काठमाडौं ।
काठमाडौँबाट भिठ्ठामोड जाँदै गरेको यात्रुबाहक बस आज बिहान रौतहटको चन्द्रपुरमा दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
चन्द्रपुर नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा बा.प्र.०१–००६ ख. ५२१६ नम्बरको गंगोत्री ट्राभल्सको बस आफै अनियन्त्रित भई सडकबाट दक्षिणतर्फ पल्टिएको हो।
दुर्घटनामा भारत विहार, दरभंगा, धनुषा, जनकपुर लगायतका यात्रुहरू घाइते भएका छन्। घाइतेहरूको चन्द्रपुरस्थित अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। २५ यात्रु सवार बसमा १० जना घाइते र बाँकी सकुशल रहेको छ। बस चालक भने फरार छन् र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

