अर्घाखाँची ।
अर्घाखाँचीमा‘डोरी तान’ प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्ला डोरी तान संघले आयोजना गरेको डोरी तान प्रतियोगितामा फलाम खिल्ली युथ स्पोट्स क्लब प्रथम भएको छ ।
कुल ११ टिमले भाग लिएकामा मालारानी गाउँकार्यपालिकाको टोली द्वितिय भएको छ भने भुमिकास्थान ५ र ६ का युवा टोली तृतिय भएका छन् । यस्तै मालारानी ८ को टिम सान्त्वना भएको छ ।
प्रथम हुने टिमले नगद १५ हजार रुपैंयासहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै द्वितिय हुने टिमले नगद १० हजार रुपैंया र प्रमाणपत्र, तृतिय हुने टिमले नगद ५ हजार रुपैंया र प्रमाणपत्र प्राप्त गरे । सान्त्वना हुने टिमले प्रमाणपत्र पाएका छन् ।
नेपाल डोरी तान संघका केन्द्रिय उपाध्यक्ष सुर्य बहादुर भट्टराई, केन्द्रिय सचिव मिनराज बेल्वासे लगायतको उपस्थितीमा प्रतियोगिता सम्पन्न भएको हो । अर्घाखाँचीमा विसं. २०८० सालमा बिष्णु परियारको संयोजकत्वमा जिल्ला डोरी तान संघ गठन भएको थियो ।
प्रतियोगितामा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल पत्रकार महासंघका प्रदेश कोषाध्यक्ष प्रेम आचार्य त्यसैगरी डोरीतानका केन्द्रीय उपाध्यक्ष सूर्यबहादुर भट्टराई लगायतले मन्तव्य राख्दै डोरीतान प्रतियोगिताका लागि नगरपालिकाले बजेट छुट्टाएकोमा सबैले धन्यवाद दिएका थिए।
यो जिल्लास्तरिय पहिलो प्रतियोगिता भएको आयोजकले जनाएको छ ।