Author: नेपाल राज्य

नेपालराज्य संवाददाता अर्घाखाँची– मंसिर ४ गते हुने संसदीय चुनावको लागि एमालेले प्रदेशसभा (क) बाट चेतनारायण आचार्यलाई एकल उम्मेदवार सिफारिस गरेको छ । एमालेका केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज आचार्यले २०७४ को चुनावमा कांग्रेसका विष्णुप्रसाद खनाल (मुस्कान) लाई १० हजार ६ सय १४ मतान्तरले पराजित गरेका थिए । आचार्यले २४ हजार ७ सय ५१ मत ल्याएर निर्वाचित भएका थिए । खनालले १४ हजार १ सय ३७ मत ल्याएका थिए । वाम गठबन्धनमा एमालेबाट उम्मेदवार आचार्यलाई माओवादी र राष्ट्रिय जनमोर्चाले सहयोग गरेका थिए । आचार्य लुम्बिनी प्रदेशको आन्तरिक तथा कानुन मन्त्री भए । एमालेभित्र बलियो खम्बाको रुपमा रहेका आचार्यले एमालेलाई पुनः प्रदेशसभा…

Read More

नेपालराज्य संवाददाता अर्घाखाँची– मंसिर ४ गते हुने संसदीय चुनावलाई केन्द्रित गरेर कांग्रेसले जिल्लाका ६१ वडामा एकैदिन चुनावी अभियान कार्यक्रम गर्ने भएको छ । असोज ८ गते एकै दिन दिनको ठीक १ बजे ६१ वटै वडामा एकैपटक चुनावी कार्यक्रम तय भएको कांग्रेस पाटी प्रचार विभाग प्रमुख सुर्यप्रसाद भुसालले बताए । चुनावमा कांग्रेस सहित गठबन्धनका उम्मेदवारलाई जिताउन चुनावी रणनीति अनुसार पहिलो चरणमा एकैदिन कार्यक्रम गर्न लागिएको हो । त्यसको लागि पूर्वपदाधिकारी, पूर्वजिल्ला सदस्य, पूर्वमहाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति र सदस्य लगायतलाई जिल्ला पाटीले खटाएको छ । एकैपटक कांग्रेसलाई जमघट गराएर पाटीको गतिविधि, चुनाव जित्ने रणनीतिका साथ कार्यक्रम राखिएको र जिल्ला पाटीले त्यसको अनुगमन…

Read More

नेेेपाल राज्य संवाददाता अर्घाखाँची– संघीय संसदकी उपसुभामुख पुष्पा भुसाल गौतमले मंसिर ४ गते हुने संसदीय चुनावमा अर्घाखाँचीबाट चुनाव लडेर जिल्लाको विकास र जनताको सेवा गर्ने बताएकी छिन् । उनले अर्घाखाँची प्रतिनिधिसभा सदस्यमा आफु चुनाव लड्ने बताइन । उपसभामुख भएपछि जिल्लाका छ वटै पालिकामा घुमेर काठमाडौ फर्केकी भुसालले गाउँ घुम्दा स्थानीयले चुनावमा जितको शुभकामना दिएपछि उनी उत्साहित छिन् । ‘यसपाली म प्रत्यक्ष चुनाव लडेर जित्छु,’ उनले भनिन, ‘चुनाव जितेर सांसद बनेपछि अर्घाखाँचीमा अर्थपूर्ण विकास गर्छु । जनताको सेवा खटिन्छु ।’ २०६४ मा तत्कालिन निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव जितेर सांसद बनेकी भुसाल दुई पटक समानुपातिक सांसद बनिन् । संविधान निर्माणमा…

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची– संघीय संसदकी उपसभामुख पुष्पा भुसाल गौतम र एमाले सचिव टोपबहादुर रायमाझी उम्मेदवार टुंगो नलाग्दै गाउँ घुमेर फर्केका छन् । रायमाझी सांसद पद गुमेपछि धेरैजसो जिल्लामै छन् । उनी गाउँमा विवाह, पुजापाठ, मृत्यु भएका परिवारसँग र कार्यकर्ता भेटघाटमा व्यस्त छन् । उपसभामुख भएपछि पहिलो पटक जिल्ला आएकी भुसाल साता भेटघाट गरेर काठमाडौ फर्किन । भुसाल र रायमाझीले जिल्लाबाट काठमाडौ गई विभिन्न पेशा, व्यवसाय, अध्ययन, अध्यापन गर्नेसित पनि भेटघाटलाई अगाडी बढाएका छन् । ्आउँदो मंसिर ४ गते हुने चुनावका लागि रायमाझी एमालेबाट एकल सिफारिस भएका छन् । कांग्रेसबाट भुसाल सहित ५ जना उम्मेदवारको लागि सिफारिस भएका छन् ।…

Read More

अर्घाखाँची– नेकपा (माओवादी केन्द्र) ले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको चुनावका लागि पाटीका केन्द्रीय सचिवद्धय चक्रपाणी खनाल (बलदेव) र डिलाराम आचार्यलाई उम्मेदवार सिफारिस गरेको छ । जाकिर हुसेनको नाम पनि सिफारिस भएको छ । खनाल  कपिलवस्तु निर्वाचन क्षेत्र १ बाट पनि संघीय सांसदको लागि उम्मेदवार सिफारिस भएका छन् । प्रतिनिधिसभा समानुपातिकमा जिल्ला इन्चार्ज सुशीला श्रीपाली सिफारिस भएकी छिन् । प्रदेश तर्फ १ क-प्रत्यक्ष :ठाकुर कुमार बिक, पदम क्षेत्री ,शोभाखर बन्जाडे, प्रदेश तर्फ २ ख – प्रत्यक्ष तर्फ-बिबेक गैरे, टिकाबहादुर रेश्मी, भक्त बहादुर पुन, समानुपातिक तर्फ प्रदेश: नामावली गोप्य राखिएको कार्यालय सदस्यले जानकारी गराएका छन ।

Read More

हरि कुँवर अर्घाखाँची– नेकपा (एमाले) अर्घाखा“चीको सोमबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि पाटीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई छनोट गरेको छ । रायमाझी यसअघि तीन पटक चुनाव जितेर पूर्वउपप्रधानमन्त्रीसम्म भएका नेता हुन । प्रदेशसभा (क) मा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज चेतनारायण आचार्य सर्वसम्बत सिफारिस भए । २०७४ को चुनावमा जितेर लुम्बिनी प्रदेशको आन्तरिक तथा कानुन मन्त्री भए । प्रदेशसभा (ख) बाट लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य रामजीप्रसाद घिमिरे सर्वसम्बत उम्मेदवार छनोट भएका छन् । तीनै जना २०७४ को चुनावमा भारी मतले विजयी भएका नेता हुन । जिल्लामा उनीहरु लोकप्रिय नेता मानिन्छन् ।

Read More

रुपन्देही । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम्् प्युठान जिल्ला इन्चार्ज सूर्य थापा प्युठानबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य एकल उम्मेदवार सिफारिस भएका छन् भने प्रदेशका दुवै क्षेत्रमा एकल उम्मेदार सिफारिस भएका छन् । थापालाई पार्टीले पहिलोपटक प्रत्यक्ष निर्वाचनमा उठाएको हो । सोमबार बसेको जिल्ला समितिको चौथो पूर्ण बैठकले नेता थापाको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरेको जिल्ला सचिव माधव पौडेलले जानकारी दिए। पत्रकारिता पृष्ठभूमिबाट एमालेको पार्टी राजनीतिमा आएका थापा केपि शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको जिम्मेवारीमा थिए। सचिव पौडेलका अनुसार प्युठानको प्रदेश प्रत्यक्षतर्फ क बाट पार्टीको लुम्बिनी प्रदेश सचिवालय सदस्य तुलसीराम शर्मा र ख बाट केन्द्रीय सदस्य एवं प्युठान जिल्ला सहइन्चार्ज…

Read More

अर्घाखाँचीबाट तीनपल्ट लगातार चुनाव जितेर ‘ह्याट्रिक’ गरेका टोपबहादुर रायमाझी चौथो पल्ट चुनाव जित्ने योजनामा छन् । यही योजना पूरा गर्न उनी निरन्तर जिल्लामा भेटघाट, बैठक, भेला र अन्तरक्रियामा छन् । कार्यकर्ता र आम मतदातासँग सहज रायमाझीका लागि आउने चुनाव गठबन्धन बलियो तगारो बनेको छ । २०६४,२०७० र २०७४ सालको निर्वाचनमा माओवादीबाट सांसद चुनिएका रायमाझी अहिले एमालेका सचिव हुन् । नेकपा विभाजनका बेला एमाले रोजेका रायमाझीका लागि आउने चुनावमा जित निकाल्न अवसर चुनौती दुवै छन् । एमालेविरुद्ध अरु दलको गठबन्धन उनका लागि चुनौती हो । मतदाता र कार्यकर्तासँग उनको सहज सम्पर्क र सम्बन्ध एंव गठबन्धनभित्रको किचलो उनका लागि चुनौती हो ।…

Read More

काठमाडौं कांग्रेस महामन्त्री गगनकुमार थापाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौ क्षेत्र नम्बर ४ र कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन् । थापा यसअघि काठमाडौंको सोही क्षेत्रबाट निर्वाचित भएका थिए । थापाले बुधबार काठमाडौंबाट उम्मेदवारीका लागि आवेदन दर्ता गराए । बुधबार नै कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न गगन थापाका नाममा आवेदन परेको छ। कास्की कांग्रेसका सचिव भानुभक्त ढकालले महामन्त्री थापालाई कास्की १ मा उम्मेदवार सिफारिस गर्न आवेदन दिएका हुन् ।

Read More

काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसग पर्वको खुशीसाट्न लगातार ६३दिन सम्मचल्ने “बिदेशबाटसिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ”उपहार योजना घोषणा गरेको छ । सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्परर अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ । कम्पनीका अनुसार यस “बिदेशबाटसिटी आयो ,दशैं तिहारलाई गोल्डेन बनायोे”अफर भदौ १५गते देखि कार्तिक १५ गते…

Read More