नेपाल राज्य संवाददाता
अर्घाखाँची– (नेकपा) माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले अर्घाखाँची प्रतिनिधिसभा सदस्य निर्वाचनमा चुनाव लड्न आफुले तयारी गरेको बताए । उनले पाटीले पठाएमा टोपबहादुर रायमाझीको विरासत तोड्न गठबन्धनबाट उम्मेदवार बन्ने बताए ।
‘म उम्मेदवार भएमा टोपबहादुरलाई सजिलै हराउँछु,’ नेपाल राज्यसँगको कुराकानीमा आचार्यले भने, ‘गठबन्धन मध्ये अर्घाखाँची कांग्रेस र माओवादी कस्लाई पर्ने भन्नेबार छलफल चलिरहेको छ । पाटीले मलाई पठाएमा म चुनाव लड्ने तयारी गरेको छु ।’
आचार्य माओवादी केन्द्रको सचिव भएपछि उम्मेदवारको चर्चा चलेको छ । रायमाझी र आचार्य एउटै गाउँ अर्घाका हुन ।