Author: नेपाल राज्य
अर्घाखाँची। रोजगारीको सिलसिलामा कतारमा रहेका गाउँ–समाजका दाजुभाइहरूले मानवीय भावना देखाउँदै आर्थिक सहयोग संकलन गरेका छन्। मालारानी गाउँपालिका–५ बाँगी निवासी पुर्ण बहादुर कुँवरका दुवै मिर्गौला फेल भई उपचाररत अवस्थामा रहेका कारण आर्थिक अभाव सिर्जना भएपछि सहयोग अभियान सुरु गरिएको थियो। उक्त अभियानअन्तर्गत कतारबाट रु ९७ हजार ६ सय २७ रुपैयाँ संकलन भई बिरामीको खातामा जम्मा गरिएको अभियानता मणिराम बस्नेतले जानकारी दिए। संकलित रकम पारदर्शिताका लागि सार्वजनिक गरिएको हो। “उपचार जस्तो संवेदनशील विषयमा उठेको रकमको स्पष्ट विवरण सार्वजनिक गरिनु आवश्यक हुन्छ” बस्नेतले बताए। सहयोग गर्नेहरूमा स्वयं मनिराम बस्नेत, सोनु कुमार कुँवर, सन्तोष साह, चन्द्र थापा, प्रकाश बि.सी., लक्ष्मण खड्का, नारायण खड्का, ईश्वरी…
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी प्रचारप्रसार शैलीको नयाँ शैली अपनाएको छ। सभापति रवि लामिछानेले आइतबार चुनावमा बाचा धेरैले धेरैपटक गरेको तर, पूरा नगरेर त्यसको परिणाम जनताले नै भाेग्नु परेको भन्दै आफूहरू बाचा नभई जनतासँग प्रतिज्ञाको करार (कन्ट्र्याक्ट) गर्ने बताएका छन्। कुनै दुई वा सोभन्दा बढी पक्षहरूबीच कुनै काम गर्न वा नगर्नको लागि भएको कानुनी सम्झौतालाई करार भनिन्छ। रास्वपाले एकपक्षीय रूपमा आफूलाई ऋणी बताउँदै पाँच वर्षभित्र सदाचार र असल शासन, मध्यम वर्गीय विस्तार, काम, कनेक्टिभिटी र प्रवास गरी ५ क्षेत्रमा गर्ने कामको जानकारी गराएको छ। उक्त काम गर्न नसकेमा अर्को पटकको चुनावबाट सजाय दिई असुलउपर गर्न भनिएको छ। रास्वपाले औसत…
लुम्बिनी मुख्यमन्त्री आचार्यद्वारा महाशिवरात्रिको शुभकामना, पर्यटनमार्फत समृद्धिको आह्वान
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महाशिवरात्रि पर्व २०८२ को अवसरमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भावलाई समाजको पहिचानका रूपमा अझ मजबुत बनाउन आह्वान गर्नुभएको छ। उहाँले धार्मिक आस्थालाई पर्यटनसँग जोडेर प्रदेशको दीगो समृद्धिको आधार तयार गर्न सकिने स्पष्ट धारणा राख्नुभएको हो। मुख्यमन्त्री आचार्यले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, शान्ति, प्रगति र समृद्धिको कामना व्यक्त गर्दै महाशिवरात्रिको शुभकामना दिनुभएको छ। भगवान शिवको आराधनासँग सम्बन्धित यस पर्वले आत्मसंयम, सकारात्मक सोच र सदाचारको मार्गमा अघि बढ्न प्रेरणा दिने विश्वास उहाँले व्यक्त गर्नुभयो। उहाँका अनुसार लुम्बिनी प्रदेश सबै धर्म, संस्कृति र आस्थाप्रति समान सम्मान र समभाव राख्ने प्रदेश हो।…
निम्ब तरु , अर्घाखाँची । यो देश अब आवाजले होइन, मृत आत्माहरूको मौन जुलुसले चल्छ। यहाँ सत्य बोल्नु आत्महत्या गर्नुजस्तै हो, र झूट बोल्नु राष्ट्रिय कर्तव्यजस्तै। सडकहरू चिच्याइरहेका छन् रगतले धुन खोज्दै पुराना नारा, तर मानिसहरू मोबाइलको स्क्रिनभित्र लुकेर आफ्नो डर स्क्रोल गरिरहेका छन्। पिन ड्रप साइलेन्स छ यहाँ किनकि आवाजहरू धेरै अघि नै लिलामीमा बेचिएका छन्। पहाडहरू साक्षी छन् कति क्रान्तिहरू पोस्टरमै गाडिए, कति सहिदहरू भाषणको फूलदानीमा सुकाइए। गाउँका बूढा पीपलहरू अहिलेसम्म सम्झन्छन् कसरी इतिहास माटोबाट जन्मिन्थ्यो, तर आज इतिहास फाइलमा बन्द छ, र वर्तमान कुनै अफिसको टेबलमुनि घुस जस्तै सरिरहेको छ। किसानको पसिनाले धान उम्रिन्छ, तर उसको भागमा…
अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा प्रचारसभामा सहभागी भएका छन्। शुक्रबार गुल्मीबाट अर्घाखाँची आइपुगेका लामिछानेले युवाहरूको आन्दोलन खेर नजाने स्पष्ट पारेका छन्। उनले भने “अबको चुनाव जनताको आशा र भरोसाको परीक्षा हो। अर्घाखाँचीले यसपटक विकास, सुशासन र पारदर्शितामा स्पष्ट सन्देश दिन सक्ने सम्भावना बलियो छ । ” प्रचारप्रसार सभामा युवाहरूको बाक्लो उपस्थिति देखिएको थियो भने महिला तथा जेष्ठ नागरिकको पनि उल्लेख्य सहभागिता रहेको थियो। लामिछानेले युवालाई स्वदेशमै अवसर सिर्जना गर्न, कृषि उत्पादनलाई बजारसँग जोड्न, साना र मझौला उद्यमलाई प्रोत्साहन गर्न र सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने…
काठमाडौं । रोल्पामा निर्वाचन प्रहरीमाथि ‘गुरुबा’ अर्थात् तालिम प्रशिक्षकहरूले अस्पतालसम्म पुग्ने गरी कुटपिट गरेको घटना बाहिरिएको छ । गएको सोमबार घटेको उक्त घटनालाई प्रहरीले गुपचुपमा मिलाए पनि अन्ततः घटनाको वास्तविकता बाहिरिएको छ । प्रशिक्षणका लागि खटाइएका जनपद प्रहरीले जथाभावी लाठी प्रहार गर्दा १०४ जना निर्वाचन प्रहरी घाइते भएका छन् । जसमध्ये १६ जना रोल्पा अस्पताल रेउघामा भर्ना भएको र उपचारपश्चात् डिस्चार्ज गरिएको उपचारमा संलग्न रोल्पा अस्पतालका चिकित्सक डा. नीरज घर्तीमगरले जानकारी दिए । उनका अनुसार तीनजनाको एक्सरे गरिएको थियो भने धेरैजसोको ढाडमा र एकजनाको पुट्ठामा नीलडाम बसेको थियो । लाठी प्रहारको क्रममा केहीको मोबाइल फुटेको नाम नबताउने सर्तमा एक निर्वाचन…
काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा सक्रिय गुट चलाएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी यतिबेला निर्वाचनको मुखमा पूर्णतः मौन देखिएकी छिन् । महाधिवेशनमा आफ्ना पक्षका उम्मेदवार ईश्वर पोखरेललाई अध्यक्षमा उठाए पनि आफ्नै पुराना सारथीहरू विष्णु पौडेल, शेरधन राई र पृथ्वीसुब्बा गुरुङले साथ नदिएपछि भण्डारीको शक्ति क्षीण भएको हो । ओली र पोखरेलबीचको प्रतिस्पर्धामा पोखरेलले झिनो मत ल्याएर पराजित हुनु र भण्डारीको आफ्नै पार्टी सदस्यता नवीकरणमा अध्यक्ष केपी शर्मा ओलीले ’ब्रेक’ लगाउनुले उनलाई थप निराश बनाएको छ । मोरङ वा काठमाडौँबाट निर्वाचन लड्ने तयारीमा रहेकी भण्डारीलाई ओलीले टिकट नदिने सुईंको पाएपछि उनले उम्मेदवारीमा दाबी गरिनन् । हाल बालुवाटारस्थित निवासमा अध्ययन र लेखनमा व्यस्त…
काठमाडौं । बंगलादेशमा बिहीबार भएको आम चुनावमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले भारी विजय हासिल गरेको छ। बीएनपीले २९९ सिटमध्ये २०९ सिट जितेको छ, जुन बहुमतका लागि आवश्यक १५० भन्दा बढी हो। यो दुई तिहाई बहुमत हो । अहिलेसम्म २८६ सिटको नतिजा घोषणा भइसकेको छ। जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११ दलीय गठबन्धनले अहिलेसम्म ७० सिट जितेको छ। जमात प्रमुख शफिकुर रहमानले ढाका-१५ सिट जितेका छन्। लगभग २० वर्षपछि देशमा बीएनपीले सरकार बनाउने भएको छ । शेख हसिनाको अवामी लिग २००८ देखि २०२४ सम्म सत्तामा थियो। यो जितसँगै पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित…
श्याम घिमिरे,अर्घाखाँची । सन्धिखर्क नगरपालिका–१ रतहलेमा गएराति छाडा कुकुरको आक्रमणबाट पाँच वटा पाठापाठी मरेका छन्। मालारानी गाउँपालिका–९ गोखुङ्गा निवासी तथा हाल रोजगारीसँगै व्यवसायका सिलसिलामा रतहलेमा बस्दै आएका किसान मुमाराम घर्ती (मुमबहादुर) को बाख्राको खोर तोडी कुकुरले पाठापाठी मारेको हो। पीडित घर्तीका अनुसार करिब १० देखि १२ केजी तौलका पाँच वटा पाठापाठी मर्दा अन्दाजी ४५ देखि ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ। छाडा कुकुरको बढ्दो आतंकका कारण किसान मात्र होइन, सर्वसाधारणसमेत त्रसित बनेका छन्। स्थानीयवासीले यस्ता कुकुरको समयमै व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। साथै, साना बालबालिकालाई विशेष सतर्कताका साथ सुरक्षित राख्नसमेत आग्रह गरिएको छ। यसअघि पनि जिल्लाका विभिन्न…
नेपाल राज्य संवददाता अर्घाखाँची– एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पिताम्बर भुसालले जिल्लाका विभिन्न ठाउँका टोलबस्तीमा पुगेर मत मागेका छन् । उनले चुनावी प्रचारप्रसार अभियानमा एमाले नेता तथा कार्यकर्ता सहित एमाले समर्थित स्थानीयलाई भेटघाट, छलफल, अन्तरक्रिया र विकासका बारेमा परामर्श गरेका छन् । एमाले पाटीभित्र स्वच्छ, निडर र सफल लिडरको रुपमा परिचय बनाएका भुसालसँग यसअघि २०५४ मा बाँगी गाविसको अध्यक्ष भएर काम गरेको अनुभव छ । सहर र गाउँमा बस्तीमा मतदातासँग लोकतान्त्रिक गणतन्त्र सहित विधिको शासन र व्यवस्था जोगाउन आफुलाई मत दिन अपिल गरेका छन् । भुसाल चुनावी अभियानमा गाउँमा पुग्दा पाटी कार्यकर्ताले गाउँको विकासका काम गरिदिन माग गरेका छन् । भुसालले…
