नयाँ खेलकुद ऐन कार्यान्वयनको अन्योलता र कोरोना महामारीका कारण रोकिएका राष्ट्रिय खेल संघहरुको कार्यसमिति निर्वाचन धमाधम हुँदैछन् । ऐन कार्यान्वयनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पनि ‘लचिलो’ विधि अपनाएको छ ।
नेपाल बुद्धिचाल संघले दुईपल्ट मिति तोकेर पनि गर्न नसकेको चुनावी साधारणसभा शुक्रबार र शनिबार काठमाडौंमा हुँदैछ । सात वर्षपछि हुन लागेको निर्वाचनले आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।
source : online khabar