Author: नेपाल राज्य

 नेपाल राज्य संवाददाता दाङ– सत्तारुढ गठबन्धन दलका पाटीका प्रमुख नेताहरुले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई भागवण्डा मिलाउने नाममा मन्त्रालय नफटाउन दबाव दिएका छन् । राप्ती उपत्यका दाङको पाखापानीमा बुधवार बसेको संयुक्त बैठकले भैरहेका मन्त्रालय कायम राखेर छिटै सरकार विस्तार गर्न सुझाव दिएका छन् । उनीहरुले मन्त्रालयको संख्या बढाउँदा जनतामा राम्रो सन्देश नजाने र संघीयताप्रति जनतामा वितृष्णा पैदा हुने बताएका छन् । गठबन्धनपछि बसेको कांग्रेस लुम्बिनी कार्यसम्पादन समितिको बैठकले मन्त्रालयका संख्या नथपेर यथास्थितिमा सरकार विस्तार गरी अगाडी बढ्न सुझाव दिएका छन् । कांग्रेस सभापति अमरसिंह पुनले मन्त्रालयको संख्या नथप्ने विषयमा कांग्रेसका सबै नेता एकमत भएको र गठबन्धन दलका प्रमुख नेताको…

Read More

नेपाल राज्य संवाददाता काठमाडौं– अर्घाखाँची मालारानी गाउँपालिका–५ बाँगी र साविकको अर्घा गाविस वडा नम्बर ३ बाट विभिन्न पेशा, व्यवसाय, अध्ययन, अध्यापनको लागि राजधानी आएकाहरु काठमाडौंमा भेला भएका छन् । गाउँबाट काठमाडौंमा आएकाहरुलाई एकजुट भई सामाजिक भावना, सदभाव, एकता र मेलमिलाप गराउने उद्देश्यले भेला गराई तिज विशेष कार्यक्रम आयोजना गरिएको हो । बाँगी प्युडाँडाका युवा समाजसेवी माधव भुसालको संयोजकत्वमा गठित तदर्थ समितिले तिज विशेष कार्यक्रम सहित समाजको कार्यसमिति चयन गरेको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रियसभाका पूर्वसदस्य एवं राजनीतिक व्यक्तित्व चन्द्रबहादुर खड्का (उज्ज्वल) ले अर्घा र बाँगीको पहिलेदेखि भावनात्मक सम्बन्ध भएकाले यसरी काठमामाडौमा रहेका बाँगी र अर्घाबासी एकजुट भएर समाजिक भावना…

Read More

हरि कुँवर -काठमाडौं । अर्घाखाँचीका रायमाझी परिवारले तीज कोसेली “नक्कले भिनाजु ७ कालो चस्मा खै” गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरेका छन् । हरितालिका तीज नजिकै गर्दा पर्वको आफ्नै विशेषता र महत्व रहेको पाईन्छ । महिला तथा दिदिबहिनी व्रत बस्ने गीत गाउने नाच्ने गर्छन्। गाउँ घरमा साउन देखी तीज गीत गाउने नाच्ने चलन चली आएको छ । एकै दिनमै चर्चा बटुल्न सफल “नक्कले भिनाजु ७” गीतमा बिशाल रायमाझीले संगीत शब्द भरेका हुन । म्युजिक भिडियोमा चर्चित गायिका हरिमाया रायमाझी शर्मिला रायमाझी र विशाल रायमाझीको सुमधुर आवाज रहेको छ । एलिना रायमाझी,सन्ध्या छेत्री र सुरबीर पण्डित (दारी बा)को पनि दमदार अभिनय…

Read More

वीरेन्द्र केसी अर्घाखाँची — मालारानी गाउँपालिका–८ कमेरपानीकी २२ वर्षीया सिर्जना अधिकारी र सन्धिखर्क नगरपालिका–६ नरपानीका ३३ वर्षीय केशव लम्सालले २०७९ असार ३० गते विवाह गरेर कात्तिक २२ गते नै अर्घाखाँची अदालतबाट सम्बन्ध बिच्छेद गरे । अन्तरकलह भएकैले उनीहरुले सम्बन्धलाई चार महिनामै टुंगाएका थिए । शितगंगा नगरपालिका–१४ सिमलपानीकी खिमकला गाहा र ज्ञानबहादुर सिँजालीबीच २०७२ मा मागी विवाह भयो । विवाहको ८ वर्षपछि गत महिना अदालतबाट सम्बन्ध बिच्छेद भयो । उनीहरुको ७ वर्षको छोरा छ । सम्बन्ध टुंगिँदा ठूलो विवाद भने नभएको गाहा बताउँछिन् । ‘म बिरामी भएर एक वर्षसम्म माइती घर बस्दा श्रीमानले उपचार गरेनन्, फोन गर्दा चासो दिएनन्,’ गाहाले भनिन्, ‘गरिबको छोरी…

Read More

काठमाडौँ । दोलखामा बस दुर्घटना हुदा १६ जना घाइते भएका छ्न । दोलखाको तामाकोशी गाउँपालिकास्थित मिर्गेबाट चरिकोट आउँदै गरेको बा.२ ख ५४२९ नबरको बस गोपीखोलामा दुर्घटना भएको थियो । प्रहरीका अनुसार घाइतेहरुलाई चरिकोट स्थित दोलखा सामुदायिक अस्पताल ल्याइएको छ भने दुर्घटना कसरी भयो थप विवरण आउन बाँकी छ ।

Read More

रामप्रसाद आचार्य रुपन्देही । जंगली च्याउ खादा विरामी परेका रोल्पाका ३ जनाको उपचारका क्रममा रुपन्देहीमा मृत्यु भएको छ । असार २८ गते जंगली च्याउ खादा रोल्पा लुंग्री गाउँपालिका वडा नं ५ कालापोखराका एकै परिवारका ३ जना बिरामी परेका थिए । वडाध्यक्ष रिखबहादुर रोकाका अनुसार उनीहरुमध्ये एक जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र २ जनाको भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । गाउँमा यस्तो दुःखद घटना भयो, ४ दिनअघि जंगली च्याउ खाएर बिरामी परेको गुरुङ परिवारमा यस्तो विपत्ति आइलाग्यो, उपचारका क्रममा १ जनाको बुटवल र २ जनाको भैरहवामा मृत्यु भयो, पोष्टमार्टम गरेर शव ल्याउन गाउँपालिकाको एम्बुलेन्स र गाडी गएको…

Read More

हार्दिक अनुरोध आफुले पालिरहेको गाई, भैसी, भेडा, बाख्रा, बंगुर कुखुराहरुमा नियमित खोप लगाई जुनोटिक रोग लाग्नबाट बचाऔं, आफु पनि बचौं पशुपालन व्यवसायलाई व्यवसायीकरण गरी आआर्यजनमा वृद्धि गरौं, आयत प्रतिस्थापन गरी स्वरोजगार बनौं । गाई, भैसी र बाख्रामा कृत्तिम गर्भाधारण गराई नश्ल सुधारको माध्यमबाट दूध र मासुको उत्पादन बढाऔं घास खेतीमा आधारित पशुपालन गरी पशुजन्य उत्पादन तथा उत्पादकत्व वृद्धि गरौं नियमित रुपमा उमालेको दुध तथा डिप फ्रिज गरेको मासु सेवन गरी स्वस्थ्य जीवन यापन गरौं । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, अर्घाखाँची

Read More

नेपाल राज्य संवाददाता सन्धिखर्क– सदरमुकाम सन्धिखर्कमा रहेको अर्घाखाँची जिल्ला अस्पतालको पूर्वाधार निर्माणको लागि प्रदेश सरकारबाट ६ करोड बजेट परेको छ । ५० वेडको अस्पतालको भवन निर्माणको लागि बहुवर्षीय योजना अन्तरगत पहिलो वषर््ँ ६ करोड बजेट विनियोजन भएको प्रदेश सांसद रामजीप्रसाद घिमिरेले बताए । आर्थिक वर्ष २०८०÷०८१ मा टेण्डर भएर भवन निर्माणका काम शुरु हुन्छ । छिटो पूर्वाधार निर्माण सम्पन्न गरेर ५० वेडको अस्पताल सञ्चालन गरिने घिमिरेले बताए । ५० वेडको अस्पतालको पूर्वाधार बनेपछि विशेषज्ञ डाक्टर सहितको सुविधा हुनेछ । विरामीले उपचारको लागि बुटवल, काठमाडौ धाउनुपर्ने बाध्यता हट्नेछ ।

Read More

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना सन्धिखर्क, अर्घाखाँचीको अनुरोध सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अन्तरगतको विभिन्न स्थानहरुमा सडक छेउको नाली पुरदिने, सडकको बीच भागमा अनावश्यक खन्ने, सडकमा पानी लगाइदिने, सडक छेउका पर्खालबाट ढुंगा झिक्ने, विना अनुमति शाखा सडक खोल्ने आदी कार्य गर्ने गरेको पाइएकाले यस्ता कार्यहरु तत्काल रोकी सडक संरक्षणमा आवश्यक सहयोग गरिदिनुहुन सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना हार्दिक अपिल गर्दछ ।                                                                                            …

Read More

मधुसूदन बेल्बासे मनग्ये कृषियोग्य जग्गा हुँदाहुँदै पनि बँदेललगायत जंगली जनावरबाट बाली जोगाउन नसकेर उर्वर सिँचित भूमि बाँझो राखी दक्षिणखाँची (विशेष गरी तत्कालीन सिद्धारा गाउँविकास समिति) का अधिकांश किसान थातथलो छाडेर मदेस पलायन भएका छन् भने जीवनको उत्तरार्धमा जन्मस्थान छाड्न नचाहनेहरू बेसाहाका भरमा बाँच्न विवश छन् । खेती लगाएर आफ्नै उपर्जनमा बाँचेकाहरू किनेको अन्नले छाक टार्नुपर्दा दिउँसै सपना देख्ने अवस्थामा पुगेका छन् । जंगली सुँगुर बँदेलले देशभर नै आतंक मच्चाएका समाचार बेलाबेला सञ्चार माध्यममा पनि आउने गरेका छन् । सिद्धारा र वरपरका गाउँमा बँदैल आतंकले बसिनसक्नुको अवस्था सिर्जना गरिदियो । खेतीबाट जीविका नचलेपछि सन्ततिले विदेशमा पसिना बगाई पठाएको रकमको ७० प्रतिशत…

Read More