Author: नेपाल राज्य
अर्घाखाँची । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका शिखर व्यक्तित्व, नवीन विचारक तथा उन्नत राजनीतिक संस्कृतिका प्रवर्तक जननेता मदन कुमार भण्डारीको विचार र योगदानलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मदन भण्डारी फाउन्डेसन अर्घाखाँचीको जिल्ला समिति गठन गरिएको छ। सनिवार सम्पन्न भेलाले श्रीकृष्ण भुसालको संयोजकत्वमा नयाँ जिल्ला समिति चयन गरिएको हो। समितिको उद्देश्य मदन भण्डारीको कार्य, विचार र अनुभवलाई भावी पुस्तामा हस्तान्तरण गर्दै नेपाली समाजको आमूल परिवर्तनमा योगदान पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन गर्नु रहेको छ। नयाँ समितिको सदस्यहरू:सदस्यमा विष्णु प्रसाद मिश्र (मालारानी), जानका खनाल (मालारानी), खिमानन्द खनाल (मालारानी),दुर्गा अधिकारी (पाणिनी),शोभाखर पाण्डे (छत्रदेव), रुपा प्रधान (छत्रदेव),राजेन्द्र जिसी (सन्धिखर्क), मोति भट्टराई (भूमिकास्थान),ऋषि घिमिरे (शितगंगा), कमल…
अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ७ झन्द्रेकमा जन्मिएका सर्जक विष्णु परियारद्वारा रचना गरिएको अत्यन्तै मार्मिक लोकदोहोरी गीत “मैले के गरु” सार्वजनिक भएको छ। गीत रानी म्युजिक सोलुसन युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा श्रोताको मन जित्न सफल भएको सर्जक परियारले बताएका छन्। लोक दोहोरी क्षेत्रका ख्यातिप्राप्त गायक-गायिका कुसल बेल्वासे र सन्ध्या बुढाको सशक्त स्वरले सजिएको यस गीतमा बिष्णु परियार स्वयं, जीवन खड्का (मालारानी गाउँपालिका) र सरिका के.सी. को अभिनय रहेको छ। गीतले प्रेम, पीडा र सामाजिक यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ, जसले गर्दा दर्शकहरु गीतप्रति भावुक हुँदै प्रतिक्रिया जनाइरहेका छन्।…
अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँची छत्रदेव गाउँपालिकाको प्रथम पालिका भेला सनिवार सम्पन्न भएको छ । भव्य र ऐतिहासिक रूपमा सम्पन्न भेलाले शंकरप्रसाद भुसाल लाई सभापति चयन गरेको हो । जसको नयाँ कार्यसमितिमा उपसभापति दिनानाथ पौडेल, सचिव उमेश पाण्डे,कोषाध्यक्ष विष्णु सुनार,सहसचिव: (पदपुर्ति पछि गरिने भनिएको छ । ) सदस्यहरू: महेन्द्र सेन, भरत कुमार पोखरेल, आनन थापा, तारा पौडेल, र जेमग्दनी भुसाल रहेका छन् । भेलामा स्थानीय स्तरमा रास्वपाको सांगठनिक संरचना बलियो बनाउने, मिसन ८४ लगाएत विविध विषयमा छलफल भएको थियो। कार्यक्रममा सहभागी सबैको सक्रियता नित्य र उत्साहले भेलालाई थप सानदार बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरि प्रसाद…
लक्ष्मी खनाल – अर्घाखाँची । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तारालाल श्रेष्ठले बालबालिकाको समुचित भविष्य निर्माणका लागि शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सहकार्य आवश्यक रहेको बताएका छन् । सनिवार भूमिकास्थान नगरपालिकाको आयोजनामा शैक्षिक उत्प्रेरणा कार्यक्रमका सम्बोधन गर्दै प्राध्यापक श्रेष्ठले भने, “शिक्षकको एक्लो प्रयासबाट मात्र शैक्षिक रूपान्तरण सम्भव छैन। शिक्षा गुणस्तरीय बनाउन, पाठ्यक्रमका अपेक्षित लक्ष्य प्राप्त गर्न र बालबालिकालाई पुस्तकीय ज्ञानमा मात्र सीमित नराखी व्यवहार, धारणा, ज्ञान र सीपमा आधारित समग्र विकास गराउनु जरुरी छ।” उनले पछिल्लो पुस्तालाई ‘जेन्जी जेनेरेसन’ को रुपमा परिभाषित गर्दै शिक्षा प्रणालीलाई समय सापेक्ष ढंगले परिमार्जन गर्नुपर्ने आवश्यकता पनि औँल्याएका थिए । उक्त शैक्षिक उत्प्रेरणा कार्यक्रम भूमिकास्थान नगरपालिका…
फिदिम । मेची राजमार्गमा पर्ने हेवा खोलामा निर्माणाधीन बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुग्ना भत्किदा ४ जना घाइते भएका छ्न । पाँचथरका प्रहरी प्रमुख कौशल बुडाथोकी अनुसार शनिबार साँझ बेलिब्रिज खस्दा ४ जना मजदुर गम्भीर घाइते भएका हुन् । थप विवरण आउन बाँकी ।
काठमाडौं । बागलुङमा शुक्रबार भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । दुईजनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल मृत्यु भएको हो । एक जनाको पोखरामा उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु.प्र.०१-००१-१७७५ नम्बरको जीप साँझ पौने ६ बजेतिर ढोरपाटन नगरपालिका- ५ बतासे डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा ढोरपाटन-२ का नरबहादुर कार्की, भीमकुमारी बुढा, टिकाकुमारी कुँवर र मनकुमारी थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिए । कार्की र बुढाको बुर्तिवाङ अस्पतालमा मृत्यु भएको हो । थापाको…
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय भरतपुर चितवनका कार्यालय सहायकलाई नगदसहित पक्राउ गरेको छ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालय चितवनका कार्यालय सहायक ईन्द्रजित गुरुङसहित बिचौलिया पनि पक्राउ परेका छन् । गुरुङको कार्यकक्षबाट एक लाख ८५ हजार रुपैयाँ नगदसहित बिचौलिया सुरज पाठक र गुरुङसमेतलाई कार्यालय परिसरबाट पक्राउ गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । लाइसेन्स परीक्षामा असफललाई पास गराउन रकम लिने गरिएको र गैर कानूनीकार्य भएको उजुरीका आधारमा उनीहरु पक्राउ परेका आयोगले जनाएको छ । त्यसैगरी कार्यालय प्रमुख बिष्णु भट्टराई तथा अन्य कर्मचारी, विभिन्न ड्राइभिइ सेन्टरका सञ्चालकको विद्युतीय…
काठमाडौं । भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु भएको छ। भोजपुर नगरपालिका-३ गुप्तेश्वर निवासी ३० वर्षीय प्रकाश राईको पत्नीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ। गएको बिहीबार बेलुका घरायसी विवादका क्रममा पत्नी सुमित्राको कुटपिटबाट गम्भीर घाइते भएका उनको शुक्रबार मृत्यु भएको हो। गुप्तेश्वरमा घर भए पनि राईको परिवार टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा बसोबास गर्दै आइरहेको थियो। पत्नी सुमित्राको कुटाइबाट पति प्रकाश गम्भीर घाइते भएका थिए। शुक्रवार बिहान छिमेकीले थाहा पाएर उपचारका लागि लैजाने क्रममा बाटोमै प्रकाशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
लक्ष्मी खनाल -अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं. ४ वाङ्लास्थित श्री भगवती आधारभूत विद्यालयले शुक्रबारको अतिरिक्त क्रियाकलाप अन्तर्गत एक महत्वपूर्ण व्यवहारिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरुलाई परम्परागत सीपको रूपमा “दुना टपरी” बनाउने तालिम दिइएको हो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाश खनालले बालबालिकामा सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीप पनि अत्यन्तै आवश्यक भएको भन्दै यस्ता गतिविधिहरु बालबालिकाको समग्र विकासमा महत्वपूर्ण हुने धारणा राखे। उनले भने, “आजको यान्त्रिक युगमा परम्परागत सीपहरू हराउँदै गएका छन्, जुन भविष्यमा स्वावलम्बी बन्नका लागि आवश्यक हुन सक्छन्। त्यसैले विद्यालय स्तरमै यस्ता सीप सिकाउने प्रयास गरिनु आवश्यक छ।” कार्यक्रममा सहभागी विद्यार्थीहरुले खुसीसाथ दुना…
अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले पुराना दलले मात्र काखमा राखेर छुरा हान्नका लागि नजिक भएको बहानाबाजी गरेको बताएका छन् । सभापति भुसालले परम्परागत दलहरूप्रति गम्भीर असन्तुष्टि जनाउँदै स्पष्ट रूपमा लेखेका छन् “आज हामी संसदमा एक्लै छौं, अब बुझौं हामी लड्ने नै एक्लै हो। यी परम्परागत दलहरू न हिजो साथमा थिए, न आज छन्, न त भोलि नै रहनेछन्।” संसद अवरोध खुलाउन प्रतिपक्षी दल माओवादी केन्द्रले सत्तापक्षसँग सहमति गरेपछि सामाजिक संजालमा यस्तो लेखेका हुन । उनले विगतका अनुभवलाई उद्धृत गर्दै यस्ता दलहरूले कहिल्यै साँचो साथ नदिएको र केवल ‘काखमा राखेर छुरा हान्न’ खोज्ने व्यवहार देखाएको…
