नेपालराज्य संवाददाता
अर्घाखाँची– मंसिर ४ गते हुने संसदीय चुनावलाई केन्द्रित गरेर कांग्रेसले जिल्लाका ६१ वडामा एकैदिन चुनावी अभियान कार्यक्रम गर्ने भएको छ । असोज ८ गते एकै दिन दिनको ठीक १ बजे ६१ वटै वडामा एकैपटक चुनावी कार्यक्रम तय भएको कांग्रेस पाटी प्रचार विभाग प्रमुख सुर्यप्रसाद भुसालले बताए ।
चुनावमा कांग्रेस सहित गठबन्धनका उम्मेदवारलाई जिताउन चुनावी रणनीति अनुसार पहिलो चरणमा एकैदिन कार्यक्रम गर्न लागिएको हो । त्यसको लागि पूर्वपदाधिकारी, पूर्वजिल्ला सदस्य, पूर्वमहाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति र सदस्य लगायतलाई जिल्ला पाटीले खटाएको छ ।
एकैपटक कांग्रेसलाई जमघट गराएर पाटीको गतिविधि, चुनाव जित्ने रणनीतिका साथ कार्यक्रम राखिएको र जिल्ला पाटीले त्यसको अनुगमन गर्ने जिल्ला सभापति केशव श्रेष्ठले बताए ।