Author: नेपाल राज्य
बिरेन्द्र केसी, अर्घाखाँची । अर्घाखाँची राणा प्रधानमन्त्री जंगबहादुर राणाको जन्मस्थल सन्धिखर्क नगरपालिका–५ स्थित मथुरामा रहेको ऐतिहासिक लामपाटी दरबारलाई मर्मत र रंगरोगन गरी चिटिक्क पारिएको छ । चर्किएका कोठा, भत्किन लागेको भवन टालटुल पारिएको छ र भुइँमा ढुंगा बिछ्याइएको छ । दरबारमा भवनको गारोबाट इँटा खसेर प्वाल परेको ठाउँ तथा दलिन, मसी, थाम, ढोका, झ्याल जस्ता पुराना र कुहिएका संरचना नयाँसाथी फेर्ने काम भएको छ । छानो र भवनलाई रातो रंगले रंगाएर आकर्षक बनाइएको छ । अर्घाखाँचीका पर्यटकीय गन्तव्यमध्ये लामपाटी दरबार एक हो । ‘जंगबहादुर जन्मिएको स्थान मथुरा लामपाटी दरबारलाई संरक्षण गरिएको छ,’ सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए, ‘ऐतिहासिक सम्पदालाई पर्यटकीय गन्तव्य बनाइनुपर्छ, अझ व्यापक…
बुटवल । लुम्बिनीमा गाई तस्करहरूलाई रोक्न खोज्दा सामूहिक आक्रमण, एक जना गम्भीर घाइते लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ७ भगतपुरवा र भैसहिया बीचको क्षेत्रमा गाईगोरु तस्करी भइरहेका बेला त्यसलाई रोक्न खोज्ने व्यक्तिमाथि सामूहिक आक्रमण भएको छ। तस्करी रोक्न प्रयास गर्ने क्रममा लु. साँ. न. पा. वडा नम्बर ११ गनवरियाका हरिचन्द यादवका छोरा राम सुभग यादव (उर्फ लेखनदार यादव) गम्भीर घाइते भएका छन्। घटना हिजो राति करिब १०:०० बजेको हो। यादवले केही व्यक्तिहरूले गाईगोरु तथा छाडा चौपायाको खुट्टा बाँधेर लैजाँदै गरेको देखेपछि उनीहरूलाई रोक्न खोजे। सोधपुछ गर्ने प्रयासमै यादवमाथि तस्कर समूहले सामूहिक रूपमा आक्रमण गरेको स्थानीयले बताएका छन्। प्राप्त जानकारीअनुसार यादवमाथि…
काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुने बताएकी छन्। नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले आज धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय संवाद एवं ‘फ्रि मिडिया नेटवर्क गठन’ कार्यक्रममा उनले आमनागरिकलाई सु–सूचित गर्ने काममा पत्रकारको भूमिका महत्वपूर्ण भएकाले पत्रकारितालाई व्यावसायिक र मर्यादित बनाउन जरुरी रहेको उल्लेख गरिन्। पछिल्लो पटक पत्रकारिता पेसामा विभिन्न चुनौती देखापरेको उल्लेख गर्दै उनले पत्रकार स्वयंले आफ्नो सुरक्षाको लागि विशेष ध्यान दिन आवश्यक रहेको धारणा राखिन्। उनले प्रदेशस्तरमा गठन भएको फ्रि मिडिया नेटवर्कले आमनागरिकको स्वतन्त्रता, प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितता प्रदान गर्न मद्दत मिल्ने बताइन्। उनले नेटवर्कमा नागरिक समाजका अगुवा, सरकारी…
काठमाडौं । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना दैलेख देखी पक्राउ परेका छन् । आठबिस नगरपालिका– ८ लामिछाने गाउँ बस्ने ४५ वर्षीय मनबहादुर बडुवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । मन बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तिलेपाटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीका नेता नन्दबहादुर आचार्यको निधन भएको छ ।८२ वर्षिय आचार्यको उपचारको क्रममा आइतवार बुटवलमा निधन भएको हो ।अर्घा गाउँ बिकास समितिको उपाध्यक्ष निर्वाचितभइ लामो समयसम्म कार्यवाहक अध्यक्षको जिम्मेवारीमा रहनु भएका उहाँ जनताको बीचमा स्थापित नेता हुनुहुन्थ्यो । उहाँ सन्धिखर्क नगर पालिकाका उपप्रमुख महिला नेतृ मिश्रा आचार्यका श्रीमान हुनुहुन्छ ।जिल्लामा अग्रज समाजसेवीको रुपमा स्थापित नेता आचार्य लोकप्रिय बिकास प्रेमी नेता हुनुहुन्थ्यो । उहाँले सन्धिखर्कको विकासमा ठूलो योगदान पुर्याउनु भएको छ । दिवंगत नेता आचार्यको पार्थिव शरीरलाई आइतवार नै रिडी घाटमा दाहासंसकार गरिएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले पार्टीको झण्डा ओडाएर उहाँ प्रति…
अर्घाखाँची । सन्धिखर्क नगरपालिकाकी उप–प्रमुख मिश्रा आचार्यलाई पति शोक परेको छ। उहाँका पति नन्दबहादुर आचार्यकाे ८२ वर्षको उमेरमा उपचारकाे क्रममा बिहान बुटवलमा निधन भएकाे हाे । स्वर्गीय आचार्य अर्घा गाविसका पूर्व कार्यबाहक अध्यक्ष समते थिए । निधनले नगरपालिकाको जनप्रतिनिधि तथा सामाजिक क्षेत्रमै सक्रिय उप–प्रमुख आचार्य र उहाँको परिवारलाई गहिरो चोट पुगेको छ। आइतबार पार्थिव शरीरको अन्त्यष्टी रिडीघाटमा गरिएकाे छ । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसालले पार्टीकाे झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । यसैगरी सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडा नं.२ का वडा अध्यक्ष माेतिजङ्ग रायमाझी,६ का अध्यक्ष श्रीधर महत्रा,७ का अध्यक्ष…
लक्ष्मी खनाल, अर्घाखाँची । विद्यालयले मन्दिर निर्माणका लागि आर्थिक सहयोगको अपील गरेको छ । श्री भगवती माध्यमिक विद्यालय भूमिकास्थान न.पा.-९, डेभाले विद्यालय परिसरमा सरस्वती मन्दिरको निर्माणका लागि आम समुदायमा आर्थिक सहयोगको अपील गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद मरासिनीका अनुसार मन्दिर निर्माणको मुख्य उद्देश्य विद्यार्थीहरूमा धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै संस्कृतिक गतिविधिहरूलाई प्रवर्द्धन गर्नु हो। “हामी सबै अभिभावक, पूर्व विद्यार्थी, स्थानिय बासिन्दा तथा धार्मिक श्रद्धालुहरूसँग यो पुण्यकार्यमा सहभागी भई आर्थिक तथा भौतिक सहयोग गर्न हार्दिक अनुरोध गर्छौं,” अध्यक्ष मरासिनीले भने। मन्दिर निर्माण सम्पन्न भएपछि विद्यालयले नियमितरूपमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने विद्यालयका प्रधानाध्यापक कृष्ण खनालले बताए…
अर्घाखाँची । मालारानी- ५ बाँगीका पत्रकार विनोद खड्का कृषिकर्ममा रमाइरहेका छन्। एउटै हातले कलम समाउँदै वर्षौँदेखि जनताको आवाज बनेका पत्रकार खड्का अहिले माटो खनेर आफ्नै जीवनको आधार खोजिरहेका छन्। व्यवसायीक कृषि कर्ममा निकै व्यस्त छन् ।आफ्नो परिचयलाई थप व्याख्या गर्न मिल्ने गरि मेहेनत गरिरहेका छन् । खड्का साँझ बिहान् कोदालो काँधमा बोकेर तरकारी बारीतिर लाग्छन्। खड्का भावुक हुँदै सुनाउँछन्, ” एकहात मसिनले लग्यो, कृषिले मलाई फेरि जीवित बनाएको जस्तो लाग्छ। माटोको सुगन्ध पनि अनुभूति भयो । अहिले काक्रो धेरै उत्पादन भएको छ । गाउँ-गाउँ , सन्धिखर्क बजार त कहिले दह बजार पुराएर बेचेको छु ” आत्मनिर्भरता, आत्मिक सन्तोष, अनि जीवनको…
काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन आजबाट सुरू हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा हुनेछ । तीन दिनसम्म चल्ने महाधिवेशनको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । महाधिवेशनले अध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, चार सचिवसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । ३२ वर्षे उमेरहदका कारण वर्तमान १७ सदस्यीय पदाधिकारीमध्ये अधिकांश बिदा हुनेछन् । सचिव पदमा रहेका प्रकाश पौडेल, दीपक धामी, डा. सुजन कडरिया, अञ्जना शिवाकोटी र आरती भट्टराई लगायत ३२ वर्षमुनिका छन् । अध्यक्षका लागि पाँचै जनाले आकांक्षा राखेका छन् । महाधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन…
काठमाडौँ । पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुग्नुभएको छ । हिमानी ट्रष्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्वयुवराज्ञी शाह जुम्ला पुग्नुभएको हो । जुम्ला विमानस्थलमा उहाँलाई स्थानीयबासीले स्वागत गरेका थिए । हिमानी ट्रष्टले सामाजिक सेवाअन्तर्गत सुत्केरी सेवा केन्द्र बनाउन लागेको हो । उक्त क्षेत्रमा मातृ तथा नवजात स्वास्थ्य सेवा सुदृढ बनाउने दिशातर्फ सार्थक र भावनात्मक योगदानका रुपमा लिइएको स्थानीयबासीको भनाई छ ।
