Author: नेपाल राज्य

अर्घाखाँची । क्यान्सरसँग संघर्षरत सन्जय घर्तीको जीवन रक्षाका लागि परिवार द्वारा आर्थिक सहयोगको अपिल गरेको छ। अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–३, खनदह साबडाँडा खोल्सी स्थायी घर भई लामो समयदेखि दाङमा सामान्य व्यापार गर्दै आफ्नो जीविकोपार्जन गर्दै आएका सन्जय घर्ती (जि.सी.) हाल क्यान्सर स्वास्थ्य समस्याका कारण जीवन–मरणको संघर्षमा छन् । घर्ती मुखको क्यान्सर रोगबाट पीडित भई हाल भरतपुरस्थित बि.पी. मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छन् । यसअघि उहाँको दुई पटक शल्यक्रिया भइसकेको छ। गत श्रावण महिनादेखि निरन्तर उपचारमा रहेका घर्तीको उपचार प्रक्रिया परिवारको आर्थिक अवस्था कम्जोर भएका कारण अझै लामो र खर्चिलो बन्दै गएको हो। निरन्तर उपचार, शल्यक्रिया, औषधि र अस्पताल बसाइको खर्च…

Read More

वीरेन्द्र केसी,अर्घाखाँची ।  आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला सभापति हरिप्रसाद भुसाललाई उम्मेदवार बनाउने घोषणा गरेको छ । बुधबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी भुसालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । भूमिकास्थान नगरपालिका–३ धारापानी निवासी ३७ वर्षीय भुसाल मिडिया सञ्चालक र लेखकका साथसाथै सन्धिखर्कमा व्यवसाय पनि गर्छन् । जिल्ला पार्टी र सबै पालिका नेतृत्वले सर्वसम्मत उम्मेदवार बनाएर घोषणा गरिएको रास्वपा सन्धिखर्क नगरपालिका सभापति राजु खड्काले बताए । गाउँमा संगठन विस्तार र चुनावी प्रचारसँगसँगै गरिएको उनले बताए । स्रोतका अनुसार अर्घाखाँचीमा उम्मेदवार बन्न धेरै जनाले केन्द्रमा धाए पनि जिल्लाबाट भुसाललाई सर्वसम्बत बनाइएको हो । भुसाल २०७९ को प्रतिनिधिसभा…

Read More

रुद्रमणि भुसाल-पुस १४,अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मातृ तथा शिशु स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले पीएनसी होम भिजिट सम्बन्धी वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममार्फत सुत्केरी आमा तथा नवजात शिशुलाई घरमै पुगेर प्रदान गरिँदै आएको स्वास्थ्य सेवाको प्रगति, उपलब्धि, चुनौती र सुधारका उपायहरूबारे विस्तृत छलफल गरिएको स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेले जानकारी दिनुभयो । समीक्षा कार्यक्रममा गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत आठवटै वडाका स्वास्थ्य चौकीका इन्चार्ज र कार्यक्रम सम्पर्क व्यक्ति, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो। पीएनसी होम भिजिटले सुत्केरी आमाको स्वास्थ्य अवस्था, शिशुको पोषण, खोप, सरसफाइ तथा सम्भावित जोखिमको पहिचानमा महत्वपूर्ण भूमिका…

Read More

दोहा, कतार । लुम्बिनी प्रदेश समन्वय परिषद, कतारले आन्तरिक बृहत  बनभोज कार्यक्रम तथा स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको छ । परिषदका अध्यक्ष  सजन लौडारीको सभापतित्वमा परिषदका संस्थापक संरक्षक  कमलमणी गुरागाइको प्रमुख आतिथ्यमा , परिषदका प्रमुख संरक्षक कार्न्ती सिंह,संरक्षक केबि हमाल, मोहम्मद मुक्तदा मुसलमान ,लगाएत सल्लाहकारहरुको उपस्थित रहेको थियो आतिथ्य रहेको थियो । लुम्बिनी प्रदेशका जिल्ला संस्थाहरुबाट प्रदेश बासीहरुको उल्लेखनीय उपस्थित रहेको थियो उक्त कार्यक्रममा कलाकार भाइ बहिनीहरुले आफ्नो प्रस्तुति प्रस्तुत  गरेका थिए कार्यक्रम मनोरञ्जनात्मक रहेको देखिन्थियो  गित संगीतहरुमा रमाएको देख्न सकिन्थ्यो ।ज परिषद, कतारले बिगतका बर्षजस्तै निरन्तर बनभोज कार्यक्रम गर्दै आएको छ।  प्रदेश बासीहरुको आपसी सम्बन्ध र भाइचाराको सद्भावलाई आत्मासाथ…

Read More

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पार्टीले विगतका कमजोरी स्वीकार गर्दै आत्मसमीक्षाको बाटो रोजेको बताएका छन्। अहिले अरूलाई दोष दिनेभन्दा पहिले आफूहरू सुध्रिनुपर्ने निष्कर्षमा पार्टी पुगेको उनको भनाइ छ। शनिबार भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभामा बोल्दै नेपालले पार्टीलाई फेरि जनतासँग जोड्ने अभियान सुरु भइसकेको जानकारी दिए। विचार र संगठन दुवैलाई सुदृढ बनाउँदै नयाँ नेपाल निर्माणतर्फ अघि बढ्नु पार्टीको मूल उद्देश्य रहेको उनले स्पष्ट पारे। उनका अनुसार देशभर ७७ वटै जिल्लादेखि स्थानीय तहसम्म कार्यक्रम सञ्चालन भइरहेका छन्। जनताबाट टाढा बस्ने, जिम्मेवारी नबोक्ने र केवल नेताको वरिपरि घुम्ने प्रवृत्तिलाई अब स्वीकार गर्न नसकिने उनले बताए। “हामी जनतासँग मिसिन चाहन्छौँ। ठूला…

Read More

अर्घाखाँची । समाजसेवा, आध्यात्मिक चेतना र सांस्कृतिक पहिचानको संरक्षणलाई जीवनको केन्द्रमा राख्दै आएका अर्घाखाँचीमा चिनिएका नारायण प्रसाद खनाल संघीय संसद् निर्वाचनमा होमिएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनले अर्घाखाँचीबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। दलीय सीमाभन्दा बाहिर रहेर जनताको पक्षमा काम गर्दै आएका खनाल इमानदार छवि र निरन्तर सेवाका कारण परिचित छन्। कुनै पनि राजनीतिक दलको औपचारिक सदस्यता नलिई स्वतन्त्र र उत्तरदायी नेतृत्व सम्भव छ भन्ने उदाहरण आफूले प्रस्तुत गर्दै आएको उनको दाबी छ। लामो समय विदेशमा बस्दासमेत उनले देश र विदेशमा रहेका नेपाली समुदायका समस्या र सरोकारलाई प्राथमिकतामा राख्दै सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। सेवा,…

Read More

काठमाडौं । नेपाली संगीत क्षेत्रमा अर्घाखाँचीका रायमाझी परिवारले धुम मचाएका छन् । बिशाल रायमाझी र सर्मिला रायमाझीको नयाँ गीत ‘केटी फेर्दै बस’ सार्वजनिक भएसँगै नयाँ पुस्ता बाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गीत एलिना रायमाझीको आधिकारिक युट्युब च्यानलमार्फत करिब १० दिनअघि सार्वजनिक गरिएको हो। आधुनिक गीतमा बिशाल रायमाझीको शब्द संगीत र सर्मिला रायमाझीको भावपूर्ण स्वरले गीतलाई अझ प्रभावशाली बनाएको छ। लय, शब्द चयन र प्रस्तुति विशेषगरी युवापुस्तामाझ रुचाइएको देखिन्छ। गीतको म्युजिक भिडियो पनि कथावस्तु, अभिनय र दृश्य संयोजनका हिसाबले दर्शकको ध्यान खिच्न सफल भएको छ। भिडियोको निर्देशन एलिना रायमाझीले गरेकी हुन्। निर्देशनसँगै गीतको मागअनुसार उनले आकर्षक अभिनयसमेत गरेकी छन्। भिडियोमा एलिनासँगै…

Read More

काठमाडौं । नेपाली संगीत क्षेत्रमा अर्घाखाँचीका रायमाझी परिवारले धुम मचाएका छन् । बिशाल रायमाझी र सर्मिला रायमाझीको नयाँ गीत ‘केटी फेर्दै बस’ सार्वजनिक भएसँगै नयाँ पुस्ता बाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गीत एलिना रायमाझीको आधिकारिक युट्युब च्यानलमार्फत करिब १० दिनअघि सार्वजनिक गरिएको हो। आधुनिक गीतमा बिशाल रायमाझीको शब्द संगीत र सर्मिला रायमाझीको भावपूर्ण स्वरले गीतलाई अझ प्रभावशाली बनाएको छ। लय, शब्द चयन र प्रस्तुति विशेषगरी युवापुस्तामाझ रुचाइएको देखिन्छ। गीतको म्युजिक भिडियो पनि कथावस्तु, अभिनय र दृश्य संयोजनका हिसाबले दर्शकको ध्यान खिच्न सफल भएको छ। भिडियोको निर्देशन एलिना रायमाझीले गरेकी हुन्। निर्देशनसँगै गीतको मागअनुसार उनले आकर्षक अभिनयसमेत गरेकी छन्। भिडियोमा एलिनासँगै…

Read More

अर्घाखाँची । नेकपा (एमाले)को ११औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै अर्घाखाँचीबाट तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। काठमाडौँमा बिहीबार सम्पन्न महाधिवेशनको अन्तिम मतगणनाअनुसार खुल्ला तर्फ लुम्बिनीका मुख्य मन्त्री चेतनारायण आचार्यले १२५१ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भए। यस्तै, दलित खुल्ला तर्फ बोमबहादुर विश्वकर्माले १४६० मत ल्याउँदै विजय हासिल गरेका छन् भने महिला खुला तर्फ सरिता भुसालले १७८२ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएको नेकपा (एमाले) अर्घाखाँचीले जानकारी दिएको हो । अर्घाखाँचीबाट तीन जना प्रतिनिधि केन्द्रीय कमिटीमा निर्वाचित भएपछि जिल्लामा एमाले निकट कार्यकर्ता तथा समर्थकहरूले उत्साहित हुँदै सामाजिक संजाल मार्फत शुभकामना दिएका हुन् ।

Read More

अर्घाखाँची । अर्घाखाँची जिल्लामा नेकपा लाई ठूलो झट्का लागेको छ । जिल्लाका पूर्व माओवादी केन्द्र निकट वाईसीएलका १७ जना सक्रिय युवा कार्यकर्ताले एकैपटक पार्टी परित्याग गरेका छन्। लामो समयसम्म पार्टी गतिविधिमा सक्रिय रहँदै आएका उनीहरूले संगठनभित्रको आन्तरिक अवस्था, नेतृत्वको कार्यशैली र राजनीतिक दिशाप्रति गम्भीर असन्तुष्टि जनाउँदै नेकपा परित्याग गरेको जानकारी दिएका छन्। नाम नखुलाउने सर्तमा जानकारी दिदै भने युवाको भूमिका, विचार र योगदानलाई बेवास्ता गर्दै आएको तथा निर्णय प्रक्रिया सीमित घेराभित्र केन्द्रित भएको उनको आरोप छ । पार्टी परित्याग गर्नेहरूमा बिरेन्द्र बस्नेत (मालारानी ५), कमल नेपाली, बन्धु नेपाली, चुरामणि ढुङ्गाना, माधव भण्डारी-१, रमेश आचार्य (सनपा २), अम्मर जीएम, नरिश्वर जीसी,…

Read More