काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग दैलेखको मिथेन ग्याँस र नवलपरासीको धौवादी फलाम खानी उत्खननबारे ब्रिफिङ लिएका छन्।
चीनको सहयोगमा ११२.१ अर्ब घनमिटर मिथेन ग्याँसको भण्डार पत्ता लागेको जनाइएको छ। ओलीले एक वर्षभित्र परीक्षण उत्पादन थाल्न निर्देशन दिए। धौवादीमा ९९ मिलियन टन फलामको भण्डार रहेको र २०८५ भित्र स्टिल उत्पादन थालिने जानकारी दिइएको छ। सरकारले आवश्यक स्रोत र सहजीकरण गर्ने बताइएको छ।
छलफलमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, दैलेखका सांसद्हरुलगायत सहभागी थिए।