नेपालराज्य संवादादता
काठमाडौं- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् । ‘अहिले बाहिर जे चर्चा भइरहेको छ, त्यो बिल्कुलै अफवाह मात्रै भएको शर्माले बताए ।
सभापति शेरबहादुर देउवासितको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै शर्माले कांग्रेस कसैलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताए । कांग्रेस नजाने गाउँको बाटो सोध्दैन, कांग्रेसले आफ्नो भूमिका बिर्सिएको छैन,’ उनले भने, ‘भर्खर बनेको समीकरणलाई भत्काउन लागेको कुरामा कुनै सत्यता छैन ।’