काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) असार ७ गते तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ।
रास्वपा पार्टीले समर्थन र साथ दिएकोमा देश–विदेशका कार्यकर्ताप्रति आभार प्रकट गरेको छ। प्रवक्ता मनीष झाले छोटो अवधिमा पार्टीले सुसासन र भ्रष्टाचारविरुद्ध सक्रिय भूमिका खेलेको बताए। सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको दाबी गर्दै नयाँ शक्तिप्रति डर भएकै कारण निरन्तर प्रहार भइरहेको आरोप लगाएका छन् ।