अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको अर्घा धरमपानी , ऐतिहासिक, धार्मिक, र सांस्कृतिक दृष्टिले महत्वपूर्ण गन्तव्य भनेर परिचीत छ । यो क्षेत्र स्थानीय रूपमा आफ्नै विशिष्टता र पहिचानले चिनिन्छ। “अर्घा” र “धरमपानी ” नामले नै यसको ऐतिहासिक महत्त्वलाई झल्काउँछ।
अर्घा धरमपानी, अर्घाखाँची जिल्लाको एक महत्त्वपूर्ण ठाउँ हो, जुन पहाडको हरियाली बीचमा अवस्थित छ। यहाँको प्राकृतिक सौन्दर्य र शान्त वातावरणले आगन्तुकलाई आकर्षित गर्छ।
अर्घा जुन गाउँ नेता उत्पादन गर्ने स्थानको रुपमा पनि चिनिन्छ ।
अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा, २१ फिटको भगवतीको मूर्ति राखिएको छ । “मिसन ग्रासरुट अभियान” कार्यक्रमका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आएका थिए ।
ऐतिहासिक र धार्मिक महत्त्वले आफैमा सम्पन्न छ । अर्घाखाँचीको नाम “अर्घा” र “खाँची” दुई ऐतिहासिक क्षेत्रहरूको संयोजनबाट बनेको हो।
अर्घा क्षेत्र, विशेष गरी अर्घा भगवती मन्दिरका लागि प्रख्यात छ, जहाँ परापूर्वकालदेखि नै देवी भगवतीको पूजा हुँदै आएको छ।
धरमपानी यसै क्षेत्रको महत्त्वपूर्ण भाग हो, जसले धार्मिक र सांस्कृतिक परम्परालाई समेटेको छ।
धरमपानी आफ्नै धार्मिक महत्त्व छ । मिलेको ठाउँ त्येसैमा यहाँको पानीको स्रोत (पानीको धारो) धार्मिक र सांस्कृतिक रूपमा पवित्र मानिन्छ।
यस स्थानमा विभिन्न धार्मिक अनुष्ठान, पूजा, र मेलाहरू हुने गर्छन्।
विशेषत दसैं र अन्य चाडपर्वका बेला यहाँको चहलपहल अझै बढ्छ।
संस्कृति र परम्परा धरमपानी क्षेत्रका स्थानीय बासिन्दाहरू परम्परागत नेपाली जीवनशैलीमा आधारित छन्। यहाँका रीतिरिवाज, चाडपर्व, र सांस्कृतिक गतिविधिले गाउँलाई चिनाउने गरेको छ ।
अर्घा धरमपानी प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। पर्यटनको सम्भावना अधिक हुन सक्ने छ । पैदल यात्रा (हाइकिङ): मिलेको धरमपानी अर्घाको पहाड र हरियाली नजिकै रानी बन मार्फत घुम्न चाहने पर्यटकका लागि यो उत्कृष्ट गन्तव्य हो।
स्थानीय परिकार यहाँको स्थानीय खानाका स्वाद, गन्धर्वका सारङीहरुको धुन , रानी बनका कोहिलीको मीठा स्वर पर्यटकहरूको लागि विशेष अनुभव दिन सक्छ।
धार्मिक स्थल भ्रमण धार्मिक आस्थाका लागि आउने पर्यटकलाई यो क्षेत्र उपयुक्त छ। नजिक जहाज बस्ने ठाउँ बन्दैछ ।
अर्घा धरमपानी अर्घाखाँची जिल्लाको सांस्कृतिक, धार्मिक, र प्राकृतिक धरोहर हो। यो ठाउँले आफ्नो पहिचानलाई अझै मजबुत बनाउन र धार्मिक पर्यटनको केन्द्रका रूपमा विकसित हुन ठूलो सम्भावना राख्छ । तसर्थ सरोकारवालाको ध्यानाकर्षण हुनु आवस्यक छ ।