रुद्रमणि भुसाल ,अर्घाखाँची ।
अर्जुन चौपारी ऋण सहकारी संस्था लिमिटेड, कास्कीको प्रतिनिधिमण्डलले सन्धिखर्कस्थित साथी सहकारी तथा साथी बहुउद्देश्य सहकारी संस्थाको अवलोकन भ्रमण गरी अध्ययन तथा अनुभव आदानप्रदान गरेको छ।

भ्रमणका क्रममा संस्थाका अध्यक्ष डा भवानी प्रसाद पौडेलले उक्त सहकारीहरूले स्थानीय उत्पादनलाई लेबलिङ गरी बजारसम्म पुर्याउने र रोजगारी सिर्जना गर्ने कार्य नमुनायोग्य रहेको उल्लेख गर्दै त्यसबाट प्रेरणा लिएर आफ्नै संस्थामा पनि यस्ता अभ्यास लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा कृष्णप्रसाद भुसालले विभिन्न जिल्लाबाट अध्ययन भ्रमणका लागि आफ्नो संस्था छनोट गरिनु सकारात्मक संकेत भएको बताउँदै सहकारीबीच सफल अभ्यासको आदानप्रदानले संस्थागत विकासमा टेवा पुग्ने धारणा राख्नुभयो।
यस अवसरमा रुद्रप्रसाद श्रेष्ठ, धर्मराज भुसाल, नेत्रप्रसाद भुसाल लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन रामबहादुर केसीले गर्नुभएको थियो।

