काठमाडौं – काठमाडौँको शंकरापुर नगरपालिका–३ स्थित जङ्गलमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा ३ महिला र १ पुरुषको मृत्यु भएको छ ।
घाइतेमा ११ जना पुरुष र १६ जना महिला रहेका छन्। उनीहरूको उपचार स्तुपा अस्पताल, नेपाल मेडिकल कलेज, शंखरापुर अस्पताल, अर्थोपेटिक अस्पताल, टिचिङ अस्पताल, मुलपानी नगर अस्पताल, सुस्मा कोइराला अस्पताल, पिपुल्स लाइफ केयर अस्पताल गरी आठ वटा अस्पतालमा भइरहेको छ।
नेचर हब संस्थाका कर्मचारीहरू पिकनिकबाट फर्किँदै गर्दा बस दुर्घटनामा परेको बताइएको छ । घाइतेमध्ये १ महिलाको अवस्था गम्भीर छ । उनी हाल शंखरापुर अस्पतालमा उपचाररत छन्।

