Author: नेपाल राज्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) असार ७ गते तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ। रास्वपा पार्टीले समर्थन र साथ दिएकोमा देश–विदेशका कार्यकर्ताप्रति आभार प्रकट गरेको छ। प्रवक्ता मनीष झाले छोटो अवधिमा पार्टीले सुसासन र भ्रष्टाचारविरुद्ध सक्रिय भूमिका खेलेको बताए। सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको दाबी गर्दै नयाँ शक्तिप्रति डर भएकै कारण निरन्तर प्रहार भइरहेको आरोप लगाएका छन् ।

Read More

काठमाडौं । सोलुखुम्बु बाट काठमाडौँ आउदै गरेको बस दुर्घटना हुँदा २ जना घाइते भएका छन् । सोलुखुम्बुबाट काठमाडौँ आउदै गरेको बागमती प्रदेश ०१–००६ ख ५५८२ नम्बरको उग्रचण्डी डिलक्स बस शुक्रबार बिहान साल्मेमा पल्टिँदा चालक र कन्डक्टर घाइते भएका छन्। बिहान ४ बजे दुर्घटनामा परेका दुईजनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ भने अन्य पाँच जना सकुशल छन्। बसको दाहिने भागमा क्षति पुगेको र सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

Read More

गुल्मी, असार ५ – मुसीकोट नगरपालिकामा आयोजना गरिएको नीति तथा कार्यक्रम सार्वजनिकीकरणको समाचार संकलनका क्रममा पत्रकारमाथि भएको हातपात र दुव्र्यवहारप्रति प्रेस चौतारी नेपाल, गुल्मीले कडा आपत्ति जनाएको छ। प्रेस चौतारी गुल्मीका सचिव तथा पत्रकार सूर्य सुनारमाथि वडाध्यक्ष रविन्द्र केसी, आनन्द प्रसाद श्रेष्ठ र वडा सदस्य थम्मन जिसीबाट अभद्र व्यवहार गरिएको भन्दै संस्थाले गहिरो खेद व्यक्त गरेको छ। प्रेस चौतारी गुल्मीका अध्यक्ष नारायण प्रभात मरासिनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पेशागत कर्तव्य पालनाका क्रममा गरिएको अमानवीय व्यवहारले पत्रकारिता क्षेत्रको स्वतन्त्रता र सुरक्षामाथि गम्भीर प्रहार भएको छ। यस्तो कार्य लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रतामाथि आक्रमण हो, जुन कदापि स्वीकार्य छैन।” विज्ञप्तिमा यस्ता घटनाको…

Read More

अर्घाखाँची । मालारानी गाउँपालिकाको नयाँ नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मालारानी गाउँपालिका, अर्घाखाँचीले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि, पशुपालन, सामाजिक सुरक्षा, पूर्वाधार, स्वास्थ्य, शिक्षा र सूचना प्रविधिमा जोड दिइएको हो । जैविक मल र विषादी कारखाना स्थापना, शीत भण्डारण केन्द्र सञ्चालन, मसला उद्योग स्थापना, रैथाने बालीको प्रवर्द्धन, माटो परीक्षण मिनिल्याब, भूमि बैंक, बाख्रा नश्ल सुधार केन्द्र स्थापना लगायत कार्यक्रम छन्। स्वास्थ्यमा निःशुल्क एम्बुलेन्स सेवा, सामाजिक सुरक्षामा सहाराविहीनलाई सहयोग, ‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रम, पर्यटन प्रवर्द्धनमा गाइडबुक र QR कोडमार्फत प्रचार, खानेपानीमा ८०% विद्युत् अनुदान र आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना गरिनेछ। कार्यक्रम कार्यान्वयनमा सहकार्य र…

Read More

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–५ बाँगीमा तीनदिने व्यवसायिक अचार बनाउने तालिम सम्पन्न भएको छ। श्री शान्ति बाटिका सामुदायिक सिकाइ केन्द्रको आयोजनामा र मालारानी गाउँपालिका वडा नं. ५ को समन्वयमा असार ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको तालिम बिहीबार एक कार्यक्रमका बीच सम्पन्न गरिएको हो। कार्यक्रममा बाँगीका वडा अध्यक्ष तुलसीराम मिश्र (तिलक) ले अचार उत्पादन क्षेत्रको अपार सम्भावनालाई औंल्याउँदै तालिममा सिकेका सीपलाई व्यवहारमा उतारी व्यवसायिक रुपमा अघि बढेमा आत्मनिर्भर बन्न सकिने धारणा राखे । यस्ता तालिमले ग्रामीण जनतालाई स्वरोजगार बन्न प्रेरणा दिने विश्वास समेत व्यक्त गरे । श्री शान्ति उच्च माध्यमिक विद्यालयका प्राचार्य मानबहादुर पाण्डे, सहायक प्राचार्य माधवप्रसाद पन्थी, शिक्षक…

Read More

अर्घाखाँची, असार ५ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–३ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको मालारानी मन्दिरको पुनर्निर्माणका लागि प्रदेश सरकारबाट ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमार्फत मन्दिर पुनर्निर्माणका लागि सो रकम विनियोजन गरिएको हो। मालारानी मन्दिर धार्मिक पर्यटनको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ भने यस क्षेत्रको सांस्कृतिक पहिचानसँग समेत जोडिएको छ। स्थानीयवासीले प्रदेश सरकार, विशेषगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई यस ऐतिहासिक स्थलको संरक्षण र सम्वर्द्धनप्रति देखाएको चासोप्रति आभार व्यक्त गरेका छन्। मन्दिर पुनर्निर्माणपछि यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयले अपेक्षा गरेका हुन् ।

Read More

नेपाल राज्य संवाददाता कपिलवस्तु– कपिलवस्तु शिवराज नगरपालिका–३ र ५ मा रहेको रहतावल सामुदायिक वन उपभोक्ता समितिले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा ४ सय ५० जनाले सेवा लिएका थिए । जसमा ६५ जना पाठेघरका विरामीको स्वास्थ्य उपचार गरिएको थियो । हाडजोर्नी, नशा सम्बन्धी, सुगर प्रेसर लगायतको स्वास्थ्य सेवा प्रदान गरिएको वनका अध्यक्ष यज्ञ बेल्वासेले बताए । वनले आफ्ना उपभोक्ता समक्ष रचनात्मक काम गर्दै आएकोमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर विरामीको लागि काम गरेको हो । शिविरको कार्यक्रममा लुम्बिनी प्रदेसभा सदस्य अर्जुन केसी, वैज्ञानिक वन व्यवस्थापन समिति अध्यक्ष रेनु सेन, वरिष्ठ वन अधिकृत पहलमान सेर्बुजा मगर लगायतको उपस्थिति रहेको…

Read More

अर्घाखाँची। नेकपा मसालका सक्रिय नेता तथा भूमिकास्थान नगरपालिका–३ हिले बरारुख निवासी नरहरी पौडेल (बादल) को ५४ वर्षको उमेरमा निधन भएको छ। दिर्घकालदेखि कम्युनिष्ट आन्दोलनमा समर्पित बादलको निधनप्रति नेकपा मसाल अर्घाखाँचीले गहिरो दुःख व्यक्त गरेको छ। पार्टी प्रवक्ता पशुपति ढकालले बादलको पार्थिव शरीरमा कम्युनिष्टको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । बादल लामो समयदेखि नेकपा मसाल र राष्ट्रिय जनमोर्चासँग आबद्ध हुँदै कम्युनिष्ट आन्दोलन तथा सामाजिक रूपान्तरणको अभियानमा सक्रिय रहेका थिए । स्वर्गीय नेता बादलप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजित शोकसभामा राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर वि.सी., भूमिकास्थान नगरप्रमुख झविलाल थापा, उप–प्रमुख बालकृष्ण बन्जाडे, नेता सागर के.सी., राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, सचिव बाबुराम…

Read More

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारले मुलुकका विभिन्न क्षेत्रको विपत् व्यवस्थापनका लागि बजेट अभाव हुन नदिने बताएका छन्। ललितपुर जिल्लाबाट निर्वाचित जनप्रतिनिधिको संयुक्त टोलीसँग आज भएको छलफलमा उपप्रधानमन्त्री पौडेलले बाढी पहिरोले उत्पन्न विपत्को यथाशीघ्र व्यवस्थापन गर्ने बताए। विपत् प्राधिकरणसँग आवश्यक समन्वय गरी सम्बन्धित मन्त्रालयमार्फत बजेट विनियोजन गराउने प्रतिबद्धता व्यक्त गर्दै उनले टोलीले राखेका सम्पूर्ण विषयमा आफू सकारात्मक रहेको र सोको सम्बोधनका लागि आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता जनाए। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य उदयशम्शेर राणा नेतृत्वको उक्त टोलीले गत असोज ११ र १२ को बाढीका कारण क्षतिग्रस्त बस्ती तथा संरचनालाई तत्काल पुनर्निर्माणका लागि बजेट व्यवस्थापनको माग गरेको हो।…

Read More

भिम विश्वकर्मा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकामा रहेको ऐतिहासिक पाणिनि तपोभूमिमा यस वर्ष पनि भव्य रुद्राविशेष्क, श्रावणि मेला तथा बोलबम कार्यक्रम आयोजना हुने भएको छ। श्रावण महिनाभर चल्ने यो मेला श्रावण १ गतेदेखि सुरु भई भाद्र १ गतेसम्म सञ्चालन हुनेछ। पाणिनि तपोभूमि धामका संरक्षक बाबा योगिराजका अनुसार गत वर्षजस्तै यो वर्षपनि बोलबम आयोजना गर्न लागिएको छ । यो १ महिनाको अवधिमा विभिन्न धार्मिक अनुष्ठान समेत हुनेछन। प्रत्येक वर्षझैँ यस पटक पनि पाणिनि तपोभूमिमा दर्शनार्थी तथा भक्तजनहरूको घुइँचो लाग्ने अपेक्षा गरिएको छ। विशेषगरी श्रावण महिनामा भगवान शिवको पूजा आराधना गर्न र बोलबममा सहभागी हुन विभिन्न स्थानबाट भक्तजनहरू आउने गर्दछन्। २०६९…

Read More