अर्घाखाँची, असार ५ ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–३ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको मालारानी मन्दिरको पुनर्निर्माणका लागि प्रदेश सरकारबाट ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटमार्फत मन्दिर पुनर्निर्माणका लागि सो रकम विनियोजन गरिएको हो। मालारानी मन्दिर धार्मिक पर्यटनको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ भने यस क्षेत्रको सांस्कृतिक पहिचानसँग समेत जोडिएको छ।
स्थानीयवासीले प्रदेश सरकार, विशेषगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई यस ऐतिहासिक स्थलको संरक्षण र सम्वर्द्धनप्रति देखाएको चासोप्रति आभार व्यक्त गरेका छन्।
मन्दिर पुनर्निर्माणपछि यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीयले अपेक्षा गरेका हुन् ।