काठमाडौं ।
निम्नमाध्यमिक तह अध्यायन अनुमति पत्र (लाइसेन्स) को परिक्षा आज हुने भएको छ। परिक्षामा २ लाख ३ हजार १३१ जना परिक्षार्थी सहभागी हुने भएका छन।
शिक्षक सेवा आयोगले सातै प्रदेशका २४ ओटा जिल्लाका ७ सय ९२ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गर्दैछ । परीक्षाको सम्पूर्ण तयारी सकिएको शिक्षक सेवा आयोगले जानकारी दिएको छ।
शिक्षक सेवा आयोगले माध्यमिक तहको लाइसेन्स अहिले धमाधम लाइसेन्स छापिरहेको र आगामी भदौको दोस्रो हप्ताबाट वितरण गर्ने जानकारी दिएको छ । आयोगले असार १८ गते सञ्चालन गरेको परीक्षाको गत साउन ३ गते नतिजा सार्वजनिक गरेको थियो ।
नतिजा सार्वजनिक भएको १५ दिनभित्र नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था भएपनी माध्यमिक तह अध्यापन अनुमति पत्रको विवरण सच्चाउने समय अबधि सकिएर र लाइसेन्स छपाउने काम संगसंगै भइरहेको हुनाले आन्तरिक व्यवस्थापन गरी वितरण गरिने आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिए ।