अर्घाखाँची ।
पाँचौं अर्घाखाँची प्रिमियर लिग (एपिएल) टि – २० क्रिकेट प्रतियोगिताको अन्तिम तयारी पूरा भएको छ ।
आइतबार पत्रकार सम्मेलन मार्फत माघ १ गते देखि सन्धिखर्क स्थित टुँडिखेलमा हुने अर्घाखाँची प्रिमियर लिग (एपिएल) टि-२० पाँचौं संस्करणको प्रतियोगिताको सबै तयारी पुरा भएको अर्घाखाँची क्रिकेट संघका जिल्ला अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिए।
क्रिकेट प्रतियोगितामा सुपर सुपा ईलेभेन, सौजन्य समाज किमडाँडा, ईलेभेन ब्रदर्स डिभर्ना र रोयल सन्धिखर्क गरी चार टिमको सहभागिता रहने छ। प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजारसहित (ट्रफी, मेडल, प्रमाणपत्र) पाउने छन्।
प्रतियोगितामा म्यान अफ द म्याच, बेस्ट ब्याट्सम्यान अफ द टुर्नामेन्ट, बेस्ट बलर अफ द टुर्नामेन्ट, ईमर्जिङ्ग प्लेयर अफ द टुर्नामेन्ट, अलराउन्डर प्लेयर अफ द टुर्नामेन्टका लागी नगद र प्रमाणपत्र प्रदान गरिने छ।
“स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद पर्यटन प्रवर्द्धनका लागि खेलकुद” भन्ने मुलनारा सहित खेलाडीको उच्च मनोबल बढाउन खेललाई रोमाञ्चक बनाउन अन्य विधाहरूमा पनि पुरस्कार राशिहरू राखिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।