Author: नेपाल राज्य

अर्घाखाँची । प्रेस चौतारी नेपाल, अर्घाखाँची जिल्ला कमिटीको ७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । बिहीवार सम्पन्न अधिवेशनले नवीन के.सीको नेतृत्वमा नवकार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले सभ्य समाज निर्माण तथा पार्टीलाई चलायमान गर्न पत्रकारको प्रमुख भूमिका हुने बताएका छन्।सत्त, तथ्य, निष्पक्ष र खोजमुलक समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरे । नवकार्यसमितिको उपाध्यक्षमा सिद्धार्थ के. सी,महिला उपाध्यक्ष करिस्मा खनाल, सचिवमा नवीन रसाइली, सह-सचिवमा लक्ष्मी खनाल र कमला परियार ,कोषाध्यक्षमा प्रकाश प्यूठानी चयन भएका छन् । सदस्यहरुमा चन्द्र पाण्डे, काेपिला आचार्य, किरण खनाल, हिमाल पाैडेल,रमेश कुमार थापा,कमल प्रसाद भुसाल, सम्झना ज्ञवाली…

Read More

अर्घाखाँची। प्रेस चाैतारी नेपाल अर्घाखाँचीकाे साताैं जिल्ला अधिवेशनमा कान्तिपुर दैनिकका उपसम्पादक तथा अर्घाखाँची जिल्लाका वरिष्ठ पत्रकार वीरेन्द्र के.सी पुरस्कृत भएका छन् । उनलाई प्रकाश स्मृति पत्रकारिता पुरस्कार- २०८१ बाट बिहीबार सन्धिखर्कमा पुरस्कृत गरिएको छ । एमाले अध्यक्ष पिताम्बर भुसालले नगद पुरस्कारले पुरस्कृत गरेका हुन । के.सीलाई लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशिल रही सुचना तथा सञ्चार क्षेत्रमा महत्त्वपूर्ण याेगदान गरेको भन्दै सम्मान गरिएको प्रेस चाैतारीका अध्यक्ष वसन्त श्रेष्ठले बताए । उद्घाटनमा एमाले जिल्ला अध्यक्ष भुसालले पत्रकारिता क्षेत्रमा के.सीको महत्त्वपूर्ण याेगदान रहेकोले सम्मान गरिएको बताए । के.सीसँगै पत्रकार महासंघका पुर्बअध्यक्ष शाेभाखर पन्थी र सन्धिखर्क एफएमका स्टेसन म्यानेजर श्याम घिमिरेलाई पनि पुरस्कृत तथा सम्मान…

Read More

अर्घाखाँची । लोक दोहोरी क्षेत्रमा लामो समयदेखि निरन्तर कडा मेहनत गरेर आफूलाई स्थापित गराएका अर्घाखाँचीका गायक वसन्त लम्सालले “मगर्नीको तीनपाने” गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक वसन्त लम्साल तथा गायिका सपना गाहा र सम्झना रानापालको स्वरमा सजिएको लोकदोहोरी गीत “मगर्नीको तीनपाने” को प्रेम गौतम द्वारा रचना गरिएको थियो । गीतलाई गायक लम्सालले नै संगीत वद्ध गरेका हुन् । विश्वास नेपाल गीतका संगीत संयोजक हुन्,भने कुमार रानाको मिक्सिङ तथा मास्टरिङ रहेको छ । गायक वसन्त लम्सालले आफ्नै युटुव च्यानल बाट सार्वजनिक गरेको उक्त गीत दुई दिनमै १ लाखभन्दा अधिकले हेरेका छन् । म्युजिक भिडियोमा श्याम मल्ल, अस्मि सुनार, सुमन…

Read More

सिद्धार्थ के.सि., अर्घाखाँची । नेपाल निजामति कर्मचारी संगठन अर्घाखाँचीको १२औं जिल्ला अधिवेशनको सम्पन्न भएको छ। सनिवार सन्धिखर्कको संगम फुल्ड ल्याण्डमा कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अथिती संघिय सांसद बिजुला रायमाझीले कर्मचारीहरु सधै जनताको सेवामा लाग्नुपर्ने अर्घाखाँचीमा कर्मचारीहरु जनताको मन जितेर काम गरिएको बताउनु भएको थियो। कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसाल,सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई , सन्धिखर्क नगरपालिका उप-प्रमुख मिश्रा आचार्य , मालारानी गाउँपालिका उप- प्रमुख दिपा आचार्य, कर्मचारी मिलन केन्द्र अर्घाखाँची अध्यक्ष दुर्गा न्याैपाने, निजामती कर्मचारी टेडयुनियन अर्घाखाँचीका अध्यक्ष कृष्ण वर्मा, कर्मचारी संगठनका केन्द्रिय सदस्य दिलिप केसि, पत्रकार महासंघ लुम्बिनी प्रदेश…

Read More

हरि कुँवर , अर्घाखाँची । छैठौं अर्घाखाँची महोत्सव सनिवार समापन भएको छ । महोत्सव पुस २९ गते देखी माघ १२ कुडुलेफाँटमा संचालित मेलामा स्थानीय उत्पादनका वस्तुहरू बिक्री भएका थिए । मेलाकाे शनिबार सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले समापन गरेका थिए । महाेत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारले दर्शकलाई भरपुर मनाेरञ्जन दिएका थिए । १ लाख दर्शकले अवलोकन गरेको र करिब ५ करोडको आर्थिक कारोबार भएको अर्घाखाँची जिल्ला उद्योग वाणिज्य संघले बताएको छ । महोत्सवले जिल्लाको हित गरेको पर्यटन विकास एवं सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको संघका अध्यक्ष प्रदिप मिश्रको दाबी छ । भोलि मेला स्थलमा निशुल्क प्रबेश ब्यापारिक स्टलहरु खुल्ला…

Read More

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका नेता चेतनारायण आचार्यले नरपानी संरक्षणमा नेकपा एमालेको महत्त्वपूर्ण भुमिका रहेको बताएका छन् । सनिवार नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीको आयोजनामा सन्धिखर्क नगरपालिका-६ नरपानीमा सहिद मनोज–झपेन्द्र–सुरेन्द्रको शालिक अनावरण कार्यक्रममा मुख्यमन्त्री आचार्यले नरपानी संरक्षणमा नेकपा एमालेको महत्त्वपूर्ण भुमिकाको प्रसंशा गर्दै पर्यटन गन्तब्य बनाउ प्रदेश सरकार लागि परेको बताए । सहिदहरुको सम्झना गर्दै प्रदेश सरकारले नरपानीको लागि आवश्यकता अनुसार बजेट छुट्टाएको समेत बताए । उनले नेपाल निजामती कर्मचारी संगठन जिल्ला अधिवेशनको शुभकामना दिदै लुम्बिनी प्रदेशमा कर्मचारी जनशक्तिको अभाव नहुने दाबी गरे । अब ४ हजार ७८ कर्मचारीको दरबन्दीमध्ये १ हजार ९ सय कर्मचारी पदपूर्तिका लागि…

Read More

सिद्धार्थ सागर के.सि.,मालारानी । अर्घाखाँचीको आयोजना एवं मालारानी गाउँपालिकाको समन्वयमा लागु औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम र सेवा प्रवाह सम्बन्धमा समन्वय, सहजीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षता, गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराईको प्रमुख आतिथ्यता, उपाध्यक्ष दिपा पोख्रेलको बिशिस्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा अतिथिहरु प्र.ना.उ. चक्र बहादुर मल्ल, स.प्र.ना.उ. भिमसेन बोहरा, प्रमुख प्रशासकिय अधिकृत गोविन्द भट्टराई, ईलाका प्रहरी कार्यालय खनका प्रहरी उपरीक्षक, वडाका वडा अध्यक्षहरु, एवं सदस्य तथा पालिकामा कार्यरत शाखा प्रमुख, वडा सचीवहरु समेतको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रशासनबाट हुने सेवा प्रवाह तथा…

Read More

काठमाडौं । पर्वत केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पर्वतको क्याङ केन्द्रबिन्दु भएर शुक्रबार साँझ ७ बजेर ८ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

Read More

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्य गृह जिल्ला अर्घाखाँची आउने भएका छन् । नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीको भोली (शनिबार) १२औं जिल्ला अधिवेशन र शालिक अनावरण कार्यक्रममा मुख्यमन्त्री चेतनाराण आचार्य आउने भएका हुन् । भोलि बिहान नरपानीमा सहिद मनोज जोसी,सुरेन्द्र बिक र झपेन्द्र कार्कीको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ। सन्धिखर्कको संगमफुण्ड ल्याण्डमा हुने अधिवेशनको तयारी पुरा भएको संगठनका जिल्ला कोषाध्यक्ष विशाल महतले जानकारी दिएका हुन् । अधिवेशनमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइराला,जिल्लाका ६ वटा पालिका बाट संगठनका प्रतिनिधिहरुको सहभागी रहने कार्यक्रम रहेको संगठनका कोषाध्यक्ष महतले जानकारी दिएका हुन् ।

Read More

अर्घाखाँची । अर्घाखाँचीमा‘डोरी तान’ प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला डोरी तान संघले आयोजना गरेको डोरी तान प्रतियोगितामा फलाम खिल्ली युथ स्पोट्स क्लब प्रथम भएको छ । कुल ११ टिमले भाग लिएकामा मालारानी गाउँकार्यपालिकाको टोली द्वितिय भएको छ भने भुमिकास्थान ५ र ६ का युवा टोली तृतिय भएका छन् । यस्तै मालारानी ८ को टिम सान्त्वना भएको छ । प्रथम हुने टिमले नगद १५ हजार रुपैंयासहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै द्वितिय हुने टिमले नगद १० हजार रुपैंया र प्रमाणपत्र, तृतिय हुने टिमले नगद ५ हजार रुपैंया र प्रमाणपत्र प्राप्त गरे । सान्त्वना हुने टिमले प्रमाणपत्र पाएका छन् ।…

Read More