हरि कुँवर, अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क “क्लोथ एण्ड फूड बैंक नेपाल, अर्घाखाँची”को
स्थापना गरिएको छ ।
सन्धिखर्क नगरपालिका संग सम्झौता हुने तैयारी रहेको र अन्य नगरपालिका र गाउँ पालिकाले पनि सम्झौताको निम्ति प्रक्रिया अगाडि बढाएको जिल्ला संयोजक सहयोगी बि. सि.ले बताए ।
आफ्नो घरमा भएको पुरानो कपडा छुटाएर राख्न विभिन्न रेडियोमा सूचना प्रसारण गरिएको र केही दिन भित्रमा ती सामाग्री संकलन गर्न टोल छिमेकमा गाडी ल्याएर आउने संयोजक बि.सिले बताए।
महानायक राजेश हमाल संरक्षक रहेको क्लोथ एण्ड फुड बैंक नेपाल जिल्ला शाखाले कपडा संकलनको लागि ठाउँ-ठाउँमा क्लोथ बक्सको स्थापना पनि गर्ने भएको हो ।
साथी होटल नजिकै गोदाम सुरु गरिएको बताउदै कपडा बैंकमा कपडा राख्नेको रेकर्ड हुन सक्दछ तर कपडा प्राप्त गर्नेको भिडियो फोटो खिच्न प्रतिबन्ध गरिएको जिल्ला संयोजक बि. सि.ले जानकारी दिएका हुन ।
यो अभियानले जिल्लाभरका दिनदुखीहरुको जीवनस्थरमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
क्लोथ एन्ड फुड बैंक नेपाल
अर्घाखाँची सन्धिखर्क सम्पर्क ब्यक्ति हरु:-
ऋषिराम भुसाल ( भक्तिटोला क्षेत्र )९८५७०२८०४५
पिताम्बर सेजवाल ( अस्पताल लाईन)९८४७१०७१७३
गोमा सापकोटा रेग्मी ( सन्धिखर्क बैंकरोड क्षेत्र )९८४७१०९६३७
चिन्तामणी खडका ( मंचलाईन उपल्लो गुण्टिखोला क्षेत्र )९८५७०६६४२५
बाबुराम खत्री ( पाणिनी चोक क्षेत्र) ९८६७४०१७०४
रामहरी भुसाल ( पुरानो बसपार्क क्षेत्र )
लक्ष्मण घिमिरे ( मिडियाचोक क्षेत्र )९८५७०६३८८२
नारायण बस्नेत ( शान्ति बगैचा क्षेत्र )९८५७०३०४३४
आशा के. सि. ( छाँया अस्पताल क्षेत्र )९८४७२९४०२६
भरतमणी भट्टराई ( शान्तिनगर क्षेत्र )९८५७०६१३३१
बिष्णु प्रसाद भुसाल ( शिद्वेश्वर कलोनी क्षेत्र ) ९८५७०६३५१७
इच्छुक र पाएक पर्ने हरुले साथी होटल प्रा. लि . नजीक संकलन केन्द्रमा सम्पर्क राख्नुहोला ।अथवा सहयोगी बि. सि. ९८५७०२८२१३ सम्पर्क गर्न सकिने छ ।