Author: नेपाल राज्य

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले सरकारले ल्याएको बजेट किसानको विपक्षमा रहेको आरोप लगाएका छन्। राष्ट्रिय सभामा बोल्दै उनले उखु किसानको अनुदान बन्द गरेर व्यापारीलाई लाभ हुने गरी भन्सार शुल्क घटाइएको बताए। भुसालका अनुसार सरकारले उखु किसानलाई दिइँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान बन्द गरेर गुँड, सक्खर र चिनीको भन्सार शुल्क ३० प्रतिशतबाट घटाएर ५० प्रतिशत मात्र राखेको छ। उनले माघ महिनादेखि दूध उत्पादक किसानले भुक्तानी नपाएको र सरकारले किसानको पक्षमा कुनै पहल नगरेको गुनासो गरे। भुसालले किसानलाई डस्ने र व्यापारीलाई पोस्ने नीति सरकारले लिएको आरोपसमेत लगाए।

Read More

अर्घाखाँची । अर्घाखाँची जिल्लामा सवारी चालक तथा सहचालकहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै “ट्राफिक सचेतना” कार्यक्रम अन्तर्गत विशेष आँखा तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरिएको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजना र सन्धिखर्क नगरपालिकाको सहयोगमा सोमवार नरपानीमा उक्त शिविर सञ्चालन गरिएको हो। सन्धिखर्क–गोरुसिंगे सडकखण्डमा चल्ने सवारी चालकहरूलाई लक्षित गरि कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए। शिविरमा झण्डै १५० जना चालक तथा सहचालकहरूले आँखा चेकजाँच र स्वास्थ्य परीक्षण गराएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख निरज गौतमका अनुसार स्वास्थ्यकर्मीहरूको टोलीले आँखा, रक्तचाप लगायतका सामान्य स्वास्थ्य परीक्षण गरेको थियो। परीक्षणको क्रममा ७ जना चालकमा आँखा सम्बन्धी…

Read More

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ ओडारामा घरको प्लास्टर गर्ने क्रममा खसेर गम्भीर घाइते भएका एक जनाको निधन भएको छ । स्थानीय ४२ वर्षीय बाबुराम बिकको उपचारका क्रममा ज्यान गएको हो । उनी स्थानीय राम बहादुर नेपालीको घरमा प्लास्टर गर्ने क्रममा धुरीबाट खसेर गम्भीर घाइते भएका थिए । घटनापछि उनलाई तत्कालै अर्घाखाँची अस्पताल ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र बहादुर मल्लले जानकारी दिएका छन् ।

Read More

काठमाडौं । काठमाडौँबाट भिठ्ठामोड जाँदै गरेको यात्रुबाहक बस आज बिहान रौतहटको चन्द्रपुरमा दुर्घटना हुँदा १० जना घाइते भएका छन्। चन्द्रपुर नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा बा.प्र.०१–००६ ख. ५२१६ नम्बरको गंगोत्री ट्राभल्सको बस आफै अनियन्त्रित भई सडकबाट दक्षिणतर्फ पल्टिएको हो। दुर्घटनामा भारत विहार, दरभंगा, धनुषा, जनकपुर लगायतका यात्रुहरू घाइते भएका छन्। घाइतेहरूको चन्द्रपुरस्थित अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। २५ यात्रु सवार बसमा १० जना घाइते र बाँकी सकुशल रहेको छ। बस चालक भने फरार छन् र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Read More

बुटवल । नवलपुरको विनयी त्रिवेणीमा बाढीका कारण वैकल्पिक मार्गसमेत बन्द भएको छ। विनयी खोलामा डाइभर्सन बगेसँगै दुम्किबास–सर्दी–होङ्सी सिमेन्ट गेटमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। खरङ्गे खोलामा पानीको बहाव बढ्दा कुनै पनि सवारी आवतजावत हुन नसक्ने अवस्था रहेको छ। साना तथा मध्यम सवारी साधनलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग दैलेखको मिथेन ग्याँस र नवलपरासीको धौवादी फलाम खानी उत्खननबारे ब्रिफिङ लिएका छन्। चीनको सहयोगमा ११२.१ अर्ब घनमिटर मिथेन ग्याँसको भण्डार पत्ता लागेको जनाइएको छ। ओलीले एक वर्षभित्र परीक्षण उत्पादन थाल्न निर्देशन दिए। धौवादीमा ९९ मिलियन टन फलामको भण्डार रहेको र २०८५ भित्र स्टिल उत्पादन थालिने जानकारी दिइएको छ। सरकारले आवश्यक स्रोत र सहजीकरण गर्ने बताइएको छ। छलफलमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, दैलेखका सांसद्हरुलगायत सहभागी थिए।

Read More

लक्ष्मी खनाल , अर्घाखाँची । श्री जनज्योति माध्यमिक विद्यालय, सन्धिखर्कको आयोजनामा आज आइतबार विज्ञान विषय प्रवर्द्धन कार्यक्रम अन्तर्गत माध्यमिक तह स्तरीय विज्ञान सामग्री प्रदर्शनी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाका विभिन्न २३ विद्यालयहरूको सक्रिय सहभागिता रहेको थियो। प्रदर्शनीको मूल्याङ्कनपछि श्री जीवनोद्धार मा.वि. वाङ्लाले प्रथम स्थान हासिल गर्न सफल भयो। त्यस्तै, श्री ज्ञानप्रकाश मा.वि. सल्लिकोटले द्वितीय, आयोजक विद्यालय श्री जनज्योति मा.वि. सन्धिखर्कले तृतीय स्थान प्राप्त गरेका छन्। श्री युवावर्ष रविचित्र मा.वि. हटारीनेटाले सान्त्वना स्थान प्राप्त गर्दै विशेष प्रशंसा बटुल्न सफल भएको छ। यस कार्यक्रमले विद्यार्थीहरूमा वैज्ञानिक चेतना अभिवृद्धि गर्नुका साथै नविनतम् सोच तथा सिर्जनशीलतालाई प्रोत्साहन दिएको छ ।

Read More

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकामा एक व्यक्तिले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन्। घटनामा संलग्न आरोपमा प्रहरीले मृतकका श्रीमानलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार जगरनाथपुर गाउँपालिका–४ का २३ वर्षीय सफिराजा मियाँले आफ्नी २१ वर्षीया श्रीमती लालबिबी खातुनको हत्या गरेका हुन्। घटना शनिबार मध्यरात करिब पौने १ बजे मृतककै सुत्ने कोठामा भएको प्रहरीले जनाएको छ। खातुनको शंकास्पद मृत्यु भएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलको मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगन्ज पठाइएको छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा मृतकका श्रीमान् सफिराजालाई…

Read More

विष्णुकुमार आले , अर्घाखाँची । अर्घाखाँची पश्चिम नेपालको लुम्बिनीमा अवस्थित मालारानी मन्दिर पर्यटकीय सम्भावना बोकेको धार्मिक स्थल हो। समुन्द्री सतहदेखि २ हजार ८५ मिटरको उचाइँमा रहेको यो मन्दिर अर्घाखाँची जिल्लाको महत्वपूर्ण धार्मिक सम्पदा पनि मानिन्छ। वि.सं. १८६२ मा स्थापित यो मन्दिर सदरमुकाम सन्धिखर्कदेखि २३ किलोमिटर टाढा मालारानी गाउँपालिकामा पर्दछ। तर मालारानी मन्दिरमा आन्तरिक तथा बाहृय पर्यटक भित्राउने उदेश्यले सदरमुकाम सन्धिखर्कबाट १४ किलोमिटर छोटो बाटो मालारानी पुग्न सकिने गरि नयाँ मोटरबाटो निर्माण भैरहेको छ । मालारानी ३ र ६ वडाको सीमाक्षेत्रमा अवस्थित मालारानी मन्दिरमा भगवानको पूजाआजा र दर्शन गर्दा मानवीय मनोकांक्षा पूरा हुने विश्वासका साथ श्रदालुहरुले बोका, राँगा, कुभिण्डो आदिको बलीसमेत…

Read More

हरि आचार्य, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका स्थापना भई छोटो समयमा सयौं विद्यार्थीको रोजाई बन्न सफल ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ ले खेलकुद क्षेत्रमा पनि योगदान दिन थालेको छ । अध्यापन तथा रोजगारीका लागि कोरीया र जापान जानका लागि कोरीयन र जापनिज भाषा अध्यापन गराईरहेको उक्त संस्थाले युवा क्लवलाई खेलकुद सामग्री प्रदान गरि उदाहरणिय कार्य गरेको छ । बाणगंगा १ उत्तमनगरमा रहेको उत्तमनगर फुटबल क्लवलाई फुटबल, भलिबल, नेट साथै विभिन्न खेल सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ । खेल सामग्री प्राप्त गर्दै युवाहरुले ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ ले भषा अध्यापन मात्र नभई खेलकुद क्षेत्रमा पनि चासो दिएको भन्दै धन्यवाद ज्ञापन गरेका…

Read More