Author: नेपाल राज्य

नेपाल राज्य संवददाता अर्घाखाँची– नेपाली कम्युनिष्ट पाटीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामबहादुर चौहानले अर्घाखाँची अस्पताललाई भौतिक पूर्वाधारमा सुविधा सम्पन्न सहित ५० शैयाको अस्पताल बनाउने योजना रहेको बताएका छन् । उनले ५० वेडको अस्पतालमा विशेषज्ञ सहितका डाक्टरबाट विरामीको उपचार हुने बताए । लामो समयदेखि अस्पताल निर्माण हुने विषय अलपत्र भएकाले विरामीलाई बुटवल, काठमाडौ होइन, अर्घाखाँची अस्पतालमै उपचार गराउने व्यवस्थाको लागि आफुले चुनाव जितेपछि छिटै बजेट पारेर भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न गरी अस्पताललाई आवश्यक सामाग्री सहित ५० वेडको सञ्चालन गर्ने चौहानले बताए । आफु अस्पताल विकास समितिको अध्यक्ष भएर धेरै सुधारका काम गरेको पनि चौहानले बताए । चुनाव जितेपछि पहिलो प्राथमिकता अस्पताल…

Read More

नेपाल राज्य संवददाता अर्घाखाँची– कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णु मुस्कानले कृषि उद्यम, पर्यटन उद्यम, साना तथा मझौला उद्योग सहित आर्थिक गतिविधिबाट जिल्लाका सयौं युवालाई स्वरोजगारीको अवसर सृजना गर्ने आफ्नो योजना रहेको बताएका छन् । भूमिकास्थान नगरपालिकाको पोखेडाँडामा भएको चुनावी सभामा उनले गाउँदेखि सहरसम्मका पढेलेखका युवालाई जमिनको उपयोग गरेर स्वरोजगारी सृजना गर्ने गरी आफुले चुनाव जितेपछि योजना ल्याउने उनले बताए । अर्घाखाँची कृषिमा तरकारी खेती, मसलाबाली, अन्नबाली, फलफुल, पशुमा दूध उत्पादन र त्यसबाट बन्ने विभिन्न परिकार, ध्यू उत्पादन, मासुका लागि खसीबोका, बंगुर, राँगापालन सहित गाउँमा कृषि, पशुपालनमा फार्म खोल्न युवालाई प्रोत्साहन गरी कृषक मैत्री बजेट र योजना…

Read More

अर्घाखाँची । भूमिकास्थान नगरपालिकाले किशोरीहरूको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राख्दै HPV खोप अभियान औपचारिक रूपमा सुरु गरेको छ। श्री विश्व माध्यमिक विद्यालय, पिपलनेटा भू.न.पा. ०१ मा आयोजित कार्यक्रममार्फत नगर प्रमुख झबिलाल थापाले भ्याक्सिन क्यारियर स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गर्नुभएको हो । वडा नं. ०१ का वडा अध्यक्ष गोपालप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख थापा प्रमुख अतिथि रहनुभयो। कार्यक्रममा प्रधानाध्यापक रेणुकान्त भट्टराई, स्वास्थ्य शाखा प्रमुख सुरेशप्रसाद गैरे, स्वास्थ्य चौकी प्रमुख रन्जिता राय र पत्रकार टेकराज भुसालको उपस्थिती थियो। स्वागत मन्तव्यमा स्वास्थ्य शाखा प्रमुख गैरेले HPV खोप पाठेघरको क्यान्सर रोकथाममा प्रभावकारी रहेको स्पष्ट पार्दै अभियानअन्तर्गत नगरभरिका २४४ जना लक्षित समूहलाई खोप…

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची– फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पाटीको तर्फबाट अर्घाखाँचीमा उम्मेदवार बनेका रामबहादुर चौहानले प्रतिष्प्रर्धी भनिएका कांग्रेसका उम्मेदवार विष्णुप्रसाद खनाल (मुस्कान) र एमाले उम्मेदवार पिताम्बर भुसालाई भारी मतान्तरले जित्ने दावी गरेका छन् । मत माग्न गाउँ हिँडेका चौहाले यसअघि भुसाललाई एमाले सचिवमा पराजित गरेको र पाणिनि बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा मुस्कानको टीमलाई पराजित गर्दै सभापतिमा आफुले जितेको विगत सम्झे । लामो समय जिल्लामा बसेर राजनीतिसँगै समाजिक काम, सर्वसाधारणको अड्डा, प्रशासन देखि विकास निर्मँणका योजनाको काममा वर्षौदेखि निरन्तर खटेर काम गरेकाले आफुले निर्वाचन सहजै जित्ने चौहानको दावी छ । चुनाव जितेपछि अर्घाखाँचीको विकासको बारेमा…

Read More

समस्या समाधानको एजेन्डा रोज्ने कि एजेन्डाविहीन अनुहार ? अर्घाखाँची – आफूलाई नयाँ भनिने केही राजनीतिक दलहरूले नेता, अभिनेता तथा गायक–गायिकाजस्ता चर्चित तर एजेन्डाविहीन अनुहार अगाडि सारेर मत मागिरहेका बेला नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले देशका वास्तविक समस्या र त्यसका समाधानका उपायसहितको स्पष्ट एजेन्डा प्रस्तुत गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियोमा काँग्रेस सभापति तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका गगन थापाले नेपालको समस्या के हो र त्यसको समाधान कसरी सम्भव छ भन्ने विषयमा स्पष्ट धारणा राखेका छन्। भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनलाई समयले मागेको जिम्मेवार नेताका रूपमा प्रशंसा गरिएको छ। गगनको उक्त भिडियो हेरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता विराज…

Read More

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादको भूराजनीतिक चलखेल नेपालमा पनि देखिएको बताएका छन्। मंगबार नेकपा काठमाडौं-५ पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जालमा स्टन्ट गरेकै भरमा विश्व साम्राज्यवादले विभिन्न देशमा भूराजनीतिक चलखेल गर्ने गरेको र त्यसको प्रभाव नेपालमा पनि देखिएको बताएका हुन्। विचार, राजनीति, सिद्धान्त, इतिहास, विरासत नभएकाहरु सामाजिक सञ्जालका भरमा लोकप्रिय हुन खोजेको उनको भनाइ छ। यस्ता प्रवृतिको प्रतिबाद गर्नको लागि पनि एउटा नयाँ संकल्प, नयाँ समीक्षासहित फेरि राष्ट्रको निम्ति र जनताको निम्ति समर्पित रूपले लाग्ने तागत चाहिएको प्रचण्डले बताए। उनले त्यही तागत सृष्टि गर्ने उद्देश्यले नै नेपाली कम्युनिस्ट पार्टी निर्माण…

Read More

अर्घाखाँची । मालारानी–५ बाँगीका मृगौला पीडित पूर्णबहादुर कुँवरको उपचारका लागि संकलित सहयोग रकम बैंक खातामार्फत जम्मा गरिएको छ। नवदीप युवा क्लबको पहलमा संकलन गरिएको कुल २ लाख ६५ हजार ४ सय ९६ रुपैयाँ रकम पीडित कुँवरको उपचारार्थ बैंकमार्फत जम्मा गरिएको क्लबका अध्यक्ष सूर्य कुँवरले जानकारी दिएका छन्। अध्यक्ष कुँवरका अनुसार यसअघि १ लाख ४६ हजार ५ सय १६ रुपैयाँ र आज थप १ लाख १८ हजार ९ सय ८० रुपैयाँ गरी दुई चरणमा रकम बैंक खातामा जम्मा गरिएको हो। क्लबले उपचारमा सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गर्दै आवश्यक परे आगामी दिनमा पनि सहयोग अभियानलाई निरन्तरता दिने जनाएको छ। बाँगीस्थित…

Read More

हिम लेकाली,अर्घाखाँची । नेपाल औषधि व्यवसायी संघ अर्घाखाँचीले आफ्नो २८औं स्थापना दिवस आइतबार सन्धिखर्कमा एक कार्यक्रमबीच मनाएको छ। स्थापना दिवसको अवसरमा संघले सन्धिखर्क नगरपालिका–१ रूब्दी हर्सिङ्खोर निवासी एक असहाय महिला फुर्सी नेपालीलाई राहत सामग्री वितरण गरेको छ। ७० वर्षीया फुर्सी नेपालीको स्थायी घर सन्धिखर्क नगरपालिका–१० बराप भए पनि श्रीमानको निधन र छोरा–छोरी तथा आफन्तले हेर्न छाडेपछि उहाँ विगत सात वर्षदेखि रूब्दी क्षेत्रमा बस्दै आउनुभएको छ। हाल उहाँले वृद्धभत्ता र कसैले दिएको सहयोगकै भरमा जीवन निर्वाह गर्दै आउनुभएको छ। स्थानीय बासिन्दाले बागी खोलाको किनारमा अस्थायी बास (झुप्रो) निर्माण गरिदिएका छन्। दम रोगबाट पीडित उहाँको अवस्थालाई मध्यनजर गर्दै संघले उहाँ बसोबास गरिरहनुभएको…

Read More

लक्ष्मी खनाल , अर्घाखाँची । भूमिकास्थान नगरपालिका–९ डेभामा रहेको भगवती माध्यमिक विद्यालयमा सरस्वती माताको मन्दिर उद्घाटन, देवीको प्राण–प्रतिष्ठा तथा अभिभावक दिवस कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विष्णु प्रसाद बेल्वासेले विद्यालयले पाठ्यक्रम र किताबमा सीमित नभई व्यवहारिक शिक्षाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताउनुभयो। उहाँले शिक्षक र विद्यार्थीहरूले अध्ययन–अध्यापनमा असर नपर्ने गरी देउसी–भैलो खेलेर सरस्वती मन्दिर निर्माणमा सहयोग गरेको कार्य प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। विद्यालयका क्रियाकलापहरू अनुकरणीय रहेको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो। कार्यक्रममा सरस्वती माताको प्राण–प्रतिष्ठा, विधिपूर्वक रुद्री पूजा, मन्दिर उद्घाटन, अक्षयकोष तथा चन्दादातालाई सम्मान, विद्यार्थी…

Read More

बिर्तामोड, २३ माघः भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदा अज्ञात व्यक्तिहरूको आक्रमणमा परेका हुन् । आक्रमणबाट गम्भीर घाइते भएका उहाँको अस्पताल पुयाउने क्रममा बाटोमा मृत्यु भएको हो । आक्रमणमा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताएका छन् । सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे जानकारी भइनसकको थप अनुसन्धान भइरहेको बताइएको छ । रासस

Read More