गुल्मी, असार ५ –
मुसीकोट नगरपालिकामा आयोजना गरिएको नीति तथा कार्यक्रम सार्वजनिकीकरणको समाचार संकलनका क्रममा पत्रकारमाथि भएको हातपात र दुव्र्यवहारप्रति प्रेस चौतारी नेपाल, गुल्मीले कडा आपत्ति जनाएको छ।
प्रेस चौतारी गुल्मीका सचिव तथा पत्रकार सूर्य सुनारमाथि वडाध्यक्ष रविन्द्र केसी, आनन्द प्रसाद श्रेष्ठ र वडा सदस्य थम्मन जिसीबाट अभद्र व्यवहार गरिएको भन्दै संस्थाले गहिरो खेद व्यक्त गरेको छ।
प्रेस चौतारी गुल्मीका अध्यक्ष नारायण प्रभात मरासिनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पेशागत कर्तव्य पालनाका क्रममा गरिएको अमानवीय व्यवहारले पत्रकारिता क्षेत्रको स्वतन्त्रता र सुरक्षामाथि गम्भीर प्रहार भएको छ। यस्तो कार्य लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रतामाथि आक्रमण हो, जुन कदापि स्वीकार्य छैन।”
विज्ञप्तिमा यस्ता घटनाको कडा भर्त्सना गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरिएको छ। साथै, सम्पूर्ण पत्रकारले सुरक्षित, सम्मानजनक र निर्भय वातावरणमा काम गर्न पाउनुपर्नेमा जोड दिइएको छ।
“हामी यस्ता आपत्तिजनक घटनाविरुद्ध एकजुट भई पत्रकार सुरक्षाका लागि सदैव संघर्षरत रहनेछौं,” विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रेस विज्ञप्ति: