Author: नेपाल राज्य

हरि कुँवर, अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीका नवनिर्वाचित अध्यक्ष गणेश खनालले पूर्णरूपमा जनताको पक्षमा काम गर्ने बताएका छन् । बिहीबार सन्धिखर्क नगरपालिकाले नेपाल पत्रकार महासंघ अर्घाखाँचीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष खनालले जिल्लाका सक्रिय पत्रकारको प्रशंसा गर्दै पत्रकार जनताको सेवामा लाग्दा लाग्दै कुनै बाधा, व्यवधान, अड्चन, अप्ठ्यारो उत्पन्न भए जिल्ला पत्रकार महासंघ त्यसको समाधानका लागि तयार रहने बताएका हुन् । अध्यक्ष खनालले पत्रकार सधै लोकतन्त्र, सत्य र जनताको पक्षमा रहेकोले कमप्रमाइज शब्द नरहने बताए । खोजमूलक ,जनताको भरोसा र जिम्मेवारपूर्ण पत्रकारिताबिना विकास र समृद्धिको यात्राको संवाहक हुन नसक्ने तर्फ सबै सचेत हुनुपर्ने बताउदै गलत गर्ने…

Read More

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अधिकृत र सहायकस्तर गरी एक हजार ३३ जनाका लागि रोजगारी खुलाएको छ । प्राधिकरणले शुक्रबार विभिन्न समूहका तह ७ देखि १० सम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहका ५ तह सहायकस्तरमा ८३८ जनाका लागि आवेदन माग गरेको हो । दरखास्त दिने अन्तिम दिन आगामी पुस २५ गते रहेको छ । दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन सकिने छ। अधिकृतस्तर तह ८ वा त्यसभन्दा माथिल्लो पदका लागि दरखास्त दिने अन्तिम मितिसम्म्मा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ । तह ७ को पदमा आवेदन दिन चाहनेको उमेर २१ वर्ष पूरा भई ३५ वर्ष…

Read More

काठमाडौं । वैदेशिक रोजगारमा पठाउने भनी रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। भक्तपुर नगरपालिका–१० कमलविनायकका ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँका ३७ वर्षीय बुद्धिबहादुर बस्याल पक्राउ परेका हुन् । ज्वालारामले अस्ट्रेलिया पठाइदिन्छु भन्दै एक पीडितबाट दुई लाख र बुद्धिबहादुरले दुबई पठाइदिन्छु भन्दै एक पीडितबाट १ लाख ९० हजार रुपैयाँ लिएका प्रहरीले बताएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान भैरहेको बताएको छ ।

Read More

हरि कुँवर, अर्घाखाँची । अर्घाखाँचीमा राहदानी बनाउने युवा बढेका छन् । पछिल्लो पाँच महिनामा ३ हजार ८१ जनाले राहदानी बनाएका हुन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रशासकीय अधिकृत नुमलाल पन्थीका अनुसार २०८१ को श्रावण देखी २०८१ को मंसिर मसान्तसम्ममा सामान्य सिफारिस तर्फ ३ हजार १४ जना र द्रुत सेवा सिफारिस तर्फ ६७ जना गरी ३ हजार ८१ जनाले राहदानी बनाएको बताए । स्वदेशमा रोजगारीको सम्भावना नदेखेपछि विदेश जाने तयारी स्वरुप राहदानी लिने बढेका हुन् । केन्द्र प्रदेश स्थानीय सरकारहरूले यूवा रोजगारीमा चासो नदेखाउने हो भने विदेश जाने यूवाको संख्या अझै बढ्दै जाने छ ।

Read More

काठमाडौं । राष्ट्रिय स्वन्तत्र पार्टीका सभापति रवि लामिछानेको हिरासत भित्रकोफोटो सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीले निर्देशन दिएका छन् । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक भएको विषयमा यथार्थ छानविन गरी दोषीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका हुन् । बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख बसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानविन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

Read More

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन प्रवर्द्धनबाट प्रदेशको समृद्धि हुने दाबी गरेका छन् । बिहीबार उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनीको आयोजनामा बर्दियामा सम्पन्न उदयमान लुम्बिनी संस्कृति र प्रकृति बिषय नीति संवाद कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरेर प्रदेशको समृद्धि हुने दाबी गरे यस कार्यक्रमको प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर नीति निर्माण गरेर कार्यान्वयनमा लगेको बताएका हुन् । प्रदेश सरकारले “घुम्न जाउँ बर्दिया” अभियान सञ्चालन गरेको आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरेको, पर्यटनमैत्री पूर्वाधार र सम्पदाहरुको संरक्षणमा सरकारले प्राथमिकता राखेर योजना अघि सारेको बताए । लुम्बिनी पर्यटन सर्किट मार्फत् १२ जिल्लाका धार्मिक, सांस्कृतिक एवम्…

Read More

काठमाडौं । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला अध्यक्ष पाएको छ । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको तर्फबाट अध्यक्षमा निर्मला शर्मा विजयी भएकी हुन् ।  महासंघकेन्द्रीय निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले ४ हजार २ सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २ सय तीन मत प्राप्त गरे भने अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २ सय ७० र लालसिंह लामाले ९६ मत प्राप्त गरेका थिए । वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले ४ हजार २ सय ३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले २ हजार ८ सय…

Read More

दाङ । दाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउँखोला बक्सकटिङ नजिकै कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको विङ्गर गाडी दुर्घटना भएको थियो । सोमवार विहान करिव ५ बजे लु १ ज ४२९८ नम्वरको विङ्गर गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Read More

काठमाडौं । व्यवसायी मीनबहादुर गुरूङले नेकपा एमालेको केन्द्रीय कार्यालय निर्माण गरेर दिन खोजेको दान सर्वोच्च अदालतबाटै सदर भएको छ । दानको विरूद्धमा परेको रिट खारेज गरेर सर्वोच्च अदालतले भवन निर्माणको बाटो खोलिदिएको हो । भाटभटेनी सुरपमार्केटका मालिका मीनबहादुर गुरूङले करिब डेढ अर्बको लगानीमा कीर्तिपुर नगरपालिकाको २ नम्बर वडामा एमालेका लागि अत्याधुनिक केन्द्रीय कार्यालय निर्माण गरी हस्तान्तरण गरिदिने घोषणा गरेपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्धय अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार दान प्राप्ति रोक्न नपर्ने डहरसहित रिट निवेदन नै खारेज गरिदिएको हो । योसँगै एमालेका लागि केन्द्रीय कार्यालय निर्माण…

Read More

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो। निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १५९.५० रुपैयाँ र डिजेल र मट्टीतेल १४८.५० रुपैयाँ तोकेको छ। सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजेल र मट्टीतेल १५० रुपैयाँ तोकेको छ। काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ र डिजेल र मट्टीतेल १५० रुपैयाँ निर्धारण गरिएको छ। इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद…

Read More