Author: नेपाल राज्य

काठमाडौँ। निर्वाचन आयोगले मतदाताको गोपनीयता सुरक्षित गर्दै राजनीतिक दल र उम्मेदवारलाई मतदाता नामवली उपलब्ध गराउने व्यवस्था गरेको छ। आयोगले जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरजस्ता संवेदनशील विवरण भने कुनै हालतमा उपलब्ध नगराइने स्पष्ट पारेको छ।प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार आयोगमा दर्ता भएका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि देशभरको मतदाता नामवली लिन चाहेमा १० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। यस्तो विवरण दलको औपचारिक पत्रका आधारमा विद्युतीय माध्यम (हार्डड्राइभ वा पेनड्राइभ) मार्फत उपलब्ध गराइने आयोगले जनाएको छ। एउटा प्रदेशको मात्र मतदाता विवरण आवश्यक परेमा पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ। तर उपलब्ध गराइने विवरणमा मतदाताको व्यक्तिगत पहिचान खुल्ने संवेदनशील सूचना समावेश गरिने छैन। निर्देशिकाले…

Read More

काठमाडौं – काठमाडौँको शंकरापुर नगरपालिका–३ स्थित जङ्गलमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा ३ महिला र १ पुरुषको मृत्यु भएको छ । घाइतेमा ११ जना पुरुष र १६ जना महिला रहेका छन्। उनीहरूको उपचार स्तुपा अस्पताल, नेपाल मेडिकल कलेज, शंखरापुर अस्पताल, अर्थोपेटिक अस्पताल, टिचिङ अस्पताल, मुलपानी नगर अस्पताल, सुस्मा कोइराला अस्पताल, पिपुल्स लाइफ केयर अस्पताल गरी आठ वटा अस्पतालमा भइरहेको छ। नेचर हब संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्किँदै…

Read More

काठमाडौं । नेकपा एमालेका पूर्व सचिव तथा अर्घाखाँचीका प्रभावशाली नेता टोपबहादुर रायमाझीले कारागारभित्रबाट आगामी निर्वाचन, जनतासँगको प्रतिबद्धता र निर्वाचन परिणाम स्वीकार गर्ने विषयमा तीन महत्वपूर्ण सन्देश सार्वजनिक गरेका छन्। प्रतिनिधिमार्फत बाहिर आएको यी सन्देशले अर्घाखाँचीको राजनीतिक वृत्तमा नयाँ बहस र चासो पैदा गरेको छ। रायमाझीले पहिलो सन्देशमार्फत आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट उम्मेदवारी दिने स्पष्ट संकेत गरेका छन्। उनले आफू राजनीतिक संघर्षबाट पछि नहटेको र जनताको मतबाट फेरि जनप्रतिनिधिका रूपमा जिम्मेवारी लिन इच्छुक रहेको रायमाझीको सचिवालयले बताएको हो । केही दिन अगाडि एमाले अध्यक्ष केपी ओलीको पक्षमा खुलेका रायमाझीको सन्देशसँगै अर्घाखाँचीभित्र आगामी चुनावी रणनीति र उम्मेदवारको विषयमा पुनः चर्चा सुरु…

Read More

बुटवल । एमालेका विद्यार्थी युवानेता तथा अनेरास्ववियु केन्द्रीय सदस्य निरज आचार्यले सामाजिक सञ्जालमार्फत वर्तमान राजनीति र आन्दोलनको चरित्रमाथि कडा टिप्पणी गरेका छन्। उनले लेखेका छन् “रगतले लतपतिएको गोल्डस्टार जुत्ता हिजो आन्दोलनको प्रतीक थियो, आज जुत्ताको मालिक समानुपातिक सांसद बनेका छन् भने जुत्ता लगाएर लड्ने युवा बैसाखीको सहारामा छन्।” आचार्यले यसलाई नयाँ जेनेरेसनको आन्दोलन र राजनीतिले दिएको ‘न्याय’ का रूपमा व्याख्या गरेका छन्। आचार्यका अनुसार अबको चुनाव अनुहार छान्ने होइन, मानक बदल्ने लडाइँ हो। उनले नारा भन्दा नीति, भावनाभन्दा दृष्टिकोण र अस्थिरताभन्दा निर्माण रोज्नुपर्ने समय आएको बताएका छन्। “यो चुनाव देश जलाउने कि बनाउने भन्ने निर्णय हो, पेट्रोल बम कि पेट्रोलियम…

Read More

वीरेन्द्र केसी,अर्घाखाँची —एमाले जिल्ला कमिटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझीसहित ५ जनालाई आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । मंगलबार सन्धिखर्कमा बसेको बैठकले रायमाझीसहित एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल, विजुला रायमाझी, बोमबहादुर विश्वकर्मा र भोजबहादुर शाहलाई उम्मेदवार सिफारिस गरिएको पार्टीका जिल्ला सचिव तोजबहादुर रायमाझीले जानकारी दिए। टोपबहादुर दुई वर्षदेखि काठमाडौंको डिल्लीबजार कारागार थुनामा रहेका छन्। सोही प्रकरणमा मुछिएका कांग्रेस नेता बालकृष्ण खाँड थुनामुक्त भए पनि रायमाझी कारागारमै छन्। ‘टोपबहादुर उम्मेदवार बन्न कानुनी सहजता भएमा उहाँ नै हो,’ एमाले जिल्ला सचिव तोजबहादुरले भने, ‘कानुनी असहजता भए वा उहाँले चुनाव लड्न नमानेमा…

Read More

प्यूठान। प्यूठानको झिमरुक गाउँपालिका–७ शोकमा डुबेको छ। ७१ वर्षका शिवलाल जैसीको मुटु रोगका कारण उपचारकै क्रममा निधन भएपछि उनको परिवार एकाएक सहाराविहीन बनेको छ। मुटुसम्बन्धी समस्याले थलिएका जैसी केही दिनअघि लडेर घाइतेसमेत भएका थिए।घरमा उनका १३ वर्षका छोरा सजन सुवेदी र १० वर्षकी छोरी छन्। आमाको नाम रिमा जैसी। तर आमा हुँदा पनि छोराछोरी ढुक्क हुन सक्ने अवस्थामा छैनन्। रिमा जैसी अपांग छिन्। राम्रोसँग सुन्न सक्दिनन्, बोल्न सक्दिनन् र मानसिक अवस्था पनि सुस्त छ। आमाको स्याहार–सुसार गर्ने जिम्मेवारी उल्टै यी नाबालक दाजुबहिनीमाथि छ। अहिले परिवार बुवाको निधनको शोकमा छ। काजकृयाको तयारी चलिरहेको छ तर १३ औं दिनको खर्च कसरी जुटाउने…

Read More

काठमाडौं । धावन मार्गमा चिप्लिएर बुद्ध एयरको जहाज शुक्रबार राति झापाको भद्रपुर विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। ५१ जना यात्रु बोकेर काठमाडौंबाट भद्रपुर आएको बुद्ध एयरको ९ एन ए एमएस जहाज राति ९ः१० बजे धावन मार्गबाट दुई सय मिटर बाहिर गएर दुर्घटनामा परेको थियो। विमानमा चार चालक दलका सदस्य र ५१ यात्रु गरी ५५ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार विमानमा केही यात्रु सामान्य घाइते छन् ।

Read More

बिरेन्द्र के.सी, अर्घाखाँची —फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पाटीले प्रत्यक्ष तर्फ आठ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । केन्द्रीय सदस्यहरु चन्द्रबहादुर खडका, रामबहादुर चौहान र मोहन गौतम रहेका छन् । त्यस्तै शोभाखर बञ्जाडे, निर्मला पोखरेल पौडेल र ४० वर्षभित्र उमेर समूहबाट विष्णु गैरे, गिरिजा खड्का र ठाकुर सौरगलाई उम्मेदवार सिफारिस गरिएको छ। पार्टीले समानुपातिक तर्फ आयोगलाई बुझाएको बन्दसूचीमा दलित कलष्टरबाट ठाकुरकुमार विकको नाम समावेश गरेको छ । माओवादी र एकीकृत समाजवादीलगायत दल बीच एकीकरणपछि बनेको नेकपाले प्रत्यक्षमा सिफारिस भएका चौहान, गौतम र पौडेल पूर्व एकीकृत समाजवादीका हुन् । चन्द्रबहादुर राष्ट्रियसभाका पूर्वसदस्य हुन् । अर्घाखाँचीमा…

Read More

अर्घाखाँची । अर्घाखाँचीमा सातौँ अर्घाखाँची महोत्सव आयोजना हुने भएको छ। अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा यही पौष २७ गतेदेखि माघ ११ गतेसम्म जिल्ला सदरमुकाम सन्धिखर्कमा कृषि, पर्यटन, संस्कृति, औद्योगिक तथा व्यापार मेला सातौँ अर्घाखाँची महोत्सव २०८२ सञ्चालन हुन लागेको हो। महोत्सवमार्फत जिल्लाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचार–प्रसार गर्नुका साथै स्थानीय कृषि उपज, हस्तकला, घरेलु तथा साना उद्योगका उत्पादनलाई बजारसँग जोड्ने मुख्य उद्देश्य राखिएको आयोजकले जनाएको छ। महोत्सवलाई जिल्लाको साझा उत्सवका रूपमा सफल बनाइने तयारी गरिएको छ। सुपा देउराली, पाणिनी तपोभूमि, अर्घा भगवती, मालारानी मन्दिर, छत्रमहाराज मन्दिर, भुमे मन्दिरजस्ता प्रमुख पर्यटकीय गन्तव्यको प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित…

Read More

रुद्रमणि भुसाल, पुष १८- अर्घाखाँची । जिल्ला शिक्षा समन्वय इकाई अर्घाखाँचीको आयोजनामा सिक्नेसिकाउने र अनुभवको आदानप्रदान गर्दै विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि गर्ने उद्देश्यले सितगंगा नगरपालिकाअर्घाखाँचीमा रहेका जनजागृति मा.वि. सिद्घारा, सुबोधिनी मा.वि., जनता आधारभूत र दरबारे आधारभूत विद्यालयको स्थलगत अनुगमन गरिएको छ । जिल्ला शिक्षा समन्वय प्रमुख , सञ्चारकर्मी ,अङ्ग्रेजी, गणित विषयको विषयविज्ञ शिक्षक सहित विद्यालयको शैक्षिक गुणस्तर, शिक्षक दरबन्दी, व्यवस्थापनको अवस्था तथा पठन–पाठनको प्रभावकारिता मूल्याङ्कन गर्ने उद्देश्यले अनुगमन गरिएको हो। अनुगमनका क्रममा विद्यालयको भौतिक पूर्वाधार, शिक्षक उपस्थिती, विद्यार्थी संख्या, पठन–पाठन प्रक्रिया, अभिलेख व्यवस्थापन लगायतका पक्षहरूको अवलोकन गरिएको जिल्ला शिक्षा समन्वय इकाइँ अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद बेलबासेले जानकारी दिनुभयो। वडा अध्यक्ष, विद्यालय…

Read More