समस्या समाधानको एजेन्डा रोज्ने कि एजेन्डाविहीन अनुहार ?
अर्घाखाँची – आफूलाई नयाँ भनिने केही राजनीतिक दलहरूले नेता, अभिनेता तथा गायक–गायिकाजस्ता चर्चित तर एजेन्डाविहीन अनुहार अगाडि सारेर मत मागिरहेका बेला नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले देशका वास्तविक समस्या र त्यसका समाधानका उपायसहितको स्पष्ट एजेन्डा प्रस्तुत गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियोमा काँग्रेस सभापति तथा भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका गगन थापाले नेपालको समस्या के हो र त्यसको समाधान कसरी सम्भव छ भन्ने विषयमा स्पष्ट धारणा राखेका छन्। भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनलाई समयले मागेको जिम्मेवार नेताका रूपमा प्रशंसा गरिएको छ।
गगनको उक्त भिडियो हेरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता विराज भण्डारी लेख्छन्,
“लोकप्रियताको झल्को दिने अरू पनि छन्, तर अहिलेको विषम परिस्थितिमा जिम्मेवार राजनीति गगनको देखिन्छ। अरूले आफ्नो अनुहार देखाइरहेका छन्, तर गगनले नेपालको समस्या र त्यसको समाधानका उपायसहितको एजेन्डा लिएर आएका छन्।”
भण्डारीले थप लेखेका छन्,
“मौका पाउँदा विगतमा स्वास्थ्य मन्त्रीका रूपमा पनि उनले आफूलाई प्रमाणित गरिसकेका छन्। गगनको कार्यकारी नेतृत्वमा देशमा केही सकारात्मक परिवर्तन हुन्छ भन्ने आशा छ। अबको चुनावमा नागरिकले समस्या समाधानको एजेन्डा रोज्ने कि एजेन्डाविहीन अनुहार रोज्ने भन्ने कुराले नै नेपालको भविष्य निर्धारण गर्नेछ।”
त्यसैगरी अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता हिम्मत चौलागाईं लेख्छन्,
“गगनमा यो देश बनाउने हुटहुटी छ। त्यसलाई साकार पार्न यसपटक उनलाई सहयोग गर्नुपर्ने देखियो। उनीसँग समस्या देखाउने मात्र होइन, समाधान कसरी गर्ने भन्ने स्पष्ट भिजन छ।”
यसपटक नेपाली काँग्रेसले देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरू उठाएको छ। गगनलाई प्रधानमन्त्री बनाउन काँग्रेसका उम्मेदवारहरूलाई विजयी गराउनुपर्ने अवस्था छ।
अर्घाखाँचीबाट विष्णु मुस्कानलाई दिइने भोट नै गगनलाई प्रधानमन्त्री बनाउने भोट हो। देशभरका काँग्रेस उम्मेदवारहरू विजयी भए मात्र गगन थापालाई प्रधानमन्त्री बनाउन सकिन्छ। समस्या मात्र देखाउने अनुहार होइन, समाधान दिने नेता चयन गर्नु अहिलेको आवश्यकता हो।

