Author: नेपाल राज्य

अर्घाखाँची – सन्धिखर्कस्थित ओम पोलिक्लिनिकमा दैनिक रूपमा एम.डी. जनरल प्राक्टिस चिकित्सक डा. खगेन्द्र आचार्यद्वारा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ। यससँगै जिल्लाबासीलाई विभिन्न रोगहरूको उपचार र परामर्शका लागि बाहिर धाउनुपर्ने बाध्यता घट्ने भएको छ। पोलिक्लिनिकका अनुसार डा. आचार्यले मधुमेह (सुगर) परीक्षण तथा परामर्श, रक्तचाप (प्रेसर) नियन्त्रण सम्बन्धी सेवा, मुटु रोगसम्बन्धी जाँच, दम तथा स्वासप्रश्वाससम्बन्धी समस्या उपचार, भिडियो एक्स–रे, गर्भवती महिलाको स्वास्थ्य परीक्षण, हाडजोर्नी तथा नसारोग जाँच, सामान्य चिरफार तथा प्लास्टर सेवा लगायतका सुविधा प्रदान गर्नेछन्। साथै अन्य नियमित स्वास्थ्य परीक्षण तथा उपचार सेवा पनि निरन्तर उपलब्ध हुने पोलिक्लिनिकले जनाएको छ। मालारानी-५ बाँगीका डा. खगेन्द्र आचार्य विगतका वर्षहरूदेखि जिल्लाका विभिन्न…

Read More

अर्घाखाँची – गोखुङ्गा–सन्धिखर्क सम्पर्क समाज अर्घाखाँचीले साउन ३० गते “तीज मिलन कार्यक्रम” गर्ने भएको छ। समाजका अनुसार कार्यक्रम सन्धिखर्क नगरपालिका–२ भक्तिटोलस्थित मनकामना टेन्ट हाउसमा दिउँसो १ बजेपछि सुरु हुनेछ। समाजले मालारानी गाउँपालिका–९ गोखुङ्गाबाट हाल सन्धिखर्क नगरपालिकामा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने घरपरिवार, विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्ति तथा गोखुङ्गाबाट विवाह भई सन्धिखर्कमा बसोबास गरिरहेका सम्पूर्ण चेलिबेटी (दिदीबहिनी) लाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। समाजले सूचना जारी गर्दै तीज मिलन कार्यक्रम पारिवारिक सद्भाव र आपसी आत्मीयता बढाउने अवसर हुने जनाएको हो ।

Read More

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा प्रदेशवासी र सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिएका छन्। शनिबार जारी सन्देशमा उनले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिएको देश भन्दै यस्ता पर्वहरूले आपसी समझदारी, सहिष्णुता र सामाजिक एकताको बलियो सन्देश दिने बताए। मुख्यमन्त्रीका अनुसार जनै पूर्णिमा केवल धार्मिक संस्कार मात्र नभई पारिवारिक सम्बन्धलाई मजबुत बनाउने, परस्पर स्नेह, सम्मान र संरक्षणको भाव फैलाउने अवसर हो। उनले यस्तो पर्वले पारिवारिक एकता र सामाजिक सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। संविधानले प्रत्याभूत गरेको सांस्कृतिक विविधताको सम्मान गर्दै यस्ता मौलिक चाडपर्वको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सबैको साझा भूमिका आवश्यक…

Read More

काठमाडौँ — रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार वैदिक परम्पराअनुसार रक्षाबन्धन र जनै ग्रहण गरेका छन्। राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेललाई पण्डित अर्जुन न्यौपानेले निर्धारित साइतमा रक्षाबन्धन बाँधी जनै परिवर्तन गरिदिएका हुन्। राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न समारोहमा राष्ट्रपतिका आफन्तजनले पनि रक्षाबन्धन ग्रहण गरेका थिए। राष्ट्रपतिको सचिवालयका अनुसार यो कार्यक्रम पूर्ण वैदिक विधिपूर्वक सम्पन्न भएको हो।

Read More

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनैपूर्णिमा, रक्षाबन्धन तथा क्वाँटी खाने पर्वले पारिवारिक स्नेह, प्रेम र आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी छन्। शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले जनैपूर्णिमा आत्मिक शुद्धि, संयम, दान र आत्मबलको प्रतीक भएको उल्लेख गरिन्। रक्षाबन्धनले पारिवारिक आत्मीयता बढाउने र क्वाँटी खाने परम्पराले मौलिक ज्ञान, खानपान संस्कृतिको संरक्षणसहित जैविक विविधता र स्वास्थ्यप्रतिको सचेतना बढाउने उनको भनाइ छ। भण्डारीले यस्ता पर्वहरूले सामाजिक एकता, आपसी सद्भाव र राष्ट्रिय पहिचान सुदृढ पार्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीमा शान्ति, सुस्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गरेकी छन्। उनले सामाजिक सञ्जालमा लेखिकिछन : “हाम्रो सभ्यता, संस्कृति र आस्थाको प्रतीकका रूपमा मनाइने जनै…

Read More

अर्घाखाँची । अस्पताल सन्धिखर्कमा अबदेखि महिलामैत्री स्वास्थ्य सेवामा महत्वपूर्ण थप भएको छ । अस्पतालमा शुक्रबारदेखि प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा नियमित रूपमा सुरु हुने भएको हो । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सुजन शर्मा र एनेस्थेसिया सुपरभाइजर हिरा जैसीको आगमनसँगै अस्पतालले दैनिक रूपमा विशेषज्ञ सेवा सुरु गरेको अस्पताल प्रमुख डा. जगनाथ तिवारीले जानकारी दिए । शुक्रबार बिहानै आयोजित स्वागत कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष बलराम मिश्र, अस्पताल प्रमुख डा. तिवारीलगायत अस्पताल परिवारले दुई चिकित्सकलाई औपचारिक स्वागत गरेका थिए । अस्पतालमा यो सेवा सुरु भएसँगै अब सन्धिखर्क तथा आसपासका क्षेत्रका महिलाले जटिल स्वास्थ्य समस्या लिएर बाहिर जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको…

Read More

काठमाडौं – अर्घाखाँचीका रायमाझी परिवारले तीज कोसेलीस्वरूप सार्वजनिक गरेको गीत ‘नक्कले भिनाजु ८ – है माया’ ले युट्युबमा ७ लाखभन्दा धेरै दर्शकको मन जितेको छ । चर्चित गायक, सर्जक तथा निर्देशक बिशाल रायमाझीको निर्देशनमा तयार भएको यो म्युजिक भिडियोले तीजको रौनकलाई अझ झन चम्किलो बनाएको छ । शुक्रबार साझँसम्म ७ लाख १६ हजार ६ सय ५५ पटक हेरिएको यो गीतले छोटो समयमा नै दर्शक–श्रोताको अपार माया कमाउन सफल भएको हो । बिगत सात संस्करण जस्तै यसपटकको ‘नक्कले भिनाजु ८’ पनि टीका कमेडी, गाउँले स्वाद र सांगीतिक प्रस्तुतिको अनुपम मिश्रणका कारण लोकप्रिय बन्दै गएको छ । गीतमा बिशाल रायमाझी, हरिमाया रायमाझी…

Read More

अर्घाखाँची — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले सन्धिखर्क नगर समितिको शनिबार नगर भेला गर्ने भएको छ। पार्टीका अर्घाखाँची सभापति हरि प्रसाद भुसालका अनुसार कार्यक्रम बिहान १० बजे पार्टी कार्यालयबाट सुरु हुने मोटरसाइकल र्यालीसँगै प्रारम्भ हुनेछ। त्यसपछि बिहान ११ बजे होटल ओल्ड एभरेष्टमा औपचारिक भेला कार्यक्रम आयोजना गरिएको छ। नगर भेला पार्टीको संगठन सुदृढीकरण तथा भावी रणनीतिमाथि केन्द्रित हुने जनाइएको छ।

Read More

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वरिष्ठ नेता झलनाथ खनालप्रति कटाक्ष गर्दै विद्रोहको औचित्य नभएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालले खनालले मिडियामार्फत पार्टीको बद्ख्वाइँ गरेको भन्दै असन्तुष्टि जनाए। उनले भने, “यदि विद्रोहको औचित्य थिएन भने एमालेमै बसेर ओलीको सेवा गर्नु उपयुक्त हुन्थ्यो।” नेपालले नेतृत्व पुस्तान्तरणको पक्षमा आफू रहेको बताउँदै ५४ वर्षमुनिका युवा नेतृत्वलाई अघि ल्याउनुपर्ने धारणा राखे। मोहन गौतम र आलोकजस्ता नेताहरूको उदाहरण दिँदै उनले पार्टी सुदृढिकरणमा सबै एकजुट हुनुपर्ने बताए। एमाले विभाजनबारे बोल्दै नेपालले ओलीको संविधानविरोधी कदमका कारण बाध्यतावश विद्रोह गरेको दाबी गरेको बताएका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालले केही दिन पहिला नेकपा एमाले…

Read More

रुद्रमणि भुसाल, साउन २३- अर्घाखाँची । नेपाली सेना वीर भद्रजङ्ग गुल्म अर्घाखाँचीले विपत तयारी पूर्व अभ्यास तथा न्युनिकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम आज सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको सन्धिखर्क ग्रीन इङ्लिस बोडिङ स्कुलमा सम्पन्न गरेको छ । कार्यक्रममा वीरभद्र जंग गुल्म अर्घाखाँचीका सेनानी रिक्कि पाण्डेले भूकम्प ,आगलागी, बाढी पहिरो जस्ता घटनामा सबैभन्दा पहिला समुदाय नै पर्ने भएका कारणले त्यसबाट बच्न के कस्ता उपायहरू अपनाउन सकिन्छ , यदि विपतमा परिहाले पहिला आफू सुरक्षित रहँदै आफ्नो टोल छिमेक र समुदायलाई समेतकसरि सहयोग गर्न सकिन्छ भन्ने विषयमा ग्रीन इङ्ग्लिस बोर्डिङका विद्यार्थी अभिभावकहरूलाई आज प्रशिक्षण प्रदान गरेको जानकारी दिनुभयो । चुत्राबेसीमा भएको…

Read More