अर्घाखाँची ।
मालारानी- ५ बाँगीका पत्रकार विनोद खड्का कृषिकर्ममा रमाइरहेका छन्।
एउटै हातले कलम समाउँदै वर्षौँदेखि जनताको आवाज बनेका पत्रकार खड्का अहिले माटो खनेर आफ्नै जीवनको आधार खोजिरहेका छन्। व्यवसायीक कृषि कर्ममा निकै व्यस्त छन् ।आफ्नो परिचयलाई थप व्याख्या गर्न मिल्ने गरि मेहेनत गरिरहेका छन् ।
खड्का साँझ बिहान् कोदालो काँधमा बोकेर तरकारी बारीतिर लाग्छन्। खड्का भावुक हुँदै सुनाउँछन्, ” एकहात मसिनले लग्यो, कृषिले मलाई फेरि जीवित बनाएको जस्तो लाग्छ। माटोको सुगन्ध पनि अनुभूति भयो । अहिले काक्रो धेरै उत्पादन भएको छ । गाउँ-गाउँ , सन्धिखर्क बजार त कहिले दह बजार पुराएर बेचेको छु ”
आत्मनिर्भरता, आत्मिक सन्तोष, अनि जीवनको वास्तविक अनुभवको खोजीमा अन्य पत्रकार खाडी मुलुक त कोहि युरोप लागे तर खड्का आफ्नै खेतवारि माटोमा रमाएका छन् ।
खड्का भन्छन् “जब उत्पादन भएर आलु गोभी काक्रो आगनमा ल्याउछु , त्यो मन्द गुन्जिएको आवाज उत्साह समाचारको शीर्षकभन्दा धेरै गहिरो लाग्छ,”
फेरि एक गिलास पानी पिएर खड्का सुनाउछन् “कहिलेकाहीँ थकित हुन्छु, तर त्यो थकान माटोमा पसिना मिसिँदा आनन्दमा बदलिन्छ।”