Author: नेपाल राज्य
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा (माओवादी) केन्द्रसँग पार्टी नफुटाई प्रचण्डसँग विद्रोह गरेको बताएका छन् । मंगलबार पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले आँखा अगाडि माओवादी विग्रिदै गएको भन्दै विद्रोह गरेको बताएका हुन् उनले भने, ‘हामीले प्रचण्ड कामरेडसँग पार्टी फुटाएको होइन । विद्रोह गरेका हौ । माओवादी कसरी विग्रिदै थियो भन्ने कुरा प्रत्यक्ष आँखाले देखेको छु । त्यसकारण आँखा अगाडि आइसकेको परिणाम त नाकले पनि देख्छ नि ?’ उनले देशमा दलाल पूँजीवादहरु र नेपाली जनताको बीचको अन्तरविरोधहरु हल नभएको भन्दै राज्य अस्थिरतामा गएको बताए ।
अर्घाखाँचीमा एमालेप्रति बढ्दो आकर्षण, काँग्रेस र माओवादी त्यागेर एमालेमा सामूहिक प्रवेश
अर्घाखाँची, साउन ६ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर १ चिदिकामा आयोजित एक विशेष कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्। राजनीतिक दृष्टिले महत्वपूर्ण मानिने चिदिकामा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस पालिका सदस्य जमिर मिया र माओवादीका फजिर मिया लगायत २५ जना व्यक्तिहरु लाई पार्टी जिल्ला अध्यक्ष पीताम्बर भुसालले नवप्रवेशीहरूलाई नेकपा एमाले पार्टीमा टीका र खादा लगाई स्वागत गरेका हुन्। कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष भुसालले पार्टीमा प्रवेश गर्ने सम्पूर्ण नेता–कार्यकर्ताहरूलाई एमालेको सिद्धान्त, संगठन र राष्ट्रहितका मुद्दामा समर्पित भएर क्रियाशील बन्न आग्रह गरे। उनले भने, “देश र जनताको पक्षमा दृढताका साथ…
झापा — झापाको हल्दीबारी गाउँपालिका–४, ओली चौकमा मंगलबार बिहान ग्यास लिक भएर भएको आगलागीमा एकै परिवारका चार सदस्य घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान ८:४० बजेतिर पुण्यप्रसाद ओलीको तीनतले पक्की घरको दोस्रो तलामा रहेको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यास लिक भएर अचानक आगो लागेको हो। घटनामा आगो निभाउने प्रयासका क्रममा घरमूली ६० वर्षीय पुण्यप्रसाद ओली, उनका ३३ वर्षीय छोरा सन्तोष ओली, ३२ वर्षीया बुहारी अनिता ओली र २० वर्षीय कान्छा छोरा आर्यन ओली पोली घाइते भएका हुन्। घाइतेहरूलाई प्रारम्भमा ओमसाई पाथीभारा अस्पताल, भद्रपुरमा उपचारका लागि लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगर रिफर गरिएको जिल्ला प्रहरी…
बुटवलमा ‘नागरिक मल्टीस्पेसिलिटी हेल्थ सेन्टर’ सञ्चालनमा, एकै ठाउँबाट दर्जनौं विशेषज्ञ सेवा
बुटवल, साउन ५ – बुटवल–६ स्थित मैत्री पथमा ‘नागरिक मल्टीस्पेसिलिटी हेल्थ सेन्टर’ सञ्चालनमा आएको छ। हेल्थ सेन्टरको उद्देश्य रुपन्देहीसहित पश्चिम नेपालका विभिन्न जिल्लाका बिरामीलाई एकै ठाउँबाट सहज र गुणस्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउनु रहेको छ। एक कार्यक्रमकाबीच हेल्थ सेन्टरको औपचारिक शुभारम्भ गरिएको हो। अध्यक्ष मेघदेव पन्तका अनुसार बिरामीहरूको उत्कृष्ट उपचारका लागि नम्र व्यवहार, भरपर्दो ल्याब सेवा तथा सहुलियत मूल्यमा औषधिको व्यवस्था गरिएको छ। एक करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थापना गरिएको उक्त स्वास्थ्य संस्थामा विभिन्न रोग विशेषज्ञहरूले नियमित सेवा प्रदान गर्नेछन्। वरिष्ठ फिजिसियन तथा रक्तरोग विशेषज्ञ डा. बिक्रम कार्की, बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेल, मृगौला रोग विशेषज्ञ डा. जगदिश पाण्डे, स्त्री…
काठमाडौं । नेपाली कांग्रेस नेतृ तथा पूर्व लुम्बिनी प्रदेशसभा सदस्य निर्मला क्षेत्री पार्टीको तर्फबाट सम्मानित भएकी छन्। बीपी स्मृति दिवसको अवसरमा सोमबार काठमाडौंको सानेपास्थित बी.पी. स्मृति भवनमा आयोजित एक विशेष समारोहमा उनलाई नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्मानपत्र प्रदान गरेका हुन्। पार्टीको पुस्तकालय तथा अध्ययन स्रोत केन्द्र विभागद्वारा स्थापना गरिएको आधुनिक पुस्तकालयलाई पुस्तक सहयोग गरेको योगदानको कदरस्वरूप क्षेत्रीलाई सम्मान गरिएको हो। नेतृ क्षेत्रीले सामाजिक सञ्जालमार्फत सम्मानप्रति प्रतिक्रिया दिँदै लेखेकी छन्, “यो सम्मानलाई मैले सेवा, समर्पण र संगठनप्रतिको निरन्तर योगदानको प्रमाणका रूपमा लिएको छु। यसले आगामी दिनमा अझ उत्साहका साथ पार्टी, समाज र पुस्ताबीच ज्ञान र चेतनाको सेतु बाँध्ने…
काठमाडौं । पशुपति शवदाह गृह मेशिनमा भ्रष्टाचार गरेको आरोप लागेका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापा एक लाख धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । कोषका सदस्य सचिवसहित १६ जनाविरुद्ध पशुपतिको शवदाह गृहको मेशिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएकोमा थापा सोमबार विशेष अदालतमा हाजिर भएपछि बयान र थुनछेक बहसपछि एक लाख धरौटी छोड्न अदालतबाट आदेश भएको हो । तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासमा सोमबार भएको बयान तथा थुनछेक बहसपछि एक लाख धरौटीमा छोड्न आदेश दिइएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । अख्तियारले थापासहित १६ जनासँग १० करोड ३३ लाख ९१…
काठमाडौं । नेपाली सिनेमाको चर्चित अभिनेत्री रेखा थापाले २५ वर्षपछि म्युजिक भिडियोमा अभिनय गर्दै दर्शकमाझ धमाकेदार पुनरागमन गर्न लागेकी छन्। उनले गायक तथा अभिनेता प्रकाश सपुतको तीज गीत ‘नाइँ भनेसी नाइँ’ मार्फत आफ्नो म्युजिक भिडियो यात्रा दोहोर्याउने भएकी हुन्। आज सोमबार सार्वजनिक गरिएको पोस्टरमा रेखा थापा दुर्गामाताको अवतारमा हातमा त्रिशुल बोकेर क्रोधित मुद्रामा देखिएकी छन्। पोस्टरमै दमदार लुकमा देखिन जसले भिडियोको दमदार कथावस्तु झल्काउँछ। नयाँ गीत ‘नाइँ भनेसी नाइँ’ मा शब्द तथा संगीत प्रकाश सपुतकै रहेको छ भने स्वर समीक्षा अधिकारी र एलिना चौहानले दिएका छन्। गलबन्दी प्रोडक्सनका अनुसार, गीत आगामी साउन १६ गते सार्वजनिक गरिनेछ। रेखाले म्युजिक भिडियोमा फर्कनुको…
जनकपुर, धनुषा । शनिबार राति जनकपुरको लादोबेलास्थित एसपी एन्ड गेस्ट हाउस एकाएक अपराधको केन्द्र बन्यो। कोठा भित्र छुरा प्रहार, त्यसपछि प्रेमीलाई एक तलाबाट खसालियोएको घटना बाहिरिएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्साका २८ वर्षीय शनि भनिने विमलेश यादवको हत्याको आरोपमा प्रहरीले महोत्तरी बलवा नगरपालिका-७ बनौटाकी २४ वर्षीया जुली झालाई पक्राउ गरेको हो। प्रेम सम्बन्धको अन्त्य हत्या भएर टुंगियो पूर्वप्रेम सम्बन्धमा रहेका उनीहरूबीच पछिल्लो समय विवाद बढिरहेको थियो। कतारबाट फर्किएका विमलेश र जुलीबीचको सम्बन्धमा पैसा र भरोसाको गाँठो अझै खुलिसकेको छैन। धनुषा प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर जुलीलाई सार्वजनिक गर्दै प्रारम्भिक अनुसन्धानमा उनले हत्या गरेर विमलेशलाई खसालेको खुलासा गरेको हो।
काठमाडौं । नेपाली कांग्रेसका ६ वरिष्ठ नेताहरू छलफलमा जुटेका छन्। छलफल काठमाडौंको चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा दिउँसो २ बजेका लागि बोलाइए पनि बैठक सवा ३ बजे सुरु भएको हो। सहभागी नेताहरूमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजय गच्छदार, शशांक कोइराला र प्रकाशशरण महत छन्। यी नेताहरूले १५औं महाधिवेशनलाई केन्द्रमा राखेर छलफलमा पार्टीभित्रको असन्तुलन, आगामी गठबन्धन रणनीति र संघीय राजनीतिका चुलिंदो समीकरणहरूबारे समीक्षा भएको स्रोतले जनाएको छ।
हरि कुँवर-सन्धिखर्क, अर्घाखाँची । विदेशमा कमाएको पसिनालाई अब आफ्नै माटोमा प्रयोग गर्ने सोचका साथ अघि बढेका समाजसेवी युवा राजु खड्काले अर्घाखाँचीको सन्धिखर्कमै THE BEST TRAVEL & TOUR PVT. LTD. सञ्चालनमा ल्याएका छन्। २१ वर्ष दुबईमा संघर्ष गरेर आत्मनिर्भर बन्ने यात्रामा जुटेका युवा खड्का भन्छन्“देशमै सम्भावना छन्, बस हिम्मत चाहिन्छ” “विदेशमा कमाएको अनुभव र सीप अब गाउँमै प्रयोग गर्छु। म चाहन्छु म जस्तै फर्किएर आएका युवाले ‘सकिन्छ’ भन्ने आँट गरून्।” समाजसेवीको छवि बनाएका खड्काले दुबईको तातो घाम, पसीना, संघर्ष र अनुभव संग जुदेका उनको यो यात्रा अब आत्मनिर्भर सपना साकार पार्नेतिर मोडिएको हो। देशमै केही गर्न सकिँदैन भन्ने हरेक निराशालाई पछाडि…
