Author: नेपाल राज्य

अर्घाखाँची । अर्घाखाँची अस्पतालको डि–फ्रिजमा राखिएको शव कुहिएर सडेको छ । सन्धिखर्क नगरपालिका–१ रतले का ३६ वर्षीय गणेश ताम्रकार साउन २ गते शुक्रवार विहान घरमै विस्तारमा अचेत अवस्थामा परिवारले देखेका थिए । त्यसपछि अस्पतलाई ल्याइएको थियो । चिकित्सकले मृत घोषणा गरे । उनको हृदयघातका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । उनले चुत्रावेशीस्थित रेन्बो मन्टेश्वरीमा तीनवर्ष देखि पढाउ“दै आएका थिए । भारतमा बस्दै आएका वुवाआमा आउ“दासम्म शवलाई नजलाउने भनेपछि अस्पतालको डि–फ्रिजमा राखिएको थियो । उनका वुवाआमा आइपुगेपछि शव हेर्दा कुहिएर अनुहार नै चिन्न नसकिने अवस्था पुगेको मन्टेश्वरीका सञ्चालक रमेश चु“दाली बताए । गन्हाएर शव नजिक जान नसकिएको उनले बताए ।…

Read More

अर्घाखाँची । अर्घाखाँची ढाकावाङका केही युवाले २०७३ सालको देउसीभैलोबाट संकलन गरेर राखेको रकम पीडित सन्तोष नेपालीको उपचारमा सहयोग गरेका छन् । पीडित सन्तोषको उपचारमा कठिनाइ आइपरेको खबर पाएपछि युनिक टिमका युवाहरूले भूमिकास्थान नगरपालिका वडा २, भलाटारीका युवा सन्तोषको उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरेका हुन् । ‘युनिक टिम’ भैलोका युवाहरू सुरज खनाल, हिमाल खनाल, प्रकाश भट्टराई, लोकमणी भुसाल (लोकु), बाबुराम खनाल, बिक्रम भुसाल, विश्व खनाल, नेत्र भुसाल (गोबिन्द) र विष्णु पुजाली सहितका युवाहरूले देउसीभैलो खेल्दा उठेको रकमलाई फजुल खर्च नगरि रमाइलोका लागि संकलित पैसा वर्षौंसम्म सुरक्षित राखी, आज मानवताको सेवामा सहयोग गरेर उदाहरणीय कार्य गरेका छन् । “स्पाइनल इन्जुरीका…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरिप्रसाद भुसालले प्रदेशसभा खारेजी आफ्नाे पार्टीकाे बटमलाइन नीति रहेकाे स्पष्ट पारेका छन्। एक विशेष प्रसंगमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदेशसभा अनावश्यक र देशका लागि बोजिलो भएको बताउँदै संघ र स्थानीय सरकारलाई जोड्ने पुलको रूपमा प्रदेश संरचना आवश्यक भए पनि त्यसका लागि छुट्टै संसदको आवश्यकता नरहेको तर्क गरेका हुन् । सभापति भुसालले भने, “हामी प्रदेशसभा खारेजीकाे विषयमा पूर्ण रूपमा स्पष्ट छौँ, तर रास्वपाको नीति छैन भन्ने भ्रम छर्न खोजिएको छ।” “तर तीन तहको शासन प्रणालीमा प्रदेशसभा सबैभन्दा बढी खर्चिलो र अल्पउपयोगी संरचना साबित भएको छ। जनताले प्रत्यक्ष अनुभूत गरिरहेको यथार्थ नै हो यो।”…

Read More

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः सक्रिय राजनीतिमा फर्कन सक्ने चर्चा चुलिँदै गर्दा नेकपा (एमाले) ले उनको पार्टी सदस्यता तत्कालका लागि नवीकरण नगर्ने निर्णय गरेको छ। शनिबार बसेको पोलिटब्युरो बैठकपछिको जानकारी दिँदै पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारीको सदस्यता नवीकरण ‘होल्ड’ गरिएको जानकारी दिए। उनका अनुसार भण्डारीले राष्ट्रपतिमा नियुक्त हुनु अघि पार्टी सदस्यता परित्याग गरेकी थिइन्, जसले पुनः सदस्यता दिनु अघि स्पष्ट नीतिगत निर्णय आवश्यक बनाएको छ। गौतमले भने, “पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण हाल पेन्डिङमा छ। त्यो प्रक्रिया अहिले स्थगन अवस्थामा छ।” भण्डारीले सक्रिय राजनीतिमा फिर्ता हुने संकेत दिएसँगै एमालेभित्र यस विषयमा बहस तीव्र बनेको छ। पार्टीले…

Read More

शोभाखर पन्थी -अर्घाखाँची, साउन-०३ नेपाल मोबाइल व्यवसायी संघ अर्घाखाँचीको जिल्ला भेला नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । भेलाले शन्दिप मोवायल सेन्टर सन्धिखर्क-१ मेनरोडका प्रोपाइटर समाजसेवी संजय हिताङ्गको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । अध्यक्ष हिताङ्ग लामो समय देखि मोवायल पसल संचालन गर्दै आएका स्थापीत व्यक्ति हुन् । यसैगरी भेलाले वरिष्ठ उपाध्यक्षमा कमल पाण्डे,उपाध्यक्षमा सुदन आचार्य ,महासचिवमा शिव बन्जाडे,सचिव प्रकाश भट्टराई,कोषाध्यक्ष बिशाल के.सी.,सहकोषाध्यक्ष ऋषि बन्जाडे र बरिष्ठ सदस्यमा विजय कौसललाई चयन गरेको छ । सदस्यमा भरत कुवर,आकास खनाल,भविश्वर भुसाल,केशव सुनार,सचिन कार्की,ध्रुब पराजुली,रामु पौडेल,सरस्वता बन्जाडे , प्रकाश आचार्य रहनु भएको छ । यसैगरी भलाले ७ सदस्यीय सल्लाहकार…

Read More

अर्घाखाँची ,सन्धिखर्क । मदन भण्डारी फाउन्डेशन अर्घाखाँचीका अध्यक्ष  तथा युवा नेता श्रीकृष्ण भुसालले एमाले पार्टीभित्र लोकतान्त्रिक पद्धतिको अभ्यासलाई थप शुद्ध बनाउनु पर्नेमा जोड दिएका छन्। सामाजिक संजालमा लेख्दै अध्यक्ष भुसालले जबजको सार र लोकतान्त्रिक मूल्यमा आधारित नेकपा (एमाले) ले देशलाई सही मार्गमा डोर्याएको उल्लेख गर्दै पार्टीभित्र कसैले पनि दास मानसिकता विकास गर्न नहुने स्पष्ट पारेका हुन् । उनले भने, “नेकपा एमालेमा कोही मालिक र कोही दास हुन सक्दैन। सबै कार्यकर्ताले स्वतन्त्र सोच राखेर, पद्धतिसंगत तरिकाले उन्नत लोकतन्त्रको अभ्यास गर्नुपर्छ।” पार्टीको सबै तहका अधिवेशन, कमिटी र बैठकमा आफ्ना विचार निर्भीक रुपमा राख्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले राजनीतिक परिपक्वता र संगठनात्मक अनुशासन…

Read More

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले प्रशासनसँग बाँदर–बँदेल आतंकको समाधानको माग खोजेको छ । अर्घाखाँचीका खेतबारीमा अहिले किसानभन्दा बढी बाँदर र बँदेलको राज देखिन्छ। बाली लगाउने मेहनत किसानको, तर थन्क्याउने बेला वन्यजन्तु आएर सखाप पार्ने क्रम बढेपछि जनजीवन अस्तव्यस्त हुन थालेको छ। यसैबीच, नेपाली कांग्रेस अर्घाखाँची बाँदर र बँदेलको आतंक नियन्त्रण गर्न प्रशासनसँग कडा मागको लागि अपिल गरेको हो । जिल्ला सभापति केशव श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारीसँग भेट गर्दै तत्काल राहत र दीर्घकालीन समाधान खोज्न माग राखेको हो। “जनताको बाली जोगाउनु आजको अत्यावश्यकता हो,” सभापति श्रेष्ठले भने, “सरकार र सम्बन्धित निकाय चुप लागेर बस्न मिल्दैन, अब ठोस कदम…

Read More

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनको दलगत सक्रियता गम्भीर विषय भएको बताएका छन्। सामाजिक संजालमा लेख्दै उनले भने, “यो अब पार्टीको मात्रै विषय नभई लोकतान्त्रिक गणतन्त्रको मर्यादा र राष्ट्रिय हितसँग जोडिएको मुद्दा बनेको छ।” संविधानले पूर्व राष्ट्रपतिको राजनीतिक संलग्नताबारे स्पष्ट नबताए पनि अन्तर्राष्ट्रिय अभ्यासअनुसार तटस्थ बस्नुपर्ने भट्टराईको धारणा छ। उनले भारतलगायत मुलुकमा अवकाशप्राप्त राष्ट्रपतिहरूले दलीय राजनीतिमा सक्रिय नहुने परम्पराको उदाहरण पनि प्रस्तुत गरे। भट्टराईले पूर्व राष्ट्रपतिको एमाले फर्किने भनाइ ‘जबज’ को आत्माविपरीत भएको समेत टिप्पणी गरे। राष्ट्रपतिको कुर्सीबाट पार्टीको मञ्चमा फर्कनु गणतन्त्रको अपमान भएको टिप्पणी गर्न खोजे । अन्त्यमा उनले भने, “हिजो गणतन्त्र…

Read More

काठमाडाैँ । नेकपा (एमाले) संशोधित विधानबारे पोलिट्ब्युरो बैठकमा एमालेको प्रस्तावित विधान सार्वजनिक भएको छ । यस्तो छ प्रस्तावित विधानः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिवादी) दोस्रो विधान महाधिवेशन (२०८२ भदौ २०-२२)का लागि विधान संशोधन प्रस्ताव नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) को विधान, २०४९ (प्रथम विधान महाधिवेशन, २०७८ र दशौ राष्ट्रिय महाधिवेशन, २०७८ बाट भएको संशोधन सहिताको धारा १५ को १. मा “केन्द्रीय कमिटीले दुई राष्ट्रिय महाधिवेशनको बीचमा विधान महाधिवेशन आयोजना गर्ने व्यवस्था गरिएको छ । सोही विधानको धारा- ८९ को २. मा “केन्द्रीय कमिटीले विधान महाधिवेशन सुरु हुनुभन्दा एक महिना अगावै मातहत कमिटी र सदस्यहरूसमक्ष विधान संशोधनसम्बन्धी प्रस्ताव छलफलका लागि पठाउनु…

Read More

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने कार्यमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। झापा शिवसताक्षी नगरपालिका–८ स्थायी घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–७ बसोबास गर्दै आएका ४२ वर्षीय सन्तोष सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सुनुवारले बेरोजगार युवालाई आकर्षक तलबको प्रलोभन देखाउँदै कुवेत रोजगारीका लागि लैजाने नाममा प्रति व्यक्ति १ लाख ५३ हजार रुपैयाँ असुलेका थिए। तर, लामो समयसम्म विदेश नपठाई उनी सम्पर्कविहीन बनेपछि पीडितले उजुरी दिएका थिए। प्रहरीका अनुसार सुनुवारलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

Read More