अर्घाखाँची ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले पुराना दलले मात्र काखमा राखेर छुरा हान्नका लागि नजिक भएको बहानाबाजी गरेको बताएका छन् ।
सभापति भुसालले परम्परागत दलहरूप्रति गम्भीर असन्तुष्टि जनाउँदै स्पष्ट रूपमा लेखेका छन् “आज हामी संसदमा एक्लै छौं, अब बुझौं हामी लड्ने नै एक्लै हो। यी परम्परागत दलहरू न हिजो साथमा थिए, न आज छन्, न त भोलि नै रहनेछन्।”
संसद अवरोध खुलाउन प्रतिपक्षी दल माओवादी केन्द्रले सत्तापक्षसँग सहमति गरेपछि सामाजिक संजालमा यस्तो लेखेका हुन । उनले विगतका अनुभवलाई उद्धृत गर्दै यस्ता दलहरूले कहिल्यै साँचो साथ नदिएको र केवल ‘काखमा राखेर छुरा हान्न’ खोज्ने व्यवहार देखाएको आरोप लगाए।
सभापति भुसालले अन्ततः रास्वपा आफ्नो लडाइँ एक्लै लड्न तयार रहेको दाबी गरे। उनले भने, “कतिपय मुद्दाहरूमा विचार मिल्ला, धारणा मिल्ला अनि बाटो पनि कहिलेकाहीं मिल्न खोज्ला, तर सारमा लड्ने नै एक्लै हो, हिँड्ने नै एक्लै हो, अनि चल्ने नै एक्लै हो।”
रास्वपाले जनअपेक्षा, पारदर्शिता र सशक्त प्रतिपक्षको भूमिकामा आफूलाई उभ्याउन खोजिरहेको यस घडीमा सभापति भुसालको यस्तो स्पष्ट र भावुक अभिव्यक्ति संजाल मार्फत दिएका हुन् ।
उनले सामाजिक संजालमा लेख्छन् :
“आज हामी संसदमा एक्लै छौ I
अब बुझौ हामी लड्ने नै एक्लै हो I यी परम्परागत दलहरु न हिजाे साथमा थिए, न आज छन्, न त भाेली नै रहनेछन् । मात्र काखमा राखेर छुरा हान्नका लागि नजिक भएको बहानाबाजी गरेका थिए I
कतिपय मुद्धाहरुमा बिचार मिल्ला, धारणा मिल्ला अनि बाटाे पनि कुनैकुनि बेला मिल्न खाेज्ला । तर सारमा लड्ने नै एक्लै हाे, हिड्ने नै एक्लै हाे अनि चल्ने नै एक्लै हाे । “