नेपाल राज्य संवाददाता
अर्घाखाँची- रातोप्रेस अनलाइन न्युज पोर्टलका अध्यक्ष तथा प्रकाशक एवं शिक्षक गणेश बेल्वासे (संगम) र शिक्षक सुमित्रा भण्डारीले अर्घाखाँची अदालतमा विवाह (कोट म्यारिज) गरेका छन् । उनीहरुको विहे भोजको खर्च बचत गरेर १ लाख रूपैयाँ विपन्न परिवारका बालवालिकालाई सहयोग गर्ने भएका छन् ।
शितगंगा नगरपालिका वडा ११ का बेल्वासे र वडा वडा १० सुमित्रा भण्डारीले शुक्रवार अदालती विवाह गरेर सन्धिखर्कमा पत्रकार सम्मेलन गर्दै उक्त रकम विद्यार्थीलाई सहयोग गर्ने बताए ।
शितगंगा वडा १० को सिद्धारामा रहेको जनजागृती माध्यमिक विद्यालय कक्षा ११ र १२ मा पढ्ने गरिब तथा विपन्न विद्यार्थीका लागि ५० हजार रूपैयाँ सहयोग गर्ने दम्पत्तीले बताए । शितगंगा नगरभित्र रहेका विपन्न बालवालिकालाई ५० हजार रुपैया“ बराबरको शैक्षिक सामाग्री वितरण गर्ने बेल्वासेले बताए ।
भोजभतेर गर्नुभन्दा खर्च बचत गरेर सामाजिक काममा खर्च गरिएको भण्डारीले बताइन । बेल्वासे कुशल शिक्षक तथा सञ्चारकर्मी हुन ।