काठमाडौं ।
नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला अध्यक्ष पाएको छ ।
नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको तर्फबाट अध्यक्षमा निर्मला शर्मा विजयी भएकी हुन् । महासंघकेन्द्रीय निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले ४ हजार २ सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २ सय तीन मत प्राप्त गरे भने अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २ सय ७० र लालसिंह लामाले ९६ मत प्राप्त गरेका थिए । वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले ४ हजार २ सय ३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले २ हजार ८ सय ८६ मत प्राप्त गरेका हुन् ।
नव निर्वाचित अध्यक्ष निर्मला शर्मा लाई फोन, सामाजिक संजाल मार्फत शुभकामना आइरहेका छन् ।
शर्मा महासंघको इतिहासमै अध्यक्ष पदमा निर्वाचित हुने पहिलो महिला हुन् ।