लक्ष्मी खनाल, अर्घाखाँची ।
विद्यालयले मन्दिर निर्माणका लागि आर्थिक सहयोगको अपील गरेको छ ।
श्री भगवती माध्यमिक विद्यालय भूमिकास्थान न.पा.-९, डेभाले विद्यालय परिसरमा सरस्वती मन्दिरको निर्माणका लागि आम समुदायमा आर्थिक सहयोगको अपील गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद मरासिनीका अनुसार मन्दिर निर्माणको मुख्य उद्देश्य विद्यार्थीहरूमा धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै संस्कृतिक गतिविधिहरूलाई प्रवर्द्धन गर्नु हो।
“हामी सबै अभिभावक, पूर्व विद्यार्थी, स्थानिय बासिन्दा तथा धार्मिक श्रद्धालुहरूसँग यो पुण्यकार्यमा सहभागी भई आर्थिक तथा भौतिक सहयोग गर्न हार्दिक अनुरोध गर्छौं,” अध्यक्ष मरासिनीले भने।
मन्दिर निर्माण सम्पन्न भएपछि विद्यालयले नियमितरूपमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने विद्यालयका प्रधानाध्यापक कृष्ण खनालले बताए ।
सहयोग गर्न इच्छुक महानुभावहरूले विद्यालयको खातामा रकम जम्मा गर्न सक्नेछन् वा विद्यालयको कार्यालयमा प्रत्यक्ष सम्पर्क गर्न सकिने विद्यालयले जनाएको छ। सम्पूर्ण सहयोगकर्ताहरूको नाम र योगदानलाई विद्यालयको भित्तेपत्रिकामा समेत प्रकाशित गरिने छ।
सहयोगका लागि:
श्री भगवती माध्यमिक विद्यालय
प्रभु बैंक (भुमिकास्थान शाखा)
खाता नं. २५८७०८५६१०६०००१८

