Author: नेपाल राज्य
अर्घाखाँची प्रदेशसभा १ (१) बाट दोस्रो पटक निर्वाचित सांसद चेतनारायण आचार्यले भैरहेका कामलाई पुरा गर्ने र अब ५ वर्षभित्रमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने बताउनुभयो । नेपालराज्यसँग कुरा गर्दै आचार्यले खानेपानी योजना, मोटरबाटो, सिचाई लगायतका काम पुरा गर्दै प्रत्येक पालिकामा १५ वेडको अस्पताल, पाणिनि बहुमुखी क्याम्पसमा प्राविधिक शिक्षा सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । जिल्ला अस्पताललाई ५० वेडको बनाएर विशेषज्ञ सहितको डाक्टरको व्यवस्था गर्न भूमिका खेल्ने आचार्यको बताउनुभयो ।
नेपालराज्य संवाददाता अर्घाखाँची– शितगंगा नगरपालिका प्रमुख छविलाल पौडेलले नगरको १४ वटै वडाभित्र ८४ वर्ष उमेर पुगेरकालाई नगरले वर्षगाँठ मनाइदिने बताउनुभएको छ । उनीहरुलाई सम्मान स्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराइनेछ । ८४ वर्ष उमेर पुगेरका नगरभित्र १ सय ७५ जना रहेका छन् । ८४ वर्ष उमेर पुगेर तर, आर्थिक अभावका कारण चौरासी गर्न नसकेकाले यही २५ हजार रकमले चौरासी पुजा गर्ने पौडेलले बताउनुभयो । नगरको यो कार्यक्रमप्रति वृद्धवृद्धामा खुसीयाली छाएको छ ।
एमाले उपमहासचिवसँग अन्तर्वार्ता कांग्रेसले सरकार गिराउने कच्चा खेल खेल्यो भने देश मध्यावधिमा जान्छ– विष्णु रिमाल [अन्तर्वार्ता]
सुशील पन्त | रमेश सापकोटा नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खेल नेपथ्यमा चलिरहेको समाचार बाहिर आएका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी पुस १० गते बालकोटमा निर्णायक बैठक बस्दा एमाले उपमहासचिव विष्णु रिमाल पनि सहभागी थिए एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र समेत रहेका रिमालसँग लोकान्तरका लागि सुशील पन्त र रमेश सापकोटाले नयाँ सरकार गठनको पृष्ठभूमि, एमाले–माओवादी सहकार्य र पार्टी एकताको सम्भावना तथा वर्तमान सरकारको भविष्यलगायत समसामयिक विषयमा कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सार : तिक्ततापूर्ण सम्बन्धमा रहेका केपी…
नेपालराज्य संवादादता काठमाडौं- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् । ‘अहिले बाहिर जे चर्चा भइरहेको छ, त्यो बिल्कुलै अफवाह मात्रै भएको शर्माले बताए । सभापति शेरबहादुर देउवासितको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै शर्माले कांग्रेस कसैलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताए । कांग्रेस नजाने गाउँको बाटो सोध्दैन, कांग्रेसले आफ्नो भूमिका बिर्सिएको छैन,’ उनले भने, ‘भर्खर बनेको समीकरणलाई भत्काउन लागेको कुरामा कुनै सत्यता छैन ।’
वीरेन्द्र केसी अर्घाखाँची — दाङको देउखुरीमा लुम्बिनी प्रदेशको स्थायी राजधानी स्थापना भएपछि प्रदेश राजधानी जोड्ने सडक सञ्चालनको आशा पलाएको छ । अर्घाखाँचीबाट सिधै आउजाउ गर्ने सडक दुई दशक बितिसक्दा पनि अधुरै छ । २४ वर्षसम्म अधुरै रहेको गच्छे–भालुवाङ सडकलाई राजधानी स्थापनापछि चासो दिन थालिएको हो । सुरुमा सदरमुकाम जोड्न गच्छेबाट धनचौर गाउँसम्म यातायातको पहुँच पुर्याउने भनेर सडक निर्माणको काम सुरु गरिएको थियो । पछि यसलाई दाङ र अर्घाखाँचीलाई जोड्ने भन्दै गच्छे–भालुवाङ नामकरण गरियो । तर, बजेट पर्याप्त नभएकाले वर्षौंसम्म पनि योजना सम्पन्न हुन सकेको छैन । पछिल्ला चुनावमा उम्मेदवार र दलका नेताले चुनावी एजेन्डा बनाए पनि जितेपछि यो सडकलाई महत्वको रूपमा चासो नै दिइएको छैन । अहिले…
नेपालराज्य संवाददाता अर्घाखाँची- अर्घाखाँचीको भुमिकास्थान–१० धनचौरको जनजागृती माध्यमिक विद्यालय नमुना विद्यालय अन्तरगत छनोट भई कार्यक्रम सञ्चालन भइरहेको विद्यालय हो । नमुना विद्यालय कार्यक्रम अन्तगत गत आर्थिक बर्ष २०७८/२०७९ मा शैक्षिक गुणस्तर सुधार शीर्षकको बजेट हिनामिना भएको पाइएको छ । शैक्षिक गुणस्तर सुधारतर्फ विद्यालय प्रशासनले मनोमानी तरिकाबाट सेटिङ्गमा सामाग्री खरिद गरेको समितिबाट नै गुनासो आएको छ । खरिद ऐन बिपरित खरिद गरेको देखिएपछि बजेट हिनामिना भएको आशंका उब्जिएको हो । विद्यालयले खरिद गरेको सामान के–के हुन् । कति मुल्यका हुन् । कस्ता सामान हुन् भन्ने बारेमा आफुहरुलाई अहिलेसम्म कुनै जानकारी नभएको विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हृदयकुमार भुसालको भनाई छ । सामान…
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका विकास र समृद्धिका काममा कसरी अगाडी बढेको छ भन्ने विषयमा प्रमुख प्रकाशकीय अधिकृत नारायणप्रसाद पोखरेलसँग नेपाल राज्यका प्रतिनिधि केशव पन्थीले गरेको संक्षिप्त कुराकानी : भुमिकास्थान नगरपालिकामा विकासका के–के काम अगाडी बढेको छ ? योजना सम्बन्धी काय शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, कृषि, खानेपानी, सडक निर्माण लगायत समग्र विकासमा द्रुत गतिमा अगाडी बढेको छ । नगरको कार्य योजना छ, त्यसलाई पछ्याउँदै अगाडी बढेका छौं । निर्वाचनले गर्दा केही समय ढिला भएको छ । एक्सन प्लान अनुसार अगाडी बढेका छौं । सडकका हिसाबले भुमिकास्थान कस्तो छ ? सबै वडा सडक सञ्जालले जोडिएको छ । नगरस्तरीय सडकलाई कालोपत्रेको काम भैरहेको छ…
प्रा.डा.गोविन्दराज पोखरेल मानिसले आँखाले देखेको भन्दा भिन्दै सोचेर सिर्जना गरेको पहिलो वस्तु के होला ? आजसम्म विज्ञानले पत्ता लगाएको आधारमा भन्दा करिब ४० हजार वर्ष पहिलेको नर-सिंह (लोवेनमेन्स)को मूर्ति हो जुन जर्मनीको गुफामा भेटिएको थियो। त्यसैका आधारमा मानवशास्त्रीहरूले मानिसको सिर्जना गर्ने तथा नदेखेको सोच्ने क्षमताको विकास करिब ३५-४० हजार वर्ष पहिलेबाट सुरु भएको मान्दछन्। सिर्जना गर्न सक्ने क्षमताको विकासक्रमसँगै मानिसहरूले स्वतन्त्रता चाहन्छन्। स्वतन्त्र समाज नै व्यापक रूपमा सामाजिक मुद्दाहरूको समस्या केलाउन सक्छ। यो नै परिश्रमी, सिर्जनशील एवं जोखिम मोल्न चाहने व्यक्तिहरूको प्रतिभा फक्रिने र समुदायलाई आर्थिक-सामाजिक रूपले नेतृत्व दिन सक्ने उपर्युक्त माध्यम हो। स्वतन्त्र समाज (लोकतन्त्र)को अवधारणा ग्रिस र अरु…
सचिन बोहोरा अर्घाखाँची– शितगंगा नगरपालिका उपप्रमुख गिता भाटले शितगंगालाई विकास र समृद्धिमा नमूना नगर बनाउन आफु लागि परेको बताउनुभएको छ । नेपाल राज्यस“गको कुराकानीमा भाटले नगरलाई सुशासन, आर्थिक समृद्धि र जनताको हितमा नगरबाट हुने हरेक गतिविधिलाई अगाडी बढाइएको बताउनुभयो । गाउँमा सबैलाई सहज यातायात सेवा, प्रभावकारी स्वास्थ्य सेवा, सबैलाई गुणस्तरीय शिक्षा, सबैलाई खानेपानी, सिचाई सुविधा, पूर्वाधार विकासका काम धमाधम भैरहेका छन् । बेरोजगार युवालाई स्वरोजगार बनाउन कृषिमा आधुनिकीकरण, उत्पादनमा आधारित अनुदानको व्यवस्था, पशुपालनमा खसीबोका उत्पादन गर्न बाख्रापालन, कुखुरापालन, बंगुरपालन, दूध उत्पादनमा वृद्धि गर्न गाइभैसीपालनलाई बजेट विनियोजन गरेर कृषकलाई प्रँेत्साहन हुने खालका कार्यक्रम सञ्चालन भैरहेको भाटले बताउनुभएको छ । आफु जनताको…
सचिन बोहोरा अर्घाखाँची– शितगंगा नगरपालिका वडा १ र २ मा गर्भवती महिलाको लागि स्वास्थ्य परीक्षण गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र ठाडाका डाक्टर सहितको टीमले सुवर्णखाल र सितापुरका गर्भवतीको स्वास्थ्य परीक्षण गरिएको हो । शितगंगा नगरपालिकाको १४ वटै वडाको घरदैलोमा पुगेर सेवा दिइने नगर उपप्रमुख गिता भाटले बताइन ।
