दाङ ।
राष्ट्रिय अपाङ्ग संघगठन नेपाल लुम्बिनी प्रदेशको प्रथम सम्मेलन दाङमा सम्पन्न भएको छ ।
नेकपा एमाले निकट राष्ट्रिय अपाङ्ग संघगठन नेपाल लुम्बिनीको सनिवार सम्पन्न सम्मेलनले हेमनाथ ज्ञवाली नेतृत्वमा ३१ सदस्यीय थप्ने गरि कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेकाे हो ।
जसको उपाध्यक्षमा फर्सुराम पाण्डे उपाध्यक्ष महिला भविसरा घर्ती मगर सचिव कमल प्रसाद ढुंगाना सहसचिव शिला घिमिरे काेषाध्यक्षमा शिव घर्ती लाई सर्वसम्मत चयन गरेको हो ।
सदस्यमा कमला परियार , बिष्णु प्रसाद भट्टराई , शुसिला भण्डारी ,दिप ब. चन्द्र ,मुना नेपाल , दोम कुमारी कडेल ,तेज ब. राना, दया राम चौधरी , सन्दीप भट्टराई , मनोज पङ्गेनी, पवन आचार्य ,निखीराम डागी, अविना पन्थी चयन भएका हुन ।