अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ७ झन्द्रेकमा जन्मिएका सर्जक विष्णु परियारद्वारा रचना गरिएको अत्यन्तै मार्मिक लोकदोहोरी गीत “मैले के गरु” सार्वजनिक भएको छ। गीत रानी म्युजिक सोलुसन युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
सार्वजनिक भएको छोटो समयमै गीतले दर्शक तथा श्रोताको मन जित्न सफल भएको सर्जक परियारले बताएका छन्। लोक दोहोरी क्षेत्रका ख्यातिप्राप्त गायक-गायिका कुसल बेल्वासे र सन्ध्या बुढाको सशक्त स्वरले सजिएको यस गीतमा बिष्णु परियार स्वयं, जीवन खड्का (मालारानी गाउँपालिका) र सरिका के.सी. को अभिनय रहेको छ।
गीतले प्रेम, पीडा र सामाजिक यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ, जसले गर्दा दर्शकहरु गीतप्रति भावुक हुँदै प्रतिक्रिया जनाइरहेका छन्। नेपाली मौलिक संगीत र संस्कृति झल्किने यो गीतले विशेषगरी ग्रामीण जीवनशैलीको कथा बोकेको छ।
सर्जक परियारले नेपाली सांगीतिक क्षेत्रमा योगदान पुर्याउँदै अगाडि बढिरहेकोमा दर्शक तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।
भिडियो :