सचिन बोहोरा
अर्घाखाँची– शितगंगा नगरपालिका उपप्रमुख गिता भाटले शितगंगालाई विकास र समृद्धिमा नमूना नगर बनाउन आफु लागि परेको बताउनुभएको छ ।
नेपाल राज्यस“गको कुराकानीमा भाटले नगरलाई सुशासन, आर्थिक समृद्धि र जनताको हितमा नगरबाट हुने हरेक गतिविधिलाई अगाडी बढाइएको बताउनुभयो । गाउँमा सबैलाई सहज यातायात सेवा, प्रभावकारी स्वास्थ्य सेवा, सबैलाई गुणस्तरीय शिक्षा, सबैलाई खानेपानी, सिचाई सुविधा, पूर्वाधार विकासका काम धमाधम भैरहेका छन् ।
बेरोजगार युवालाई स्वरोजगार बनाउन कृषिमा आधुनिकीकरण, उत्पादनमा आधारित अनुदानको व्यवस्था, पशुपालनमा खसीबोका उत्पादन गर्न बाख्रापालन, कुखुरापालन, बंगुरपालन, दूध उत्पादनमा वृद्धि गर्न गाइभैसीपालनलाई बजेट विनियोजन गरेर कृषकलाई प्रँेत्साहन हुने खालका कार्यक्रम सञ्चालन भैरहेको भाटले बताउनुभएको छ । आफु जनताको सेवक भएर काम गरेको प्रतिबद्धता जनाउनुभएको छ ।