नेपाल राज्य संवाददाता
काठमाडौ– कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन यही साउन ६ र ७ गते वागमती प्रदेशको हेटौडामा हुने भएको छ । महाधिवेशन तयारीको लागि युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल सहितको टोली व्यवस्थापनका लागि हेटौडामा पुगिसकेको छ ।
कोभिड, स्थानीय तहको चुनाव, पाटीको महाधिवेशन लगायत विविधि कारणले सर्दै आएको थियो । यसपाली तोकिएको मितिमै महाधिवेशन गरिने अध्यक्ष सिग्देलले बताए ।
जिल्लाबाट केन्द्रीय पार्षद र सदस्यताको नामावली संकलनको काम भैरहेको छ । युनियनको नेतृत्व सर्वसम्बत रुपमा चयन गर्ने गरी सबै लागेका छन् ।
पदाधिकारीमा उम्मेदवारी घोषणा गर्नेको लहर
नवौं महाधिवेशनका लागि पदाधिकारीमा उम्मेदवारी घोषणा गर्नेको लहर चलेको छ । उम्मेदवारका आकांक्षीहरु युनियनका पुराना नेताहरु र केन्द्रीय पार्षदहरुसँग भेटघाट तीव्र पारेका छन् । केहीले सामाजिक सञ्जालमा आफ्नो उम्मेदवारी घोषणा गर्नेक्रम बढ्दो छ ।
अहिलेसम्म युनियनको अध्यक्ष पदमा हालका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, सल्लाहकार शिव लम्साल, हालका कोषाध्यक्ष सरोज अधिकारीले अध्यक्षमा आकांक्षा राख्दै लबिङ थालिसकेका छन् ।
अधिकारी संस्थापन र आचार्य र लम्साल इतर पक्षका हुन । अध्यक्षता अनिता विन्दु र रामप्रसाद दाहालको पनि चर्चा छ ।
वरिष्ठ उपाध्यक्षमा लिलाराज खनाल, प्रेम केसी र निरज खतिवाडाले उम्मेदवारी घोषणा गरेका छन् । कार्यवहाक महासचिव भीष्मराज ओझाले पनि वरिष्ठ उपाध्यक्षको तयारी गरेका छन् ।
उपाध्यक्षमा कल्पना शर्मा, दिलीपाश्री अधिकारी र सलोजा दाहालले घोषणा गरेका छन् । त्यस्तै उपमहासचिवमा भुवन शर्मा, र युवराज गौतमले तयारी गरेका छन् ।
महासचिव पदमा दिलिप पौडेल, खिला कार्की, रमेश वाग्ले, विमल ज्ञवाली, नकुल अर्यालले उम्मेदवारी घोषणा गरेका छन् । कोषाध्यक्षमा अहिलेसम्म माधव धितालले उम्मेदवारी घोषणा गरेका छन् ।
अध्यक्ष सहित पदाधिकारीको आकांक्षी उम्मेदवारहरु जिल्ला दौडाहमा हिडेका छन् ।