अर्घाखाँची ।
राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची लाई जिल्लामा “एक नम्बर” बनाउने कसरत सुरु गरिएको छ ।
मिसन ८४ अन्तरगत राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले पुस र माघ महिनाभित्र हरेक पार्टी सदस्यले कम्तिमा एकजना नयाँ सदस्य थप्ने गरि अभियान शुरु गरेको छ ।
यस अभियानले जिल्लामा “एक नम्बर” पार्टी बनाउने कसरत सुरु भएको हो ।
अर्घाखाँची जिल्ला सभापति हरिप्रसाद भुसालले यस अभियानको महत्वलाई जोड दिँदै भने “हामी सबैले आफ्नो जिम्मेवारीलाई गम्भीरताका साथ लिने हो भने, यो अभियानले पार्टीलाई थप सशक्त बनाउनेछ । जिल्लामा तेस्रो शक्तिको रुपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो नम्बर आउन कसैले रोक्न नसक्ने बताए ।
गत चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची ८ हजार ९ सय ५१ मत लिएर तेस्रो पार्टी भएको थियो । अहिले १० हजार भन्दा अधिक मत आफ्नो पक्षमा रहेको बताएको छ ।