नेपाल राज्य संवददाता
अर्घाखाँची– कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णु मुस्कानले कृषि उद्यम, पर्यटन उद्यम, साना तथा मझौला उद्योग सहित आर्थिक गतिविधिबाट जिल्लाका सयौं युवालाई स्वरोजगारीको अवसर सृजना गर्ने आफ्नो योजना रहेको बताएका छन् ।
भूमिकास्थान नगरपालिकाको पोखेडाँडामा भएको चुनावी सभामा उनले गाउँदेखि सहरसम्मका पढेलेखका युवालाई जमिनको उपयोग गरेर स्वरोजगारी सृजना गर्ने गरी आफुले चुनाव जितेपछि योजना ल्याउने उनले बताए ।
अर्घाखाँची कृषिमा तरकारी खेती, मसलाबाली, अन्नबाली, फलफुल, पशुमा दूध उत्पादन र त्यसबाट बन्ने विभिन्न परिकार, ध्यू उत्पादन, मासुका लागि खसीबोका, बंगुर, राँगापालन सहित गाउँमा कृषि, पशुपालनमा फार्म खोल्न युवालाई प्रोत्साहन गरी कृषक मैत्री बजेट र योजना ल्याउने उनले बताए ।

