Author: नेपाल राज्य
हरि कुँवर, अर्घाखाँची । नेकपा एमाले बाँगीले घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूको पक्षमा भोट माग्न घरदैलो तथा भेटघाट अभियान संचालन गरेका हुन । सागर खड्का मुनाल महत को नेतृत्वमा दोस्रो दिन सनिवार मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगीको कोखा,बाउनडाँडा पोखेडाँडा, गोबदी, कुजेरीमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको नेकपा एमाले बाँगीले जानकारी दिएको हो । निर्वाचन आचारसंहितामा कसैको निजी घर–जग्गा वा सार्वजनिक भवन, सार्वजनिक सडकको पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने व्यवस्था रहेको छ ।
अर्घाखाँची प्रदेशसभा (ख) मा चुनाव जितेपछि जनतासँग बसेर पञ्चवर्षीय योजना बनाएर काम गर्छु : भुसाल
नेपाल राज्य संवाददाता अर्घाखाँची– नेपाली कांग्रेस पूर्वसभापति, सन्धिखर्क नगरपालिका पूर्वनगर प्रमुख र अर्घाखाँची प्रदेशसभा (ख) का उम्मेदवार कमलप्रसाद भुसालले मंसिर ४ गतेको चुनाव जितेपछि आफुले हरेक गाउँका स्थानीयसँग बसेर छलफल गरेर ५ वर्षे आवधिक योजना बनाएर काम गर्ने बताए । उनले हरेक क्षेत्रका विशेषज्ञलाई राखेर विकास योजना बनाउने दावी गरे । शितगंगाका विभिन्न चुनावी सभामा बोल्दै भुसालले जे गर्न सकिन्छ, त्यही मात्रै गर्ने र आफुले पनि गर्न सक्ने मात्रै गर्ने बताउँदै चुनाव जित्नका लागि गर्न नसक्ने काम गुर्छ भनेर झुटा कुराका आश्वासन नदिने उनले बताए । आफुले सन्धिखर्क मेयर हुँदा थुप्रै नगरको विकास गरेकाले अब संसदको चुनाव जितेपछि यस क्षेत्रको…
अर्घाखाँची– २०७४ मा चुनाव जितेर गएपछि ५ वर्षको अवधिमा अर्घाखाँची प्रदेशसभा (ख) मा ४ अर्बको बजेट भित्रिएर विकास निर्माणका काम गरेको नेकपा (एमाले) बाट उम्मेदवार रामजीप्रसाद घिमिरेले बताए । भौतिक पूर्वाधार, सडक, शिक्षा, स्वास्थ्य, सिचाई, खानेपानी, पर्यटन पूर्वाधार, खोलामा तटबन्ध लगायतका थुप्रै काममा बजेट भित्राएको बताए । घिमिरेले केही योजना पुरा भएको र केही हुने क्रममा रहेकाले चलिरहेका योजना पुरा गर्दै नयाँ योजना भित्राएर विकास गर्न आफुलाई जनताल् जिताउने दावी चुनावी सभा तथा भेटघाटमा गर्ने गरेका छन् । घण्टौ समय लगाएर खानेपानी ल्याउन गाग्री बोकेर पधेंरामा जानुपर्ने समस्यामा रहेका शितगंगावासीहरु मुक्त भएको उनको दावी छ । वडा नम्बर ८ मा…
हरि कुँवर, अर्घाखाँची । नेकपा एमाले बाँगीले निर्वाचनमा जित आफ्नो पक्षमा पार्न घरदैलो अभियानलाई तीव्रता दिएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूको पक्षमा भोट माग्न भेटघाट तथा घरदैलो अभियान संचालन गरेका हुन । सागर खड्का मुनाल महतको नेतृत्वमा मालारानी-५ बाँगी साविक वडा नम्बर ८,९ लाउखत्री बेताने भतेरलाउने गैरा भण्डार थारा गरी दुई वडा सम्पन्न गरेको नेकपा एमाले बाँगीले जनाएको छ । निर्वाचन आचारसंहितामा कसैको निजी घर–जग्गा वा सार्वजनिक भवन, सार्वजनिक सडकको पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने व्यवस्था रहेको छ ।
नेपाल राज्य संवाददाता अर्घाखाँची– चुनावका दिन हरेक मतदाताले ढुंगसँग मतदान स्थलमा पुगेर मत खसाल्न पाउने ग्यारेन्टी प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले गरेका छन् । मतदातालाई सुरक्षा दिन गाउँमा व्यापक सुरक्षाकर्मी परिचालन भएको छ । ‘मतदानको अघिल्ला दिनमा मतदाताको घरमा गएर कसैले जबरजस्ती गर्ने, धम्क्याउने, मतदानस्थलमा जाँदा बाटोमा गौडा ढुक्ने, हप्काउने र बलपूर्वक भोट हाल्न बाध्य पार्ने जस्ता कार्य कसैले गर्न पाउँदैन,’ उनले भने, ‘सबै मतदातालाई सुरक्षा दिन्छौं । घरबाट मतदान स्थल पुगेर आफुले इच्छाएको उम्मेदवारलाई भोट दिन पाउने व्यवस्थाको लागि सबै सुरक्षा व्यबस्था हुन्छ ।’ उनले अर्घाखाँचीका सबै मतदातालाई विश्वस्त हुन अनुरोध गरेका छन् । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा…
गोपाल प्रसाद भट्टराई अर्घाखाँची- अर्घाखाँचीमा बामलोकतान्त्रीक गठबन्धनको तर्फबाट प्रदेशसभा (क) का उम्मेदवार सागर केसीले आफुहरुले निर्वाचन जितेपछि कृषि र पर्यटनलाई व्यबसायिक बनाएर अगाडि बढ्ने उदघोष गरेका छन् । संयुक्त गठबन्धन अर्घाखाँचीको आयोजनामा छत्रदेव गाउँपालिकाको वडा नम्बर ६ का विभिन्न टोलमा भएको प्रचारप्रसार कार्यक्रममा मतदातासंग भोट माग्दै उहाँले यस्तो उदघोष गरेका छन् । राजमो केन्द्रिय सदस्य समेत रहनुभएका उम्मेद्धार केसीले जिल्लामा आर्थिक समृद्धिको आधार नै व्यवसायिक कृषि र पर्यटन भएको भन्दै दिगो विकासको निम्ति सास्कृतिक र कृषिलाई व्यवसायिक पर्यटनसंग जोड्ने गठबन्धनको योजना भएको सुनाए । नेता केसीले प्राप्त उपलब्धिको रक्षा,समावेशी अधिकार र आर्थिक समृद्धिको कार्यभार गठबन्धनको काँधमा रहेको दाबी गर्दै गठबन्धनले…
नेपाल राज्य संवाददाता अर्घाखाँची– नेकपा (एमाले) लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं अर्घाखाँची प्रदेशसभा (ख) का उम्मेदवार रामजीप्रसाद घिमिरेले ५ वर्षमा आफ्नो निर्वाचन क्षेत्रमा थुप्रै विकासका योजना सञ्चालन गरेको बताए । उनले सञ्चालनमा रहेका सडक, पूर्वाधार विकास, खानेपानी, सिचाई, सहज स्वास्थ्य सेवा, शिक्षामा गुणस्तरवृद्धि, सडक कालोपत्रे, पर्यटन विकास, पूर्वाधार निर्माण लगायतका काम केही सम्पन्न र केही योजना सञ्चालनमा रहेकाले ती योजना पुरा गर्न र नयाँ योजना भित्रिएर विकास गर्न आफुलाई मतदाताले भारी मतले जिताउने बताए । ‘विकासमा युगन्तकारी महत्व राख्ने योजना भित्राउँछु,’ एमाले निकट अर्घाखाँची–रुपन्देही सम्पर्क समाजको भेलालाई बुटवलमा सम्बोधन गर्दै घिमिरेले भने, ‘विकासका नयाँ आयाम, परियोजनाहरु, जुन परियोजनाहरु जनताको जीवनस्तर…
कृष्णनगर । बिहिवार बिहान १० बजे तिर चार जना महिलाले कृष्णनगर भंसार कार्यालय कृष्णनगर द्वारा देखाएको नयाँ बाटो बाट तस्करी भएको खुलेको छ । भंसार कृष्णनगर कृष्णनगर भंसार कार्यालयले तस्करी विरुध कुरा गरे पनि केवाल जनतालाई मूर्ख बनाउने काम मात्र गरेको हो । समय समयमा कृष्णनगर प्रहरी, शास्त्र प्रहरी, पत्रकार, समाजसेवीको बैठक बोलाएत पनि कागजमा मात्र हो तस्करी रोक्ने वास्तिकमा कृष्णनगर भंसार कार्यालयको मिलोमतोमा तस्करीको काम भईरहेको हो । केही दिन पुर्व कृष्णनगर भंसार कार्यालय कृष्णनगर लाई भारत को बढनी देखि नेपाल रु. साढे दुई लाख (२५००००) बराबरको लुगा सरकारी गाडीमा (सेतो सुमो- नम्बर सहित) आउदै छ भनि पुर्व सूचना…
बिष्णु कुमार आले, अर्घाखाँची । शितगंगा २ सिख्रमा बिहिवार मोटरसाईकल दुर्घटना भएको छ । लु १ ब ९३४ नम्बरको कृषि ज्ञानकेन्द्र सन्धिखर्कको मोटरसाईकल साझ करिब ४ बजे सडकबाट करिव ३५० मिटर तल भिरमा खसी दुर्घटना भएको छ । तर दुर्घटनामा कुनै मानवीय क्षेति भएको छैन । दुर्घटनामा परि मोटरसाइकल चालक ३१ बर्षिय झबिन्द्र आचार्य सामान्य घाईते भएका छन् । मोटरसाईकल सडक छेउमा पुगेपछि मोटरसाइकललाई छोडिदिएर सडक छेउमै हाम फालेर बाच्न सफल भएका हुन् । घटना भएको जानकारी पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरीको टोली तत्काल घटनास्थल पुगेको थियो ।
अर्घाखाँची प्रदेश सभा (क )मा गठबन्धनका साझा उम्मेदवार एवं राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य सागर केसीसँग चुनावी एजेन्डाबारे संक्षिप्त कुराकानी तपाईको उम्मेदवारी के–का लागि ? केपी ओली संसद भंग गरेर संविधान मास्न प्रयास गरे । त्यसको हामी प्रतिबद्ध ग¥र्यौ । ओली प्रवृद्धि विरुद्ध ५ दल एक भएर संविधान बचाउन लाग्यौं । अहिले संविधान बचाउन र विकास गर्न हामी गठबन्धन भएर चुनावी मैदानमा छौं । जनताका अधिकार सुरक्षित गर्दै अर्घाखाँची प्रदेशसभा (क) को जनताका आधारभूत आवश्यक्ता अनुसार विकास गर्न मेरो उम्मेदवारी हो । तपाईले चुनावजित्ने आधार केछ ? मैले राजनीति अहिले मात्र चुनावको मुखमा आएर गरेको होइन । करिब ५ दशक देखि…