिल्ला समन्वय समितिका प्रमुखको सहभागिता र सफलताको शुभकामना प्रस्तुत ।
६. कार्यालयको संगठन तथा व्यवस्थापन अध्ययन प्रतिवदेन २०७७ मा संसोधन प्रस्ताव, छलफल र
पारित
७. गाउँपालिकासँग सम्बन्धित समसामयिक विषयमा छलफल तथा सभाको ध्यानाकर्षण ।
८. गाउँपालिकाको नाम शुद्धोधनलाई शुद्धोदन बनाउने शुद्धिकरण प्रस्ताव प्रस्तुत, छलफल, जवाफ र
पारित ।
९. गाउँपालिकाको दीर्घकालीन सोचमा परिमार्जनको प्रस्ताव प्रस्तुत, छलफल, जवाफ र पारित ।
(परिमार्जित सोच ‘आर्थिक विकासमा प्रवर्धन : समृद्ध शुद्धोदन” रहने )
१०. समसामयिक विषय सम्बन्धी छलफलमा भाग लिएका सभा सदस्यहरू ४ जना रहेका ।
११. जम्मा २ वटा बैठक सञ्चालन भएका ।
१२. ९४ प्रतिशत सभा सदस्यहरूको उपस्थिति रहेको ।
१३. पहिलो बैठक १ घण्टा २० मिनट र दोस्रो बैठक १ घण्टा ५ मिनट गरी जम्मा २ घण्टा २५
मिनट अधिवेशन चलेको ।
१४. डिजिटल व्यानरको प्रयोग भएको ।
१५. गाउँपालिकाको समग्र हीतका लागि कर्मचारी र जनप्रतिनिधि विचको सम्बन्ध सुमधुर बनाउने
सवालमा चर्चा एवम् छलफल भएको ।
१६. सभामा प्रस्तुत भएका सबै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका ।
१७. सभामा पेश भएका सबै प्रतिवेदनहरू डिजिटल रूपमा समेत प्रस्तुत गरिएको ।