नेपाल राज्य संवाददाता
काठमाडौं– अर्घाखाँची मालारानी गाउँपालिका–५ बाँगी र साविकको अर्घा गाविस वडा नम्बर ३ बाट विभिन्न पेशा, व्यवसाय, अध्ययन, अध्यापनको लागि राजधानी आएकाहरु काठमाडौंमा भेला भएका छन् ।
गाउँबाट काठमाडौंमा आएकाहरुलाई एकजुट भई सामाजिक भावना, सदभाव, एकता र मेलमिलाप गराउने उद्देश्यले भेला गराई तिज विशेष कार्यक्रम आयोजना गरिएको हो । बाँगी प्युडाँडाका युवा समाजसेवी माधव भुसालको संयोजकत्वमा गठित तदर्थ समितिले तिज विशेष कार्यक्रम सहित समाजको कार्यसमिति चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रियसभाका पूर्वसदस्य एवं राजनीतिक व्यक्तित्व चन्द्रबहादुर खड्का (उज्ज्वल) ले अर्घा र बाँगीको पहिलेदेखि भावनात्मक सम्बन्ध भएकाले यसरी काठमामाडौमा रहेका बाँगी र अर्घाबासी एकजुट भएर समाजिक भावना कायम गर्नुपर्ने बताउनुभयो । समाजले गाउँको विकास र समाजसेवामा ध्यान दिनुपर्ने बताउनुभयो ।
विशेष अतिथि लुम्बिनी प्रदेशसभा पूर्व सांसद निर्मला क्षेत्रीले मेलमिलाप, एकता, सहयोगी भावना सृजना गर्न संगठित हुनु राम्रो कुरा भएको बताउनुभयो । उद्घाटन शत्रमा वरिष्ठ शिक्षासेवी ज्ञानु अधिकारीले सामाजिक काममा सबै एक हुनुपर्ने र बाँगी र अर्घाबाट काठमाडौमा बस्नेहरु सबै एक भएर भावनात्मक एकता कायम गर्नुपर्ने बताउनुभयो ।
तदर्थ समितिका संयोजक माधव भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रध्यापक मोहन महतको सञ्चालन र गंगा पन्थीको स्वागतमा सम्पन्न भएको थियो ।
भुसालको अध्यक्षतामा ११ सदस्यीय समिति
भेलाले माधव भुसालको अध्यक्षतामा अर्घाबाँगी- काठमाडौं सम्बन्ध समाजकाे ११ सदस्य समिति चयन गरेको छ । उपाध्यक्षमा बेदराज अधिकारी, सचिव मोहनकुमार महत, सहसचिव टंककुमार चौहान, कोषाध्यक्ष नारायण बहादुर बस्नेत चयन हुनुभएको छ ।
सदस्यमा अनन्त क्षेत्री, पुष्कर खड्का, हरि भुसाल र केशव भुसाल चयन भएका छन् । बैठकले पछि दुई जना सदस्यमा मनोनित गर्नेछ ।